No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निर्माण कम्पनीकाे कछुवा गतिले गौतमबुद्ध विमानस्थलको ४ वर्ष, भारतलाई प्रत्यक्ष लाभ हुने

निर्माण कम्पनीकाे कछुवा गतिले गौतमबुद्ध विमानस्थलको ४ वर्ष, भारतलाई प्रत्यक्ष लाभ हुने

रुपन्देही । उपत्यका बाहिर रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन थालेको ४ वर्ष बित्यो । आर्थिक वर्ष २०७२/७३ मा निर्माण कार्य सुरु गर्दा ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखियो ।
जुन लक्ष्यको समय सीमा सकिएपछि पटक-पटकको म्याद थप गर्दा पनि विमानस्थलको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। करिब ३१ अर्को लागतमा बन्न थालेको अन्तर्राष्ट्रिय विमानस्थल कछुवा गतिले छिमेकी मुलुक भारतलाई प्रत्यक्ष फाइदा पुग्ने भएको छ ।

निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने भएको हो । भारतले बुद्धको जन्मस्थल लुम्बिनीबाट १ सय ३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर गौतमबुद्ध विमानस्थलसँगै शान्ति स्थल लुम्बिनीमा पनि पर्ने लुम्बिनी स्थित होटेल व्यवसायीहरू बताउँछन् ।

सो विमानस्थल कहिले निर्माण कार्य सम्पन्न हुन्छ भन्ने बारे कुनै टुङ्गो नभएकाले लुम्बिनीमा आउने तेस्रो मुलुकका नागरिकहरू भारतले बनाएको विमानस्थल प्रयोग गरी लुम्बिनीमा आउने गरेको होटेल व्यवसायीहरूको भनाई छ।

तोकिएको समय सीमा भित्र निर्माण कार्य नभएको वेला विमानस्थलका सरकारी अधिकारीहरूले निर्माण कार्य ढिलाइ हुनुमा कोभिडलाई ढाल बनाउँदै आएका छन्। जसको फाइदा लुम्बिनी घुम्न आउने पर्यटकहरूलाई लक्षित गरी भारतले कुश नगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपछि विदेशी पर्यटकहरू सोही ठाउँबाट लुम्बिनी आउने गरेको पाइएको छ । लुम्बिनी आउने पर्यटकहरूको आगमनलाई रोक्नका लागि भारतले लुम्बिनी देखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवर्द्धन गर्न खोजेको रुपन्देहीका पर्यटन व्यवसायीहरूको भनाई छ ।

भैरहवामा समयमा नै विमानस्थल नबन्दा बुद्ध सर्किट घुम्न आउने तेस्रो मुलुकका पर्यटकहरू लुम्बिनी घुम्ने र यहाँको टुर व्यवसायी तथा होटेल व्यवसायमा टेवा पुग्ने होटेल व्यवसायी मनोज अग्रवालले बताए।

निर्माण व्यवसायीहरू नआउँदा ढिलाइ
गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले दिएको जानकारी अनुसार निर्माण कार्य झन्डै ९८ प्रतिशत सकिएको उल्लेख गरे पनि विमानस्थल कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने बारे कुनै टुङ्गो छैन। आयोजनाका प्रमुख अधिकारीले सम्झौता अनुसार विदेशबाट निर्माण व्यवसायीहरू नआउँदा निर्माण कार्य ढिला भएको बताए।

क्यालिब्रेसन फ्लाइटको लागि भारत चुपचाप
ढिलै भए पनि गौतमबुद्ध विमानस्थल निर्माण कार्य सकिए पनि भारतले उडानमा सहमति जनाउने वा नजनाउने भन्नेमा शङ्का रहेको छ । विमानस्थल सञ्चालन हुनु पूर्व नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको लागि भारतलाई औपचारिक आग्रह गरे पनि कुनै जानकारी दिएको छैन । जसका कारण एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भने पनि भारतले सहमति नदिँदा अझै परीक्षण उडान हुन सकेको छैन । हाम्राकुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए

चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए

धार्मिक अल्पसंख्यक मानिसहरुका अंगप्रत्याङ्ग बिक्रि वितरण

धार्मिक अल्पसंख्यक मानिसहरुका अंगप्रत्याङ्ग बिक्रि वितरण

नेपाल छिरेर हुम्लामा चीनले झण्डा गाड्यो, भिडियो नै सार्वजनिक, सीमा मिचिएको छैन भन्ने कम्युनिस्टहरुको कट्टु उत्रियो

नेपाल छिरेर हुम्लामा चीनले झण्डा गाड्यो, भिडियो नै सार्वजनिक, सीमा मिचिएको छैन भन्ने कम्युनिस्टहरुको कट्टु उत्रियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .