No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमाले र माओवादी मिलाउने चिनको चाहना जिवितै , होला त पुरा ?

एमाले र माओवादी मिलाउने चिनको चाहना जिवितै , होला त पुरा  ?

कम्युनिस्ट एकताका लागि चिनियाँ सहजीकरण

यस वर्ष (२०७८) सालको दशैंमा पनि एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकताको चर्चा बहसको सतहमा आएको छ । यो चर्चालाई सहतमा ल्याइदिएकी हुन् नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ।
‘चीनमा कम्युनिस्ट पार्टी १०० वर्ष पुगेको अवसरमा नेपाल डाइलग फोरमले पुस्तक प्रकाशन गरेको रहेछ । पुस्तक विमोचनको क्रममा चीनको विकास र समृद्धिको चर्चा भएको थियो । नेपालमा पनि विकास समृद्धिको लागि माओवादी केन्द्र र एमाले मिल्दा राम्रो हुने चर्चा राजदूतले गरेका रहेछन् ।
नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि चिनियाँ चासो प्रकट भएको यो पहिलो सन्दर्भ भने होइन । एमाले र माओवादी एकीकरणबाट छुट्टिएपछि चिनियाँ पक्षले सार्वजनिक रूपमा एकताको लागि सल्लाह दिएको भने यो पहिलो हो तर २ पार्टी मिलेर नेकपा रहेको बेला पार्टी भित्रको विवाद मिलाउन र विभाजन टार्नको लागि चिनियाँ पक्षले भरपुर मद्धत गरेको थियो ।

तत्कालीन नेकपा भित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत यान्छीले नेताहरूको घरदैलो चहारेकी थिइन् । त्यति मात्रै होइन, उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर एमाले र माओवादी केन्द्र बीचको एकता कायम गराउन प्रयास गरेकी थिइन् ।

२०७७ वैशाखयता नेकपाभित्र आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपा भित्रको विवाद समाधानको सहजीकरण चिनियाँ राजदूत यान्छीले गरेकी थिइन् । चिनियाँ पक्षले नेपालमा कम्युनिस्ट शक्ति बलियो र एकताबद्ध रहोस् भन्ने चाहँदै आएको छ । एमाले र माओवादीबीचको एकीकरणमा पनि चिनियाँ भूमिका रहेको चर्चा हुँदै आएको थियो । २०७७  वैशाख र असारमा राजदूत यान्छीले देखाएको सक्रियताले त्यो चर्चालाई पुष्टि गर्दथ्यो ।

राजदूत यान्छीले कहिले कुन नेताको घर चहारे ? 

२०७७ वैशाख १५ गते राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, वैशाख १८ गते प्रधानमन्त्री केपी ओलीलाई छुट्टाछुट्टै भेटेर पार्टी भित्रको विवाद समाधानमा सहजीकरण गरेकी थिइन् । वैशाख १९ गते प्रचण्ड र नेता माधवकुमार नेपाललाई यान्छीले उनीहरूको निवासमै गएर भेटेकी थिइन् । उनको त्यो सक्रियतापछि नेकपा भित्रको विवाद केही मत्थर भएको थियो तर असारमा फेरि विवाद उछालियो । त्यसबेला पनि यान्छीले नै सहजीकरण गरेकी थिइन् । त्यसबेला यान्छीले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी, असार २१ गते नेता माधव नेपाल र असार २३ गते वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर विवाद समाधानमा सहजीकरण गरेकी थिइन् ।

यान्छीको सक्रियताले नेकपा भित्रको विवाद साम्य भयो तर समाधान हुन सकेन । भित्रभित्रै भुसको आगो जस्तो बनेको विवाद २०७७ पुस ५ गते संसद विघटनको रूपमा विस्फोट भयो । नेताहरू प्रचण्ड र माधव नेपाल लगायतले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा मागेपछि ओलीले प्रत्युत्तरमा संसद विघटन गरिदिएका थिए ।

संसद विघटनपछि नेताहरूबीच देखिने गरी कित्ताकाट भयो । संसद विघटनको पक्ष र विपक्षमा उनीहरू उभिए । पार्टीभित्र एकले अर्काेलाई कारबाहीको शृंखला चलायो । नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेपछि नेकपाका नेताहरूको मन बुझ्नका लागि चिनियाँ उपमन्त्री नेतृत्वको टोली काठमाडौं ओर्र्लिएको थियो ।

२०७७ पुस १२ गते काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको ४ सदस्यीय टोलीले नेकपाका नेताहरूलाई छुट्टाछुट्टै भेटेर पार्टी विवाद समाधान गर्न दबाब दिएको थियो ।

सम्भव छ त एमाले–माओवादी एकता ?

यतिबेला एमाले र माओवादी केन्द्रको अवस्था आगो र पानीको जस्तो छ । एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने अवस्थामा उनीहरू छन् । सार्वजनिक मञ्चमा दुवै पार्टीका नेताले एकअर्कालाई खुइल्याएर भाषण गरिरहेका छन् ।
अहिले २ पार्टीको मुख्य विवाद संसद विघटनका कारण उत्पन्न परिस्थितिले निम्त्याएको छ । त्यसले देशको राजनीतिलाई नै २ ध्रुवमा बाँडिदिएको छ । एउटा कित्तामा संसद विघटन गरेर आएका र त्यसलाई समर्थन गर्ने पक्ष छ भने अर्काेमा संसद विघटनलाई प्रतिगामी भनेर बनेको गठबन्धन छ । संसद विघटन विरोधी कित्ता प्रभावशाली छ ।

अहिले माओवादी केन्द्र संघीय सरकारमा प्रभावशाली मन्त्रालय र प्रदेशमा ३ वटा प्रदेशको मुख्यमन्त्रीसहित सत्तामा छ । एमाले केन्द्र र २ प्रदेशबाहेक सबैतिर सत्ता नेतृत्व गुमाएर प्रतिपक्षमा छ ।

चिनियाँ राजदूत होउ यान्छीले २ पार्टी मिल्न सुझाव दिएको भए पनि अहिलेको परिस्थितिमा त्यो भने सान्दर्भिक नभएको नेताहरुले दाबी गर्दै आएका छन् ।

शुभेच्छुकले देशको विकास र समृद्धिको लागि पार्टीहरू मिलेर अघि बढून् भन्ने चाहना राख्नु स्वाभाविक हो तर वर्तमान परिस्थिति त्यस अनुकूलको नहेको नेताहरुको भनाईले बेलाबेला प्रष्ट पारिरहेको छ । संसद विघटन गर्ने र त्यो बेठीक हो भन्नेहरू फरक कित्तामा उभिएका छन् ।

अहिले नै भविष्यको आकलन गर्न नसकिने तर शुभेच्छुकहरूले राखेको सदिच्छालाई धन्यवाद भन्न सकिन्छ ।
राजनितीक विज्ञहरुका अनुसार एमाले–माओवादी मिल्छन् र फेरि छुट्टिन्छन् भन्ने आकलन कसैले गरेको थिएन र फेरि भविष्यमा के हुन्छ भन्ने अहिल्यै आकलन गर्न सकिँदैन ।

तर चिनियाँ पक्षले निरन्तर रूपमा नेपालमा कम्युनिस्ट एकताको लागि पहल र पैरवी गर्दै आएको कसैबाट लुकेको छैन् ।

के हो २ पार्टी मिलनको पृष्ठभुमि ? 

२०७४ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय चुनावमा तालमेल गर्ने र एउटै पार्टी बनाउने खबर सार्वजनिक गरेका थिए । २ ठूला कम्युनिस्ट पार्टीहरू एक हुने खबर सार्वजनिक हुँदा नेपालको राजनीति निकै तरङ्गीत भएको थियो ।

त्यतिबेला पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको सरकार थियो । पहिलो ९ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरी पहिलो चरणको स्थानीय तहको निर्वाचन सकेर सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई सुम्पेको कुरा कहिँकत्तैबाट लुकेको छैन् ।
गठबन्धन सरकारको नेतृत्व देउवालाई जिम्मा लगाएपछि केही फुर्सदिला भएका प्रचण्ड र प्रतिपक्षमा रहेको एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सहयोगी नेतामार्फत संवाद अघि बढाएका थिए ।
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको सम्भावनाको आकलन समेत नभएको बेला २ पार्टीले एकताको खबर सार्वजनिक गरेको थियो ।

२०७४ असोज १७ गतेबाट मोर्चा बनाएर चुनावमा सहभागी भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भएको थियो । जुन २०७७ फागुन २३ गतेसम्म कायम रह्यो ।

दुवै पार्टी एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा २ अध्यक्ष रहेका केपी शर्मा ओली र प्रचण्डबीच कुरा मिल्न छाडेको थियो । त्यहीबेला नामको विवादको विषयमा सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको पार्टीले रोजेको नाम पहिल्यै अर्काे पार्टीले लिएकाले नेकपा नाम दिन नसकिने फैसला गरेपछि २ पार्टी पूर्ववत अवस्थामा फर्किएका थिए ।

त्यसमा पनि २०७७ पुस ५ गते पार्टीको आन्तरिक किचलोलाई लिएर तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नै २ पार्टीको अलग यात्रा तय भइसकेको थियो । त्यसलाई फागुन २३ गते सर्वाेच्च अदालतको फैसलाले अन्तिम किनारा लगाइदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post
विदेशी विनिमय डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक, भारत अग्रस्थानमा

विदेशी विनिमय डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक, भारत अग्रस्थानमा

निर्माण कम्पनीकाे कछुवा गतिले गौतमबुद्ध विमानस्थलको ४ वर्ष, भारतलाई प्रत्यक्ष लाभ हुने

निर्माण कम्पनीकाे कछुवा गतिले गौतमबुद्ध विमानस्थलको ४ वर्ष, भारतलाई प्रत्यक्ष लाभ हुने

चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए

चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .