No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं । सल्यानको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा पल्टिँदा १० जना महिला र दुई जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ कि ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको बबई गाउँपालिका–४ कि ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वली, दाङ शान्तिनगर गाउँपालिका–८ कि ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ । अरु २ जनाको सनाखत भएको छैन ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको  मृत्यु भएको हो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।

तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । मृत्यु भएकाहरु धेरै महिला भएका कारण उनीहरु दाजुभाइकोमा गएर घरतर्फ फर्किएका प्रहरीको अनुमान छ ।

प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
बार एशोसिएसनको आन्दोलन अझै सशक्त बनाउन सुझाव

बार एशोसिएसनको आन्दोलन अझै सशक्त बनाउन सुझाव

एमालेको सरकार भएका बेला मिडियाले गलत प्रचार गरेर भ्रम फैलाए : ओली

एमालेको सरकार भएका बेला मिडियाले गलत प्रचार गरेर भ्रम फैलाए : ओली

बागमतीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .