No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनबाट ताइवानमाथि आक्रमणको सम्भावना बढेसँगै अमेरिकाद्वारा ताईवानी सेनालाई प्रशिक्षित दिन शुरु

चीनबाट ताइवानमाथि आक्रमणको सम्भावना बढेसँगै अमेरिकाद्वारा ताईवानी सेनालाई प्रशिक्षित दिन शुरु

काठमाडौं । ताइवानका कारण यति बेला अमेरिका र चीनबीच टकराब चलेको छ । राष्ट्रपति साई येङ वनका अनुसार चीनबाट ताइवानमाथि आक्रमणको सम्भावना बढेसँगै अमेरिकाले पनि त्यहाँको सेनालाई प्रशिक्षित गराइरहेको छ ।

चीनको दक्षिणपूर्वी तटबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको ताइवान अहिले विश्वले पछ्याइरहेको प्रजातान्त्रिक मूल्य र मान्यता जोगाउन सङ्घर्षरत छ ।

‘यो टापुमा रहेका हामी २३ मिलियन (दुई करोड ३० लाख) व्यक्ति आफूलाई जोगाउन, हाम्रो प्रजातन्त्रको रक्षा गर्न र आफूले चाहे अनुसार बाँच्न पाउने हकको सुरक्षा गर्न सङ्घर्ष गरिरहेका छौँ,’ राष्ट्रपतिले एक अन्तर्वार्तामा भनेकी छन् ।

सत्तरी वर्षअघि चीनको गृहयुद्ध सकिएपछि चीनभन्दा ताइवान फरक रहँदै आएको छ । अहिले ताइवानको प्रजातन्त्रको अभ्यास गरिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले ताइवानलाई चीनको अभिन्न भूमिका रूपमा दाबी गर्दै आएको छ ।

ताइवानले चीनको यस्तो दाबी पूर्णरूपमा अस्वीकार गर्दै आएको छ । ताइवान कहिल्यै पनि चीनको क्षेत्रमा नरहेको र नरहने ताइवानीहरू अडान छ । ताइवानी अडानमा अमेरिकाले पूर्ण साथ दिएको छ ।

हाल ताइवान र चीनबीचको सम्बन्ध इतिहासमै सबैभन्दा खराब अवस्थामा पुगेको छ । यसै महिनाको सुरुवातमा चीनले ताइवानको भूभागमाथि असङ्ख्य लडाकु विमानहरू पठाएको थियो । धेरै कूटनीतिज्ञ र समीक्षकले यसलाई सीसीपीले ताइवानलाई चीनले चाहेअनुसार चल्न दबाब दिएको रूपमा बुझेका छन् ।

ताइवानसँग सम्बन्ध सुमधुर बनाउने र आवश्यक क्षेत्रमा सहयोग गर्ने पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई राष्ट्रपति जो बाइडेनले पनि निरन्तरता दिएका छन् । बाइडेनको नीतिले चीनलाई अशान्त बनाएको हुनसक्ने मत धेरैको छ ।

ताइवानलाई हतियार विक्री तथा उच्च पदस्थ अमेरिकी अधिकारीको ताइवान भ्रमणलाई चीनले आफूविरोधी कदम र गठबन्धनका रूपमा लिएको छ ।

चिनियाँ हस्तक्षेपबाट स्वतन्त्र रहने ताइवानी चाहनामा अमेरिकाले साथ दिएको छ । यसमा चीन रुष्ट छ । ताइवान आफूअन्तर्गतकै भूमि हो भन्ने चीनको दाबी छ । चीनको यस्तो दाबी विश्व समुदायले अस्वीकार गर्दै आएको छ । ताइवानी राष्ट्रपति साई येङले यो दशकमा अमेरिकी सेनालाई प्रशिक्षणका लागि आफ्नो भूभागमा प्रवेश गराउने पहिलो राष्ट्रपतिको रूपमा आफूलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।

अन्तिम पटक अमेरिकी फौज सन् १९७९ मा ताइवानबाट फर्केको थियो । सो समयमा बेइजिङ र ताइवानको सम्बन्ध सामान्य भएको ठहरसहित वासिङ्टनको नीति फेरिएको थियो ।

सन् २०२० को सुरुमा अमेरिकी सेनाले ताइवानमा प्रशिक्षण गराइरहेको भिडियो पोस्ट गरेर फेरि हटाएको थियो । सन् २०२० को नोभेम्बरमा ताइवानका रक्षामन्त्रीले स्थानीय सञ्चार माध्यमका सामु अमेरिकी सेनाले ताइवानी सेनालाई प्रशिक्षण गराएको कुरा अस्वीकार गरेका थिए ।

राष्ट्रपति साई येङले हाल ताइवानमा रहेका अमेरिकी सेनाको सङ्ख्या भनेकी छैनन् तर अमेरिकासँग अत्यन्त सुमधुर सम्बन्ध रहेको जनाएकी छन् । उनले अमेरिकाबाट आवश्यक समयमा थप सहयोग पाउने र ताइवानको रक्षा संयन्त्र मजबुत तुल्याउन पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेकी छिन् ।

पूर्वव्यापारिक वार्ताकार तथा कानूनकी प्राध्यापक साई येङ सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । उनीभन्दा अघिका सत्ताधारीको चीनसँग निकट सम्बन्ध थियो । यस्तो सम्बन्धको चर्को विरोध भइहरको समयमा भएको निर्वाचनमा साई येङ सानदार ढङ्गले विजयी भएकी थिइन् ।

प्रजातन्त्र र मानवअधिकारमाथिको प्रतिबद्धताका कारण उनको लोकप्रियता उच्च छ । गत साता उनी भ्रमणमा निस्कँदा उनको भव्य स्वागत भएको थियो ।

अगस्ट महिनामा अमेरिका र ताइवान सम्झौता सहित ७० करोड ५० लाख अमेरिकी डलरको सैन्य सामग्री विक्रीको अमेरिकी घोषणा र यसै महिना अमेरिकाको नेतृत्वमा क्वाड वैदेशिक नीति समूहले उक्त टापुमा आवश्यक सहयोग गर्ने वक्तव्यपछि घटना यस बाटोमा विकसित भएको हो ।

चिनियाँ अधिकारीहरू साई येङ र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी ताइवानको औपचारिक स्वतन्त्रको पक्षमा छ भन्ने ठान्छन् । साई येङले भने औपचारिक रूपमा त्यस्तो घोषणा गरेकी छैनन् तर ताइवानीहरू स्वतन्त्र जीवन बाँच्न चाहन्छन् भन्दै आएकी छन् । विगतका सरकारसँग भएका राजनीतिक र कूटनीतिक सहमति बेवास्ता गर्दै चीनले ताइवानलाई दुःख दिइरहेको ताइवानीहरूको आरोप छ ।

ताइवानी रक्षामन्त्रीले दिएको जानकारीअनुसार अक्टोबर महिनाको पहिलो पाँच दिनमा चीनले ताइवानको हवाई सुरक्षा परिचित क्षेत्रमा १५० फाइटर जेट, आणविक क्षमताका बम, एन्टी सबमारिन एयर क्राफ्ट, एयर वोन र पूर्वचेतावनी दिने जहाजहरू उडाएको थियो । ताइवानी रक्षामन्त्रीले दिएको जानकारीअनुसार अक्टोबर महिनाको पहिलो पाँच दिनमा चीनले ताइवानको हवाई सुरक्षा परिचित क्षेत्रमा १५० फाइटर जेट, आणविक क्षमताका बम, एन्टी सबमारिन एयर क्राफ्ट, एयर वोन र पूर्वचेतावनी दिने जहाजहरू उडाएको थियो ।

अन्तर्राष्ट्रिय जगतले यसलाई कुनै पनि समय ताइवानमाथि आक्रमण गर्ने चिनियाँ नियतका रूपमा बुझेको छ ।

अगस्ट महिनामा अमेरिका र ताइवान सम्झौता सहित ७० करोड ५० लाख अमेरिकी डलरको सैन्य सामग्री विक्रीको अमेरिकी घोषणा र यसै महिना अमेरिकाको नेतृत्वमा क्वाड वैदेशिक नीति समूहले उक्त टापुमा आवश्यक सहयोग गर्ने वक्तव्यपछि घटना यस बाटोमा विकसित भएको हो ।

अक्टोबरको ८ मा चिनियाँ राष्ट्रपति सी चिन फिङले चीन ताइवान र चीनको शान्तिपूर्ण एकताको पक्षमा रहेको वाचा गरेका थिए । चीनको ताइवान मामला कार्यालयका प्रवक्ताले चीनसँग ताइवानलाई आफ्नोअन्तर्गत राख्ने अधिकार भएको प्रतिक्रिया दिएका छन् ।

चीनका दबाबमा बाबजुद ताइवानकी राष्ट्रपति साई येङले आफ्ना नागरिकको स्वतन्त्रताको पक्षमा लगातार वकालत गर्दै आएकी छन् ।
चीनको सैन्य गतिविधि बढिरहेको समयमा १० अक्टोबरको दिन ताइवानको राष्ट्रिय दिवसको दिन उनले चीनले ताइवानलाई आफ्नो बाटोमा हिँडाउन नसक्ने कुरा कडाइका साथ बताएकी थिइन् ।

उनले यस क्षेत्रका प्रजातान्त्रिक साझेदार, जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले ताइवानको प्रजातन्त्रका लागि सहयोग गर्नुपर्ने र यो सङ्कट टार्न साथ दिने पर्ने कुरा बताएकी छिन् ।

सन् २०२० मा दोस्रो पटक राष्ट्रपति पदमा भारी मतले निर्वाचित भएपछि उनले त्यहाँको सैन्य सुधार गर्दै आधुनिकीकरण गर्ने बताएकी थिइन् ।
गत अगस्टमा ताइवानले फाइटर जेटका लागि १ अर्ब ४ करोड अमेरिकी डलर खर्च गर्ने जनाएको थियो । राष्ट्रपतिले लडाइँको उद्देश्यका लागि नभई आफ्नो देशको सुरक्षा मजबुत तुल्याउन आफूले कदम चालेको बताउने गरेकी छन अमेरिकाले सैन्य सहयोगमात्र गरेको छैन, अन्तर्राष्ट्रिय क्षेत्रमा ताइवानको उपस्थितिका लागि पनि प्रयास गरेको छ । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केन प्रजातान्त्रिक मूल्य र मान्यताका लागि ताइवानको अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थिति आवश्यक भएकोमा जोड दिन्छन् ।

राष्ट्रपति साई येङले चीनले चाहेजस्तो व्यवस्था भए त्यहाँका जनताका लागि अत्यन्त कठिन हुने बताएकी छिन् । यसकारण कुनै पनि हालतमा आफ्नो देशको रक्षा गर्न जरुरी रहेको बताएकी छिन् । यसका लागि उनले सैन्य संरचना बलियो बनाउने कुरामा जोड दिने गरेकी छन् । उनले चीनसँगको वार्ताको ढोका खुला राख्ने पनि बताएकी छिन् ।

अहिलेसम्म अमेरिका र यसका साझेदार देशहरूको बीचमा ताइवानको विषयलाई लिएर कुनै औपचारिक सम्झौता भएको छैन । धेरैले आवश्यक रहेको समयमा ताइवानलाई सबैले साथ दिने अनुमान गरेका छन् ।

जापानका नोबुसु किसीले ताइवानमा जारी घटना क्रम आफ्नो देशको पनि चासो भएकाले आवश्यक समयमा साथ दिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको सुरक्षामा चासो दिने सङ्केत गररेका छन् । ताइवानी राष्ट्रपति साई येङ पनि चीनले ताइवानमाथि आक्रमण गरे अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नेमा विश्वस्त रहेकी छन् ।

साई येङले बारम्बार प्रजातान्त्रिक मूल्यमान्यताका लागि संसारका देशहरू एकजुट हुने गरेकाले ताइवान एक्लो नहुने बताउँदै आएकी छिन् ।
उनले ताइवान आफैँ पनि आवश्यक परेको समयमा प्रजातन्त्रको पक्षमा अडिग रहँदै बहादुरीका साथ लड्ने बताएकी छन् । यसमा अन्य देशको सहयोग अति आवश्यक रहेकोमा पनि उनको जोडछ ।

अमेरिकाले सैन्य सहयोगमात्र गरेको छैन, अन्तर्राष्ट्रिय क्षेत्रमा ताइवानको उपस्थितिका लागि पनि प्रयास गरेको छ । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केन प्रजातान्त्रिक मूल्य र मान्यताका लागि ताइवानको अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थिति आवश्यक भएकोमा जोड दिन्छन् ।
सन् १९७१ मा चीनले चीनले नै सन् १९७१ मा ताइवानको संयुक्त राष्ट्र सङ्घमा उपस्थिति रोकेपछि यो टापुले अन्तर्राष्ट्रिय दुनियाँमा प्रवेश पाउन लगातार सङ्घर्षरत छ ।

ताइवानी राष्ट्रपति साई येङको कार्यकाल ३० महिना हाराहारी बाँकी छ । ताइवानको कानुनअनुसार उनी तेस्रो कार्यकाल राष्ट्रपति हुन पाउने छैनन् ।
साई येङले चीनको अवरोधका बाबजुद अब ताइवानले राष्ट्र सङ्घमा प्रवेश पाउने जनाएकी छिन् ।

यस्ता यावत अवरोधका बाबजुद ताइवानी राष्ट्रपति साई येङ चीन र ताइवान दुवै भिन्न राजनीतिक प्रणाली स्वीकार गरेर मिलेर रहन सक्ने अवस्था बताउँछिन् । यस क्षेत्रका सबै नागरिकको चासो पनि यसैमा रहेको पनि उनको भनाइ छ ।

साई येङ चीन प्रजातान्त्रिक मुलुक हुने सम्भावना त देख्दिनन् तर त्यहाँका राष्ट्रपति सिले अनावश्यक महत्वाकाङ्क्षा त्यागेमा सो क्षेत्र शान्त हुने सम्भावना देखेकी छन् ।

ताइवानी राष्ट्रपति साई येङको कार्यकाल ३० महिना हाराहारी बाँकी छ । ताइवानको कानुनअनुसार उनी तेस्रो कार्यकाल राष्ट्रपति हुन पाउने छैनन् ।

पदमुक्त भएपछि पनि ताइवानी नागरिकले उनलाई प्रजातन्त्रको पक्षधर दृढ, सक्षम र मूल्यमान्यतामा कहिल्यै सम्झौता नगर्ने नेताका रूपमा सम्मान गर्नेछन् ।

–एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
एमसीसीले भन्यो : सम्झौता अघि बढाउने विषय नेपालको हातमा छ

एमसीसीले भन्यो : सम्झौता अघि बढाउने विषय नेपालको हातमा छ

आर्यनका लागि बडिगार्डको व्यवस्था गर्दै साहरुख र गौरी

आर्यनका लागि बडिगार्डको व्यवस्था गर्दै साहरुख र गौरी

गरिब परिवारलाई १० हजार रुपैयाँ बाँड्ने बाटो खुल्यो

गरिब परिवारलाई १० हजार रुपैयाँ बाँड्ने बाटो खुल्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .