No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य

चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य

भक्तपुर। विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शून्य भएको छ ।
एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाइब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् ।
गतसाता देशभर बाढी-पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खद्यान्नको अभाव हुने भएको हो ।
भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुने भएको छ भने किसान जीविका नै अफ्ठ्यारोमा पर्ने देखिन्छ ।

देशभर बाढी-पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खद्यान्नको अभाव हुने भएको हो ।

भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुने भएको छ भने किसान जीविका नै अफ्ठ्यारोमा पर्ने देखिन्छ ।

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, नगरपालिकामा अधिकांस किसानले डीवाई २८ धान लगाएको पाइएको छ। चाइनिज धान डी वाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डी वाई २८ लगाएका किसान बढी मर्कामा परेका छन् ।

७ रोपनी खेत पूरै परालमात्र भएको सुनाउँदै चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका किसान विजय लामा र सावित्री श्रेष्ठले बढी फल्ने धान लगाउन पाए हात मुख जोड्न सजिलो हुन्छ भनेर ७ रोपनीमा लगाएको डी वार्ई २८ गेडा नै नलाग्दा अब के खाने भन्ने अवस्थामा आफू पुगेको उनीहरुले सुनाइन् ।

चाईनिज धानको बिउमा स्थानीय रुपमा उत्पादन भएको धान अघिल्लो वर्षको डीवाई २८ मिसाएर व्यापारिहरुले बिक्री गरेको हुनसक्ने कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखेले बताए ।

उनले भने, ‘एउटै गरोमा रोपेको केही धान फलेका अधिकांशमा बालामा चामल नै नपसेको भुस मात्र फलेको देख्दा उताबाट ल्याएको धानको बिउमा यहाँ अघिल्लो वर्ष फलेको धानको बिउ मिसाएर बिक्री गरेको स्पस्ट देखिन्छ ।’

यस्तै नगरकोट क्षेत्रका ७० प्रतिशत किसानले यही धान लगाएकोमा कसैको पनि रोपनीमा एक मुरी भन्दा बढी धान नआउने किसानहरुले बताएका छन् । धानको बिउ किलोको ८५० भन्दा बढी पर्ने भएकाले विचौलियाले व्यापारिको मिलेमतोमा धानको बिउमा मिसावट गरेको किसानहरुले बताएका छन् ।

किसानहरुले धान नफलेको विषयमा राज्य स्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन् । धानको बाला नलागेको बोटको जरा सेतो छ बाला लागेको धानको जरा र काण्ड रातो छ यसरी हेर्दा बीऊ आयात गर्ने कम्पनीहरुको लापरवाहीले सोझा किसान ठगिएको स्पष्ट हुन्छ । केही वर्ष अगाडी पूरै भक्तपुरमा लगाएको डीवाई ६९ धानमा पनि यसरी नै भुस मात्र लागेको थियो । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
भारतीय मूलकी अनिता आनन्द बनिन् क्यानडाकी रक्षामन्त्री

भारतीय मूलकी अनिता आनन्द बनिन् क्यानडाकी रक्षामन्त्री

रोल राम्रो भए आमाको भूमिकामा अभिनय गर्न तयार छु : निरुता सिंह

रोल राम्रो भए आमाको भूमिकामा अभिनय गर्न तयार छु : निरुता सिंह

चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक

चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...