No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालको मुस्लिम समाज उइघुर मामिलामा किन चुप ?

नेपालको मुस्लिम समाज उइघुर मामिलामा किन चुप ?

काठमाडौं । चीनले लामो समयदेखि शिन्जियाङमा रहेका उइगरहरुलाई दमन गर्ने, आतंकवाद फैलाएको आरोपमा कारबाही गर्ने, महिलाहरुलाई बच्चा नजन्माउन दबाब दिने र अस्थायी गर्भनिरोधक सामग्रीको प्रयोगका लागि दबाब दिने र हजारौंलाई नियन्त्रणमा लिने काम गरिरहेको थियो ।

सन् २०१९ मा भएको एक अध्ययन अनुसार चीनका उइगर समुदायहरुका बालबालिकालाई मुस्लिम बन्न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको थियो ।

दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक साधन प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको जनाइएको छ । पछिल्लो समय शिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लाग्दै आएको समयमा अमेरिका भने कडा रुपमा प्रस्तुत भएको देखिएको छ । चीनलाई पाठ सिकाउन अमेरिकाले ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानुन संसदबाट पारित गरेको छ ।

यता,उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै कैयौँ पश्चिमा देशहरूले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन् ।

उइगर माथि यसरी दमन हुदाँ नेपाली मुस्लिम समुदाय चुप बसेको भनि प्रश्न उठ्न थालेको छ । उइगुर मुस्लिम समुदायमाथि चीनले आफ्नो देशमा गर्दै आएको अत्याचारविरुद्ध नेपालमा प्रदर्शन भएको हल्ला अथवा समाचार खासै कतै पढ्न हेर्न पाइएन । नेपालमा रहेका मुस्लिम समुदायका प्रतिनिधिहरुले चीनमा उइगुर मुस्लिम समुदायमाथि अत्याचार गरेको विषयमा चीन सरकारको विरोधमा प्रदर्शन गरेको पनि खासै सुनिएको छैन ।
३० कार्तिक २०७७ मा उइगुर मुस्लिम समुदायलाई स्वतन्त्रता देउ, उइगुर मुस्लिम समुदायको मानवअधिकार बहाली गर लगायतका प्लेकार्ड र व्यानर बोकेर जमाइत उलेमा नेपाल नामक मुस्लिम संगठनले काठमाडौंमा प्रदर्शन गरेको खबर बाहिरियो । बुझ्दै जादाँ उक्त संगठनले मोरङ, रुपन्देही, सिरहा लगायतका जिल्लामा एकैपटक प्रदर्शन गरेको रहेछ् । सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत उनीहरुले नेपाल सरकारलाई चीनमा रहेका उइगुर मुस्लिमहरुको मानवअधिकार रक्षाका लागि पहल गरिदिन अपिल समेत गरेका रहेछन् ।

विभिन्न जिल्लामा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले चीनमा मुस्लिम समुदायमाथि भएको दमनको विरोध गरेका थिए । चीनमा अहिलेसम्म १५ हजार मस्जिद भत्काइएको, शौचालयमा रुपान्तरण गरिएका लगायतका बिषय प्रदर्शनकारीहरुले उठाएका थिए । विश्वभरका मुस्लिम समुदाय किन चीनमा मुस्लिम समुदाय माथि भइरहेको अत्याचारका विरुद्ध मौन छ भन्दै उनीहरुले आफ्नै समुदायमाथि समेत प्रश्न उठाएका थिए ।
उनीहरुले चीन सरकारले तत्काल मस्जिद भत्काउने काम बन्द गर्नुपर्ने र लामो समयदेखि शिन्जियाङमा रहेका उइगरहरुलाई दमन गर्ने, आतंकवाद फैलाएको आरोपमा कारबाही गर्ने, महिलाहरुलाई बच्चा नजन्माउन दबाब दिने र अस्थायी गर्भनिरोधक सामग्रीको प्रयोगका लागि दबाब दिने र हजारौंलाई नियन्त्रणमा लिने गरेको कार्य रोक्नुपर्ने समेत माग गरेका छन् । संगठ्नले चीनले तत्काल यस्तो कार्य नरोके नेपालमा भएको चिनिँयाहरुले दुःख पाउने चेतावनी समेत दिएका थिए । तर, चीनले आफ्नो दम्भ देखाउन अझै रोकेको भने छैन ।
मुस्लिम समुदायलाई रोजा बस्न चीन सरकारले रोकेको बिषयमा पनि आपत्ती जनाउँदै उनीहरुले हिजाव पहिरिन पाउनुपर्ने पनि माग गरेका थिए ।

१८ लाख उइगुर मुस्लिमहरुलाई जेलमा तथा १० लाखलाई यातना केन्द्रमा राखिँँदा पनि किन विश्व जनमत चीनविरुद्ध उभिन नसकेको भन्दै प्रश्न गरेका थिए । पीडामा रहेका समुदायलाई नै चीनले मास्नेतर्फ लागेको उनीहरुको चिन्ता थियो ।

उइगुर समुदायमाथि चिनियाँ दमनको विरुद्ध संयुक्त राष्ट्रसंघ र मुस्लिम समुदाय कस्ले उजुरी सुन्ने हो उनीहरुले गम्भीर प्रश्न उठाए । विभिन्न जिल्लामा प्रदर्शन भइरहँदा सामाजिक संजालमा पनि ह्यासट्यागमा उइगुर समुदायप्रति ऐक्यवद्धता प्रदर्शन भएको पाइएको छ ।

धेरैजसो मुस्लिम भएको उक्त समुदायका मानिसहरूलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखेको छ । त्यहाँ उनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुव्र्यवहार गरेको भन्ने आरोप चीनमाथि लागेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
६१ वर्षमा सिरहा विशेश्वर सदायले पाए नागरिकता

६१ वर्षमा सिरहा विशेश्वर सदायले पाए नागरिकता

प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिश

प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिश

परिचयपत्र बिनाका मानिसलाई कोठा भाडामा नदिनू – गृह मन्त्रालय

परिचयपत्र बिनाका मानिसलाई कोठा भाडामा नदिनू – गृह मन्त्रालय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .