• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इन्टेललाई किन फकाउँदै छन् युरोपेली देशहरु ?


इन्टेललाई किन फकाउँदै छन् युरोपेली देशहरु ?

काठमाडौं । चिप आयातमा अमेरिका र चीनमाथिको निर्भरता कम गर्ने योजना बनाएका युरोपेली मुलुक अहिले अमेरिकी कम्पनी इन्टेललाई फकाउने ध्याउन्नमा देखिन्छन् ।

इन्टेलले सार्वजनिक गरेको आफ्नो एउटा योजनाले जर्मनी, फ्रान्ससहित, इटाली र पोल्याण्ड इन्टेललाई फकाउनमा तल्लिन छन् । यो दौडमा युरोपेली मुलुक इटाली सबैभन्दा अगाडि देखिन्छ ।

इटालीले इन्टेललाई आफ्नो देशमा चिप प्लान्ट राख्नका लागि मनाउन ठूलै छुटको योजना दिने तयारीमा रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले देखिएको चिप अभाव भविष्यमा नदेखियोस् भन्दै इन्टेलले युरोपमा दुई ठूला प्लान्ट राख्ने योजना सार्वजनिक गरेको थियो । अमेरिकी कम्पनी इन्टेलले दुई प्लान्ट राख्नका लागि १० अर्ब डलरको हारहारीमा लगानी गर्दैछ ।

तर, लगानी मात्रै नभएर प्लान्ट राख्दा हुने रोजगारीको सिर्जना र चिप निर्माणमा हुने ख्यातिका कारण युरोपेली मुलुक यो अमेरिकी कम्पनीलाई मनाउन लागिपरेका छन् ।

चिप अभावका कारण अहिले स्मार्टफोनदेखि इलेक्ट्रोनिक्स र विशेषगरी कार निर्माता कम्पनीहरुले आफ्नो उत्पादनको योजना पछि सारिरहेका छन् ।

जर्मनी कम्पनी बीएमडब्ल्यूले चिप अभावकै कारण आफ्नो आगामी वर्ष कारको उत्पादन करिब करिब एक लाखले कमी आउन सक्ने बताइसकेको छ । अन्य धेरै कार निर्माता कम्पनीले पनि उत्पादनको मितिलाई पर सारिरहेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार इटालीले आफ्नो मुलुकमा करिब ५ अर्ब अमेरिकी डलर लगानी गरी प्लान्ट निर्माणको लागि इन्टेललाई मनाइरहेको छ ।

स्रोतहरुलाई उद्धृत गर्दै सार्वजनिक भएका समाचार अनुसार इन्टेलले आफ्नो देशमा प्लान्ट राखे इन्टेलले गर्ने कूल लगानीको केही प्रतिशत आफैंले व्यहोर्न पनि इटाली तयार छ । यसका साथै, श्रम र ऊर्जा लागत्मा केही सहुलियत दिने गरी इटालीले प्रस्ताव राखिसकेको छ ।

इन्टेलले युरोपमा राख्ने योजना बनाएको एउटै प्लान्टले स्थानीय स्तरमा कम्तिमा पनि एक हजार प्रत्यक्ष रोजगारीको सिर्जना हुनेछ ।

इटालीले आफ्नो देशमा कार निर्माताको हबको रुपमा परिचित मिराफियोरिमा प्लान्ट राख्नको लागि इन्टेललाई प्रस्ताव गरेको छ । यसका साथै फ्रान्स–इटाली चिप निर्माता कम्पनी एसटीमाइक्रोइलेक्ट्रोनिक्सको प्लान्ट रहेको क्याटानिया पनि प्लान्ट राख्ने विकल्प इन्टेलसँग हुनेछ ।

इटालीले विभिन्न प्रस्ताव राखेको भए पनि इन्टेल जर्मनीमा चिप प्लान्ट राख्न बढी ईच्छुक देखिएको छ ।

इटाली र जर्मनीसहित इन्टेलको चिप प्लान्ट भित्र्याउने दौडमा फ्रान्स पनि छ भने पोल्याण्डले पनि इन्टेल भित्र्याउन ईच्छा देखाइरहेको छ । पोल्याण्डमा इन्टेलको एउटा प्याकेजिङ प्लान्ट अहिले पनि सञ्चालनमा छ ।

इन्टेलका प्रमुख कार्यकारी अधिकृत प्याट गेल्सिङ्गरले गत महिना युरोपका दुई ठाउँमा आफ्नो कम्पनीले ठूला प्लान्ट स्थापना गर्ने बताएका थिए । इन्टेलले आगामी एक दशकमा युरोप महाद्धीपमा मात्रै ८० अर्ब यूरो लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

युरोपियन युनियनले केही वर्ष यता चिपको लागि अमेरिका र चीनमाथि हुँदै आएको निर्भरता कम गर्ने योजना बनाइरहेका थिए । तर, विश्वव्यापी रुपमा काभिड–१९ महामारी सुरु भएपछि उद्योग बन्द भएका कारण विश्वभर नै चिप अभाव देखिएको छ । जसका कारण स्मार्टफोन, कम्युटरसहित कार निर्माताहरु समेत प्रभावित छन् ।

चिप अभावका कारण सबैभन्दा बढी प्रभावित कार निर्माता कम्पनीहरु हुन् र युरोपका धेरै देशका अर्थतन्त्र पनि यस्तै कम्पनीको आर्थिक गतिविधिमा निर्भर छन् ।

सन् २०३० सम्ममा विश्वभर उत्पादन हुने सेमिकन्डक्टरमध्ये २० प्रतिशत आफ्नै महाद्धीपमा बनाउने युरोपियन युनियनको लक्ष्य छ । तर, कोभिड–१९ महामारीपछि सिर्जित अवस्थामा यो लक्ष्य हासिल चुनौतिपूर्ण हुनेछ ।

इटालीका प्रधानमन्त्री मारियो ड्राङ्गीले यसैसाता यो लक्ष्य हासिलका लागि युरोपले अहिले नै निर्णायक कदम चाल्नुपर्ने धारणा राखेका थिए । चीन र अमेरिकाले चिप निर्माणमा अर्बौं डलर लगानी गरिहेकाले युरोपेली मुलुकले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

युरोपियन युनियनले राखेको लक्ष्य पूरा गर्न ठूला ठूला प्लान्टहरु स्थापना गर्नुपर्ने हुन्छ, जुन आजको भोलि नै स्थापना गर्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप
  • २०७८ कार्तिक ८, सोमबार २०:३१
  • In "सूचना-प्रविधि"
  • चीन–अमेरिका प्रविधि महायुद्ध
  • २०७८ कार्तिक ८, सोमबार २०:३१
  • In "BannerNews"
  • प्रविधि उद्योगमा ८ महिनामै एक लाख ३६ हजार बढी कर्मचारी जागिरबाट निकालिए
  • २०७८ कार्तिक ८, सोमबार २०:३१
  • In "BannerNews"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

अध्यक्ष ‘प्रचण्ड’माथि दुर्गा प्रसाईंको गम्भीर प्रश्न १७ हजार नेपाली किन मारेको ?

एमसीसी बारे अनावश्यक बिरोध , जनतालाई गुमराह बनाउदै

पाकिस्तानमा पैगम्बर मोहम्मदको अपमान प्रति इत्तेहाद नेपाल द्वारा विरोध (प्रेस विज्ञप्ति सहित)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version