• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल


गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल

 

काठमाडौं । विश्‍वभरका बुद्धिस्टहरुको आस्थाको केन्द्र लुम्बिनीको भैरहवामा बन्‍न लागेको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ कम्पनीले ढिलासुस्ती र बेवास्ता गर्दा नेपालाई ठूलो क्षति भएको छ ।

चिनियाँ कम्पनीहरुले नेपालका अन्य परियोजना निर्माण कार्यमासमेत ढिलासुस्ती गरिरहेको छ । बौद्ध धर्मालम्बीहरुको आकर्षणको केन्द्र भनिएको लुम्बिनीमा बन्‍ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमा नबन्दा ठूलो आर्थिक क्षति पुगेको छ ।

बुद्ध पूर्णिमामा विमानस्थल सञ्चालनको लक्ष्यसहित काम अघि बढेको तथा अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम विभाग तथा सुरक्षा निकायका अधिकारीहरूसँग छलफल भइसकेको बताइए पनि समयमा नै बस्‍न नसक्ने स्थिति आएको छ ।

सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आईसीभी १ अन्तर्गतका भौतिक पूर्वाधारका सबै काम सक्नुपर्ने थियो । तर चिनियाँ कम्पिनीको लापरबाहीका कारण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बर सम्ममा निर्माणको काम सक्नुपर्ने म्याद दिइएको थियो ।

नेपालमा समयमै विमानस्थल नबन्दा यसको प्रत्यक्ष लाभ भारतको उत्तरप्रदेशस्थित कुशीनगर विमानस्थलले उठाएको भएको छ । लुम्बिनीसँगै जोडिएको भारतीय भूमिमा बनेको कुशीनगर विमानस्थल मंगलबारदेखि नियमित उडान गर्न थालेको छ ।

भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले उक्त विमानस्थलको उद्‌घाटन गरेका हुन् । गत वर्ष जुन महिनामा केन्द्रीय मन्त्रिपरिषद्ले कुशीनगर विमानस्थलको अन्तर्राष्ट्रिय सुविधाको रुपमा अनुमोदन गरेको थियो र यसो भन्दै एयरपोर्टले महत्वपूर्ण बौद्ध तीर्थस्थललाई राम्रो सम्पर्क प्रदान गर्ने भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

पुरीका अनुसार भारतको यस कदमले यस क्षेत्रको पर्यटन उद्योगलाई प्रोत्साहन दिनुका साथै भगवान बुद्धले महापरिनिर्वाण प्राप्त गरेको सहरमा प्रत्यक्ष हवाई सम्पर्कको सुविधा प्रदान गरी बौद्ध सर्किटमा यात्रा गर्न सहयोग पुग्‍नेछ ।

हाल राज्यमा दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन भइरहेका छन् । जसमा चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थल उत्तर प्रदेशको राजधानी, लखनऊमा र लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल वाराणसीमा निर्माण भइरहेका छन् ।

यस विमानस्थलमा दैनिक जापान, थाइल्याण्ड, म्यानमार, कम्बोडियाजस्ता देशका करिब दुई हजारदेखस तीन हजारसम्म तिर्थयात्रीहरु नेपाल आउनसक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई ?
  • २०७७ फाल्गुन १५, शनिबार १२:१७
  • In "देश"
  • अन्तर्राष्ट्रिय विमान स्थलमै चिनियाँको कब्जा गरेको भान , रास्ट्रपति कै कार्यक्रममा चिनियाँ झन्डा देखिए पछि हडकम्प
  • २०७७ फाल्गुन १५, शनिबार १२:१७
  • In "लुम्बिनी प्रदेश"
  • चिनियाँ कम्पनीको ढिलाईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल अलपत्र , भिजिट मधेशद्वारा भैरहवामा विरोध प्रदर्शन
  • २०७७ फाल्गुन १५, शनिबार १२:१७
  • In "लुम्बिनी प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

उदयपुर र रुकुममा गरी दुईजना मृत फेला

ओलीसँग एकताको सम्भावना छैन : माधव नेपाल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version