• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ कम्पनीले अलपत्र पारेको बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट ; भारतको कुशिनगरमा शुरु


चिनियाँ कम्पनीले अलपत्र पारेको बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट ; भारतको कुशिनगरमा शुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दा भारतको कुशीनगरमा निर्माणको सुरसार पनि थिएन

भैरहवा — तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शिलान्यास गर्दा यहाँबाट नजिकै भारतको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरसार थिएन ।भारतको कुशिनगरमा अन्तर्राष्ट्रियवायु सेवा शुरु , लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्टको काम चीन पर्‍यो अलपत्र

बुद्ध धर्मावलम्बीलाई लक्ष्य गरेर भैरहवाबाट करिब २ सय किमि दूरीमा रहेको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । तर चार वर्षअघि निर्माण सकिनुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि सञ्चालनमा आउने हो, कुनै टुंगो छैन । यहाँ आयोजनाको म्याद थप गरेर लम्ब्याउने काम भइरहेको छ । बौद्ध धर्मावलम्बी सीधै बुद्ध जन्मस्थल लुम्बिनी भित्र्याउन विमानस्थल निर्माण थालिएको हो । त्यो सपना कहिले पूरा हुन्छ, ठेगान छैन ।भारतको उत्तर प्रदेशमा सबै भन्दा लामो रनवे अन्तर्राष्ट्रियएयरपोर्ट , भारतिय प्रधानमन्त्री मोदिले गरे उदघाटन
चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र सहठेकेदारबीच विवाद, भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन हुँदै कोभिड संक्रमणले गौतम बुद्ध विमानस्थल आयोजना निर्माण पर धकेलिँदै आएको हो । आयोजना अहिले सातौं पटकको म्याद थपको पर्खाइमा छ । परीक्षण उडान ९क्यालिब्रेसन फ्लाइट० को तयारीमा पुगेको विमानस्थल दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले फेरि पछाडि धकेलिएको आयोजनाको दाबी छ । यहाँ निर्माण पूरा भएका संरचना खेर जाने अवस्था सिर्जना भएको छ । परीक्षण उडान कहिले हुने भन्ने निश्चित हुन सकेको छैन ।
सानातिना र परीक्षण उडानका क्रममा परिवर्तन हुन सक्ने सामान्य निर्माण कार्यबाहेक अन्य ठूला निर्माण र संरचना तयार रहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘यो आयोजना अब क्यालिब्रेसन फ्लाइटमै केन्द्रित छ,’ उनले भने, ‘परीक्षण उडान भएर विमानस्थल सञ्चालनयोग्य हुने समयसम्म बाँकी निर्माण सकिनेछ ।’

क्यालिब्रेसन फ्लाइट भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप करिब तीन महिना सञ्चालनका लागि समय लाग्छ । त्यो अवधिसम्ममा गर्नुपर्ने बाँकी सबै निर्माण सकिनेछ । टर्मिनल भवनको फिनिसिङ, फर्निचर राख्ने, काउन्टर राख्ने काम जारी छन् । दोस्रो चरणको लकडाउनअघि आयोजना स्थलमा धमाधम उपकरण जडानका काम जारी थिए । गत वैशाख पहिलो सातामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्त्वपूर्ण उपकरण जडान भइसकेका थिए । आयोजना अन्तिम चरणमा पुगेको थियो ।
विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न जडित उपकरण ठीक भएरनभएको र ती उपकरणले सही काम गरेरनगरेकोबारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला दोस्रो चरणको लकडाउनले आयोजनालाई फेरि प्रभावित बनाएको हो । आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माणलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरिएको छ । आईसीबी टूअन्तर्गतको उपकरण जडान सकिएको र परीक्षण उडानका लागि आन्तरिक तयारी भइरहेको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले जानकारी दिए ।
परीक्षण उडानका लागि आवश्यक विशेष विमान ल्याउने काम आईसीबी टूको ठेक्का पाएको थाइल्यान्डको एरो थाई कम्पनीको हो । तर कोभिडका कारण देखाउँदै उसले समयमै विशेष विमान र प्राविधिक आयोजना स्थलमा ल्याउन चासो नदिँदा विमानस्थल सञ्चालनमा ढिलाइ भएको हो । कोभिड संक्रमण विश्वव्यापी रूपमा फैलिन सुरु भएको डेढ वर्षअघिदेखि नै विदेशीे प्राविधिक र सबै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडान अवरुद्ध हुन पुगेको थियो । क्यालिब्रेसन फ्लाइटका लागि विशेष विमान ल्याउन सम्झौता गरिएको थाइल्यान्डको एरो थाई कम्पनीले कोरोना संक्रमणको कारण देखाउँदै आउँदो नोभेम्बरसम्म आफू आउन नसक्ने जानकारी गराएपछि प्राधिकरणले त्यसको विकल्प खोजेको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षत्रीले बताए ।
क्यालिब्रेसन फ्लाइटका लागि भारतको ‘एयरपोर्ट अर्थरिटी अफ इन्डिया’ सँग सम्झौताको तयारी गरिएको उनको भनाइ छ । ‘प्राधिकरणका निमित्त महानिर्देशक पदमा म आउनासाथ पहिलो बोर्ड बैठकमै क्यालिब्रेसन फ्लाइटको एजेन्डामाथि छलफल गरेका छौं,’ क्षत्रीले भने, ‘त्यो बैठकले परीक्षण उडानका लागि ‘एयरपोर्ट अर्थरिटी अफ इन्डिया’ बाट विमान ल्याउने लगभग निर्णय भइसकेको छ । त्यसलाई हस्ताक्षर गरेर आधिकारिकता दिन मात्र बाँकी छ ।’
बोर्ड बैठकको उक्त निर्णयले आधिकारिकता पाउनासाथ सातारदस दिनभित्र एयरपोर्ट अर्थरिटी अफ इन्डियासँग सम्झौता गरिनेछ । सम्झौता गरेको सबै कुरा मिलेको ३०र४० दिनभित्र उसले परीक्षण उडान टुंग्याउनेछ । ‘परीक्षण उडान सकिनासाथ हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आन्तरिक गृहकार्यमा जुट्नेछौं,’ क्षत्रीले भने, ‘त्यसपछि कुन कुन एयरलाइन्सले कति उडान सञ्चालन गर्ने भनेर उडान तालिकाका लागि अनुरोध गरिनेछ ।ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल
  • २०७८ कार्तिक ६, शनिबार २०:५५
  • In "देश"
  • इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनमा भारतले असहमति राख्दा हिउँदभर उडान असहज
  • २०७८ कार्तिक ६, शनिबार २०:५५
  • In "BannerNews"
  • निर्माण कम्पनीकाे कछुवा गतिले गौतमबुद्ध विमानस्थलको ४ वर्ष, भारतलाई प्रत्यक्ष लाभ हुने
  • २०७८ कार्तिक ६, शनिबार २०:५५
  • In "लुम्बिनी प्रदेश"
Tags: #यातायात#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

धनुषामा एक महिला तीन छोराछोरीसहित एक हप्तादेखि बेपत्ता

फेवा किनारबाट आह्वानः थोत्रो थिति फालौं, नयाँ थालौं

सिके राउतको कर्तुत बाहिरियो, यतिसम्म गरेका रहेछन् !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version