No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेता गजेन्द्र हमालले आफूमाथि प्रश्न उठेपछि तीन दिनमै उद्योगमन्त्री पदबाट राजीनामा

नेता गजेन्द्र हमालले आफूमाथि प्रश्न उठेपछि तीन दिनमै उद्योगमन्त्री पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका नेता गजेन्द्र हमालले आफूमाथि प्रश्न उठेपछि तीन दिनमै उद्योगमन्त्री पदबाट राजीनामा दिए । उनीमाथि कांग्रेसको विरासत बोकेको नेताभन्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नातेदार (जेठान) भएकाले सिलसिलेवार विरोध गरियो ।

कतिसम्म भने हमाल प्रधानन्यायाधीशकै कोटामा मन्त्री भएका हुन् भन्ने दाबी गरियो । प्रधानन्यायाधीशसँग जोडेर उनलाई हटाउन भरपुर प्रयास भयो । निष्ठाको राजनीति गर्ने हमालले उच्च नैतिकता प्रदर्शन गर्दै राजीनामा दिए । पहिले हमालका पछि लागेकाहरु पछि ज्वाइँ चोलेन्द्र शम्शेर जबराको पछाडि लागे ।अहिले पनि प्रधानन्यायाधीश हटाउन लागिपरेका छन् ।

हिन्दुवादी प्रधानन्यायाधीश हटाउन पश्चिममा शक्तिहरु त लागेकै छन् त्यसमाथि चीन पनि सक्रिय भएको छ । चीन खासगरी नेकपा फुटाउने फैसलामा असन्तुष्ट छ । नेकपा फुट्दा नेपालमा आफ्नो वर्चश्व गुमेको चीनको ठम्याई छ । जस्तो सीमा विवाद भएको हुम्लामा नेकपा सरकारले विवादै छैन भनेर चीनलाई राहत दिएको थियो ।

तर वास्तविकतामा धेरै ठाउँमा चीनबाट सीमा अतिक्रमण भएको प्रतिवेदन आइपुगेको छ । नेकपा फुट्दा अन्य ठाउँमा पनि चीनले आफू अनुकूल काम गर्न पाएन । यस्ता थुप्रै फैसलाहरु आफूहरुको स्वार्थमा धक्का लाग्नेगरी गरेको भन्दै चीन न्यायिक नेतृत्वप्रति असन्तुष्ट छ । त्यसैले चीनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चोलेन्द्रको बहिर्गमनमा भूमिका खेलिरहेको पाइएको हो । सर्वोच्च अदालत निकट उच्च स्रोतका अनुसार प्रधानन्यायाधीशविरुद्ध वक्तव्यबाजीदेखि राजीनामा माग्ने, आन्दोलन गर्नेसम्मका गतिविधिमा चिनियाँ संलग्नता छ ।

आर्थिक सहायता होस् वा आफू निकट शक्ति परिचालन गरेर चीनले प्रधानन्यायाधीश जबरालाई हटाउन प्रयास गरेको छ । यता गजेन्द्र हमाल हटाउन पनि चीनको भूमिका रह्यो । बालुवाटार स्रोतका अनुसार हमाललाई मन्त्री नबनाउन सत्ता गठबन्धनमै दबाब थियो ।

खासगरी प्रचण्ड, माधव नेपाल र उपेन्द्रले अब्जेक्सन जनाएका थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको मान्छे आफ्नो पार्टीको भागमा मन्त्री बनाउने अडान लिएर मन्त्री बनाए । पेलेर मन्त्री बनाएपछि सत्ता गठबन्धनकै नेताले टिक्न दिएनन् ।

प्रधानन्यायाधीशसँग जोड्न लगाएर गठबन्धनका नेताले आफूनिकट र नजिक सञ्चामाध्यमबाट नियोजित रुपमा सूचना प्रवाह गराएर विवादमा ताने । हमाललाई विवादमा तान्नेमा चीन निकट भनौ चीनसँग राम्रो सम्बन्ध भएका नेताहरु थिए ।

हमाललाई बन्नै नदिने र हटाउनुको कारण भने भेरी बबई डाईभर्सन आयोजना हो । जसको निर्माण चिनियाँ कम्पनीले गरिरहेको छ । समयमै नसकेर यसै आर्थिक वर्षभित्र सक्ने गरी समय थप गरिएको छ । चिनियाँ कम्पनीको ढिलासुस्तीमा हमालले आवाज उठाउँदै आएका थिए । हमालले ठेक्का बराबरी हैसियतको हुनुपर्ने र नेपालमा विज्ञ पनि खटाउनुपर्ने माग गरेका थिए ।

आयोजना निर्माण गर्दा विभिन्न खनिज पदार्थ भेटिन सक्ने भएकाले चीन एक्लैलाई जिम्मा दिन नहुने र नेपाली टोली पनि खटाउनुपर्ने आवाज उनले उठाउँदै आएका थिए । जसले गर्दा चीनले यहाँ बहुमूल्य खनिज पदार्थ चोरी गरेर आफ्नो देशमा लैजान नसकोस् । ‘परियोजना निर्माण गर्दा जैविक र भुगर्भिक बहुमूल्य वस्तुहरु, चाहे त्यो युरेनियम होस् पाउँन सक्छ । तर त्यस्तो परियोजनाबाट नेपालबबाट सहभागिता जनाउने मजदुरबाहेक भित्रि पार्टमा त्यस्तो कोही व्यक्ति छैनन्,’ उनले भने । उनले थपे, ‘अब चाइनाको विज्ञ टोलीहरु आउँछ । नेपालको विज्ञ टोली छैन ।

हामी विदेशीलाई ठेक्का दिन्छौं भनेपछि नेपालको पनि विज्ञ टोली हुन जरुरी छ । ठेक्का दिइएको परियोजना त राष्ट्रिय सम्पत्ति हो । त्यहाँ युरेनियम भेटियो भने त्यो ठेकेदारले त थाहा पाउँछ तर मजदुरले थाहा पाउँदैन । ठेकेदारले त लिएर आफ्नो देशमा पठाइदिन्छ । फेरि राजदूतावासमार्फत पठाएपछि विमानस्थलमा जाँच पनि हुँदैन । भनेपछि हाम्रो कति धेरै क्षति हुन्छ । अर्ब होइन खर्बौ खर्ब क्षति हुन्छ । अरु खनिज पदार्थ पनि होला ।त्यसकारण अब नेपाल सरकारले ठेक्का दिँदा नेपाली विज्ञ टोली पनि खटिनुपर्छ । कसैलाई एकलौटी ठेक्का दिनु हुँदैन । एकलौटी दिँदा देशको सम्पत्ति लुटिन्छ ।’

गिरिजाबाबुको पालामा सुरु भएको परियोजना छिटोभन्दा छिटो बनाउने भन्ने भए पनि चिनियाँ ठेकेदारको लापरवाहीले अझै नसकिएको उनले बताए । ‘हामी सहकार्य र समानताको कुरा गर्छौं । तर वर्तमान अवस्थामा चाइनिज कम्पनीहरु एकलौटी छन् । नेपालसँग कुनै समन्वय भएको छैन । अधिकार दुबैलाई समान हुनुपुर्छ । सम्झौता गर्ने बेला समान अधिकार राखी विज्ञ टोली खटाउनुपर्छ ।

ठेकेदार कम्पनीले मानेन भने नेपाल सरकारले आफ्नै पैसाले लगानी गर्नुपर्छ,’ उनले भने । यसरी हमालले चिनियाँ कम्पनीबाट हुनसक्ने बदमासी रोक्न र नेपाली सम्पत्तिको रक्षा गर्न आवाज उठाउँदा चीन असन्तुष्ट थियो । जसका कारण उनलाई हटाउन भूमिका खेलेको सत्ता गठबन्धनका एक उच्च नेताले दाबी गरे ।

‘हमालजीमा समस्या होइन । उहाँलाई नियोजित रुपमा हट्न बाध्य पारियो । देशीविदेशी चलखेल भएको छ । चिनियाँ स्वार्थ पनि जोडिएको छ । उहाँ हटेपछि अब चोलेन्द्र श्रीमान निशानामा हुनुहुन्छ । चोलेन्द्र श्रीमानको पछि चीनसँगै पश्चिमा शक्ति पनि पूर्ण रुपमा लागेको छ । यसको परिणाम के आउँछ हेरौं,’ ती नेताले भने । उनले भनेजस्तै चोलेन्द्रलाई हटाउन सक्रिय शक्तिहरु चीनको इशारामा र चिनियाँ शक्तिको प्रभावमा छन् ।

त्यसो त चीनबाट नेपालमा भएका गलत कामहरु कसैले बाहिर ल्यायो भने त्यसलाई हटाउन र उनकोविरुद्धमा माहोल बनाउन चीनले बेला/बेला फण्डिङ गर्दै आएको छ । यसमा दलका नेताहरु पनि संलग्न हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
उपेन्द्र र महेन्द्रलाई प्रचण्डको प्रस्ताव ‘पार्टी एकता गरेर जनकपुरमा घोषणासभा गरौं’

उपेन्द्र र महेन्द्रलाई प्रचण्डको प्रस्ताव ‘पार्टी एकता गरेर जनकपुरमा घोषणासभा गरौं’

स्यहारकर्ता बाटै बच्चालाई घरमा सुरक्षित शिक्षामा सामजको ध्यानाकर्षण

स्यहारकर्ता बाटै बच्चालाई घरमा सुरक्षित शिक्षामा सामजको ध्यानाकर्षण

प्रदेश २ : जबरजस्ती करणी गर्ने एकजना पक्राउ

प्रदेश २ : जबरजस्ती करणी गर्ने एकजना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .