No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सुदूरपश्चिममा दुई प्रतिशत जनसङ्ख्यामा कोरोनाको परीक्षण

ई प्रतिशत जनसङ्ख्यामा कोरोनाको परीक्षण

ई प्रतिशत जनसङ्ख्यामा कोरोनाको परीक्षण

रासस : सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ। जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो। प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको छ।

पहिलो पटक गएको चैत दोस्रो हप्तामा प्रदेशमा कोरोनाका सङ्क्रमित फेला परेसँगै कोरोनाको नमूना सङ्कलन र परीक्षणको दायरा बढाउनु पर्ने माग सबैतिर उठ्दै आएको थियो। सङ्क्रमित फेला परेसँगै पिसिआर र आरडिटी पद्धतिबाट शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गरी जाँचको कार्य शुरु गरिएको थियो। पिसिआर पद्धतिको तुलनामा त्यति भरपर्दो नदेखिएको आरडिटी पद्धतिबाट भने एक लाख २४ हजार ६९० जनाको नमूना जाँच गरिएको छ।

स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सोमबारसम्म सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा एक हजार ५८४ सङ्क्रमित पुगेका छन्। यस्तै डोटी जिल्लामा ८५०, अछाममा ८३६ कञ्चनपुरमा ६४१, बाजुरामा ४५२, बैतडीमा ३३१, डडेलधुरामा ३१२, बझाङमा २८८ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन्। प्रदेशमा सक्रिय सङ्क्रमित कुल ८३८ पुगेकोमा सबै भन्दा बढी डोटी जिल्लामा २६८ छन्। यस्तै कैलालीमा २०२, अछाममा १०५, बझाङमा १७६, बाजुरा, बैतडी र दार्चुलमा आठ÷आठ तथा कञ्चनपुरमा ५० जना सक्रिय सङ्क्रमित पुगेका छन्।

हालसम्म कोरोनाका कारण कैलालीमा चार, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एकसमेत नौ जनाको मृत्यु भएको छ। देशका अन्य प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु दर बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा भने मृत्यु दर पछिल्लो एक महिनायता स्थिर देखिएको छ। निर्देशनालयको तथ्याङ्कअनुसार गएको साउन १३ गतेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेकोमा त्यसयता कसैको मृत्यु भएको छैन।

 कोरोनाको सङ्क्रमण दर भने निरन्तर बढ्दो छ। सोमबारसम्म कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा चार हजार ४०० पुगेका छन्। यो सङ्ख्या कुल सङ्क्रमितको झण्डै ८४ प्रतिशत हो।

समुदायमा फैलिने जोखिम बढ्दै 

पछिल्ला दिनमा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्न थालेसँगै रोकथामको प्रयासस्वरूप कैलाली र कञ्चनपुरमा हाल स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। पहाडका कतिपय स्थानीय तहहरू ‘सिल‘ गरिएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोना समुदायस्तरमा फैलिने जोखिम बढेको बताए।

उनले भने, “हाल फाटफुटरूपमा समुदायस्तरमा कोरोना देखिन थालेको भए पनि रोग समुदायस्तरमै फैलिइसकेको छैन, ‘लोकल ट्रान्समिसन‘को रूपमा देखिएको छ।” भारतलगायतबाट भित्रिने नागरिकलाई क्वारेन्टिनमा बसाउँदा अपनाउनुपर्ने सुरक्षाका मापदण्डको पालना गर्न गराउन भएको कमीकमजोरी, क्वारेन्टिनहरू अव्यस्थित भएको र नागरिकहरूले पनि सतर्कता तथा सजगता नअपनाउँदा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ।

भारतबाट भित्रिने नागरिकलाई हाल स्थानीय प्रशासनको समन्वयमा होम क्वारेन्टिनमा बस्ने गरी सम्बन्धितकै घर पठाउने गरिएको छ । होम क्वारेन्टिनमा बसेका व्यक्तिको स्वास्थ्यमा केही समस्या भएपछि मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भनिएको छ। प्रदेशमा गौरीफण्टा र गड्डाचौकी लगायतका सीमा नाकाबाट नेपाल भित्रिने क्रम अझै रोखिएको छैन । पछिल्ला दिनमा लक्षणसहितका सङ्क्रमित फेला पर्न थालेको भए पनि यसको यकिन तथ्याङ्क मन्त्रालयसँग छैन।

दैनिक जाँचको दायरा बढ्दै

सुदूरपश्चिम प्रदेशमा पिसिआर मेसिनसहित प्रयोगशाला सञ्चालनमा आएसँगै यसअघिको तुलनामा दैनिक नमूना जाँचको दायरा पनि वृद्धि भएको छ। यद्यपि सञ्चालनमा आएका नयाँ प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति अभाव हुँदा सीमित स्वास्थ्यकर्मीको भरमा नमूना जाँच भइरहेको छ।

 प्रदेश सरकारको निर्णयबमोजिम सेती प्रादेशिक अस्पताल धनगढी र डोटी जिल्ला अस्पतालमा पिसिआर मेसिनको व्यवस्थासहित नयाँ प्रयोगशाला सञ्चालनमा आइसकेको छ। बैतडी जिल्ला अस्पतालमा पिसिआर मेसिनसहितको प्रयोगशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। निजी क्षेत्रको सहयोगमा डडेलधुरामा समेत पिसिआर मेसिनसहितको प्रयोगशाला सञ्चालनमा आइसकेको छ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोनाका कारण जटिलता उत्पन्न हुने अवस्थाका विरामीलाई राख्नुपर्ने व्यवस्थाका लागि भेन्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको जानकारी दिए। “२० वटा भेन्टिलेटर खरिद प्रक्रियामा छन”, मन्त्री सुवेदीले भने, “सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा गरी १८ वटा आइसियुको व्यवस्था भइसकेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कोरोना
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

Next Post
नहर एक महिनामै भत्कियो

कैलालीमा प्रदेश सरकारले ४३ लाखमा निर्माण गरेको नहर एक महिनामै भत्कियो

नेपालमा महिला प्रधानमन्त्री कहिले ?

नेपालमा महिला प्रधानमन्त्री कहिले ?

लम्ब्याउदै एक साता निषेधाज्ञा

लम्ब्याउदै एक साता निषेधाज्ञा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .