• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्व.गुरुशरण सदाको अन्तिम म्युजिक भिडियो बिमोचन, शोकलाई शक्तिमा बदली अगाडी बढनु पर्छः रामरिझन यादव


स्व.गुरुशरण सदाको अन्तिम म्युजिक भिडियो बिमोचन, शोकलाई शक्तिमा बदली अगाडी बढनु पर्छः रामरिझन यादव

संजय यादव, सिरहा
१ कार्तिक, २०७८
सामाजिक राजनीतिक अभियन्ता एवं वरिष्ठ पत्रकार रामरिझन यादवले गायक, लेखक तथा संगितकार स्व. गुरुशरण सदाको पत्नी शान्ति सदाले शोकलाई शक्तिमा बदलिदै अगाडि बढ्न र समाजलाई नमुना भएर देखाइदिन अनुरोध गरेका छन् । शान्ति सदाले आफ्नो खुट्टामा उभेर सामाजिक रुपान्तरणको लागि साहस देखाउने समय आईसकेको बताए । जसपा नेपालका नेता समेत रहेको रामरिझन यादवले गायक, लेखक तथा संगितकार स्व.गुरुशरण सदाको शब्द संगितमा रहेको अन्तिम रचना “वैंस छदा” गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै अभियन्ता यादवले यस्तो बताए । उनले भन,े मैथिलीबासी भएर पनि आफ्नो मातृभाषामा गीत नगाएर नेपाली भाषामा यति राम्रो गीत गाउन सकेकोमा आश्चर्य लागेको छ । हामी पहिला मधेसी हुँ, त्यसपछि मात्र नेपाली हुँ । पूर्ण मधेसी भएपनि नेपाली बन्ने प्रयास गरिएको हो भने । गुरुशरणको बारेमा डकुमेन्ट्री र स्मृतीग्रन्थ प्रकाशन गर्नमा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहलार्ई सहयोग गर्न आग्रह गरे । विधवा भएर पनि शान्ति सदाले समाजलाई नमुना भएर देखाईदिएको साहासको लागि धन्यवाद र “बैस छदा” म्युजिक भिडियोको शुभकामना पनि दिए ।

कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सांगीतिक क्षेत्रमा लागेकी शान्ति सदाको संघर्षको यात्रामा हरेक तवरले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । सामाजिक राजनीतिक अभियन्ता डा.जयनारायण यादवले प्रतिभाशाली व्यक्तित्व स्व. गुरुशरण सदाको सामाजिक रुपान्तरणमा रहेको योगदानको चर्चा गर्दै शान्ति सादालाई हरेक तवरबाट सहयोग गर्न तत्पर रहने बताए । समाजसेवी तथा गैसस महासंघ सिरहाको अध्यक्ष समेत रहेको गोविन्दराज बिष्टले स्व. गुरुशरण सदाको अनुपस्थितिमा शान्ति सदाले गर्दै आएको संघर्षलाई प्रशंसा गर्दै भने मूसहर समुदायबाट यतिसम्म संघर्ष गर्न सकेकोमा धन्यवाद दिँदै सफलताको साथ अगाडि बढ्न शुभकामना दिए । सबरी संकल्प समाज गोलबजारको आयोजनामा भएको बैस छदा म्युजिक भिडियोको निर्माता आदित्य ठकुरी, स्व. गुरुशरण सदा र वीरेन्द्र सिहको शब्दरचना रहेको संगीतमा संगम भण्डारी, लक्ष्मण चौलागाई, आदित्य ठकुरी प्रमिता राजघतांकनी, राज रोकैया, पूनम श्रेष्ठ लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोको क्यामराम्यान रामकृष्ण चौलागाईं तथा ईडिटिंग अमृत पन्थीको रहेको छ । म्युजिक भिडियोमा रंजित कुशवाहा, देवशरण सदा, शिबशरण सदाको बिशेष सहयोग रहेको निर्माता ठकुरीले बताए ।स्व. गुरुशरण सदाको कोभिडको कारण २०७८ बैसाख ६ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्व.राजकपुर यादवको ५औं स्मृती दिवस भब्यताकासाथ सम्पन्न
  • २०७८ कार्तिक १, सोमबार ११:३४
  • In "मधेश प्रदेश"
  • शान्ति सदाले लिएर आईन तीजको गीत
  • २०७८ कार्तिक १, सोमबार ११:३४
  • In "मनोरन्जन"
  • गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव
  • २०७८ कार्तिक १, सोमबार ११:३४
  • In "मधेश प्रदेश"
Tags: #मनोरन्जन

Sanjay Yadav

सम्बन्धित खबर

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

Next Post

चिनलाई अर्को तनाव अमेरिका , भारत सहित चार देशले मिलाए हाथ

बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारे बैज्ञानिक चिन्तित

देउवा सरकार ढाल्न चिनको कसरत शुरु , बाम एकता गराउने रणनीतिमा चिनियाँ राजदुत यान्छी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

दुबई विमानस्थलमा २ वटा ड्रोन विष्फोट

अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

१४० अमेरिकी सैनिक घाइते

नेपालमा तेल आपूर्ति सहज हुने संकेत

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

चीनमा विकसित एआई चस्माले दृष्टिविहीनलाई नयाँ आशा

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version