• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जि २० सम्मेलनमा भारतको भुमिका स्पष्ट , कोरोना संक्रमण उत्पति बारे अनुसन्धान हुनु पर्ने माङ


जि २० सम्मेलनमा भारतको भुमिका स्पष्ट , कोरोना संक्रमण उत्पति बारे अनुसन्धान हुनु पर्ने माङ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी– २० समूहमा भारतलाई भरपर्दो साझेदारका रूपमा प्रस्तुत गरेका छन् । आइटी र बिपिओ सप्लाई चेन अविराम चलिरहेको भन्दै मोदीले जी– २० मुलुकहरूको अर्थतन्त्रको पुनर्स्थापनाका लागि भारतको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।
भारतीय विदेश सचिव हर्षबर्धन शृंगलालाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएअनुसार मोदीले जी– २० सम्मेलनको उद्घाटन सत्रमा शनिबार राखेको मन्तव्यले भारतको भूमिका थप स्पष्ट पारेका हुन् । साझेदार मुलुकले पनि भारतको भूमिकालाई त्यही रूपमा आत्मसात् गरेको शृंगलाको भनाइ छ । भारतले गरेका आर्थिक सुधारका कार्यहरूप्रति अन्य मुलुक पनि विश्वस्त रहेको उनले बताएका छन् ।
मोदीले एक स्वास्थ्य, एक विश्वको नारामा जोड दिँदै स्वास्थ्य क्षेत्रको अन्वेषण र विकासमा जी– २० मुलुकहरू सहकार्य र साझेदारी हुनुपर्ने बताएका छन् । उनको प्रस्तावमा अन्य मुलुकका शीर्ष नेताले पनि सकारात्मक रेस्पोन्स गरेको विदेश सचिव शृंगलाले बताएका छन् । मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पनि यस सम्बन्धमा बेग्लै साइडलाइन छलफल भएको इकोनोमिक टाइम्सले जनाएको छ ।
प्रजातन्त्रको जननि हो भारत जहाँ चिया वाला प्र्रधानमन्त्री हुन सक्छ त्यो देश नै लोकतन्त्र देश हो ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सबै प्रजातन्त्रको जननी भएको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघीय ७६औँ महासभालाई शनिबार राति सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन, गरिबी निवारण, विकासका विषयमा चर्चा गर्दै आफू विश्वका सबै प्रजातन्त्रको जननी मुलुकको प्रतिनिधिका रूपमा प्रस्तुत भएको बताएका छन् । मोदीले अफगानिस्तान तथा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को पुनर्संरचनाका विषयमा पनि बोलेका छन् ।
‘म एक प्रजातन्त्रका जननीका रूपमा परिचित मुलुकको प्रतिनिधित्व गरेर यहाँ आएको छु,’ भारतीय प्रधानमन्त्रीको भनाई थियो, ‘भारत स्वतन्त्रताको ७५औँ वर्ष प्रवेश गरेको छ । तर, हामीकहाँ हजारौँ वर्षदेखि प्रजातान्त्रिक परम्परा कायम थियो । हाम्रो विविधता बलियो प्रजातन्त्रको प्रतीक हो, हाम्रा भाषाको सयौँ, दर्जानौँ बोली जीवन्त लोकतन्त्रको उदाहरण हो ।’
चिया पसलमा बाबुलाई सघाइरहेको व्यक्तिले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघमा उपस्थिति हुने अवसर पाएको भन्दै आफ्नो उदाहरण दिएर उनले भारतमा लोकतन्त्र स्थापित भएको तर्क गरे । वासिंटनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँगको भेटमा पनि मोदीले लोकतन्त्र भारत र अमेरिकाको साझा मूल्य रहेकोमा जोड दिएका थिए ।
भारतले नियममा आधारित विश्व व्यवस्था बलियो हुनुपर्नेमा पनि मोदीले जोड दिएका थिए । मोदीले चीनप्रति लक्षित गर्दै कोभिड– १९ भारसको उत्पत्तिका विषयमा पनि अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए ।
अमेरिकाको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेर मोदी न्युयोर्कस्थित राष्ट्रसंघीय महासभामा सहभागी भएका हुन् । उनले अफगानिस्तानमा तालिवानलाई पाकिस्तानले विगतमा सहयोग गरेको आरोप लगाए । तर, उनले पाकिस्तानको नाम लिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा
  • २०७८ कार्तिक २२, सोमबार १२:५०
  • In "BannerNews"
  • भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताए
  • २०७८ कार्तिक २२, सोमबार १२:५०
  • In "अन्तराष्ट्रिय"
  • जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति
  • २०७८ कार्तिक २२, सोमबार १२:५०
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

प्रचण्ड काँग्रेसको पुच्छर बनेर जनयुद्ध र शहीद समेतको अपमान गरे – शाह

चिनियाँ ऋणकाे जालमा फसेर पाकिस्तानले एकैचोटी २६ अर्ब रुपैयाँ ब्याज तिर्याे

बिल गेट्स-माेदी बिच द्विपक्षीय बैठक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version