• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपामा भाडभैलो शुरु , अध्यक्ष यादवले एकलौटी तानाशाह निर्णय गरेको सासद ईस्तियाक राईको आरोप


जसपामा भाडभैलो शुरु , अध्यक्ष यादवले एकलौटी तानाशाह निर्णय गरेको सासद ईस्तियाक राईको आरोप

काठमाडौ । जसपामा भाडभैलो  सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो । प्रादेशीक, जातीय, समावेशीतालाई आधार नमानेर मन्त्री पठाएको भन्दै अध्यक्ष यादवप्रति जसपाकै नेताहरु असन्तुष्टि जनाएका छन्। उपेन्द्र यादवले मनोमानी ढंगले मन्त्री छानेको भन्दै आफ्नै कार्यकर्ताले उनको पुत्लासमेत जलाए।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद मो. इस्तीयाक राई, सांसद प्रदीप यादव,प्रमोद साह,अमृता अग्रहरी, मृगेन्द्र सिंहलगायत नेताले यादवविरुद्ध ठूलै कदम चाल्ने चेतावानी समेत दिएका छन् । केन्द्रीय कार्यालयमा कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला समेत जलाएका छन् ।
सरकार गठनमा पार्टीभित्र व्यापक असन्तुष्टि भएको बताएका छन् ।सांसद राईले आफ्नो अध्यक्ष उपेन्द्र यादव एकल, स्वाच्छाचारी निर्णय गरेको आरोप लगाए । डा. बाबुराम भट्टराई गोरखा र अशोक राई पूर्व गएको मौकामा मन्त्री छनौट गरेको उनको आरोप छ । यो निर्णयले पार्टी आहात भएको छ, प्रदेश २, बागमती र लुम्बिनीबाट समावेशिताको आधारमा मन्त्री छनौट गर्ने जिम्मा तीन शीर्ष नेतालाई दिइएको हो। तर, यादवले एकलौटीरुपमा गरे, यो हामीलाई स्वीकार्य हुँदैन, उनले भने, ’यो सच्याउनुपर्छ।’
यादवले आन्दोलनको मर्मविपरित काम गरेको उनको आरोप छ । उनले आफू मन्त्री नभएको भन्दा पनि व्यवहार त पार्टी मुल मर्म, पद्धतिमाथि नै प्रहार भएको र एकै समुदायका व्यक्तिलाई मात्रै मन्त्री बनाएको उनको आरोप छ ।
जसपाबाट राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गरेका छन् । उनले श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादव र वन तथा वातावरणमन्त्री रामसहाय यादव भएका छन् । जसपाबाट राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गरेका छन् । उनले श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादव र वन तथा वातावरणमन्त्री रामसहाय यादव भएका छन् ।
मन्त्री नियु्क्तप्रति असन्तुष्टि र नेतृत्वविरुद्ध ठूलै कदम चाल्ने चेतावानी दिएका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएकामा पर्सामा अध्यक्ष यादवविरुद्ध प्रर्दशन नै भएको छ। अध्यक्ष यादवले पार्टीमा बबाल हुने आंशकमा नै राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गराएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने दबाब दिएअनुसार नै मन्त्रिपरिषदको गठन भएको हो ।
अध्यादेश कायम रहेको भए पार्टी विभाजन हुने आंशका यादव थियो । अझै पनि असन्तुष्ट समूहले जुनसुकै कदम चाल्न सक्ने भएका छन् । ओली सरकारकै पालामा तत्कालिन संघीय समाजावादी पार्टी(सपा)लाई विभाजन गर्ने अध्यादेश ल्याइएको थियो ।
हाल मन्त्री कृष्णकुमार श्रेष्ठ(किसान) लगायतले जनकपुरबाट डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा सपा विभाजनकै लागि काठमाडौं ल्याएका थिए । तर व्यापक विरोधपछि त्यति बेला अध्यादेश फिर्ता भयो। एक्कासी उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी (सपा) र महन्थ ठाकुरले नेतृत्व राष्ट्रिय जनता पाटी (राजपा) एकीकरण भएर जसपा बनेको थियो। तर, यो एकीकरण एक वर्षभन्दा बढी टिकेन ।
उता रिक्त उपसभामुख पद भने जसपाले पाउने भएको छ । सत्तारुढ गठबन्धनले उपसभामुख जसपालाई दिने सहमति जनाएको छ। जसपाका एक कार्यकारिणी सदस्यले उपसभामुख जसपालाई दिने सहमति भएको जानकारी दिए। सरकारमा जसपाका ४ जना मन्त्री मात्रै दिँदा पार्टीमा बबाल भएको गुनासो यादवले गठबन्धनमा राखेपछि सभामुख दिएर थुमथुम्याउने प्रयास गरिएको छ। अन्नपूर्णपोस्ट

महन्त पछि जसपामा अर्को बिद्रोह शुरु एकलौटी गरेको भन्दै उपेन्द्र यादवको आलोचना

कार्यकरिनी सदस्य , सासद ईस्तियाक राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपामा भाडभैलो : यादव विरुद्ध ठूलै कदम चाल्ने चेतावनी
  • २०७८ कार्तिक १, सोमबार ०९:३०
  • In "समाचार"
  • सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट
  • २०७८ कार्तिक १, सोमबार ०९:३०
  • In "देश"
  • मधेसमै जलाइयो जसपाको झण्डा र उपेन्द्र यादवको पुत्ला
  • २०७८ कार्तिक १, सोमबार ०९:३०
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

स्व.गुरुशरण सदाको अन्तिम म्युजिक भिडियो बिमोचन, शोकलाई शक्तिमा बदली अगाडी बढनु पर्छः रामरिझन यादव

चिनलाई अर्को तनाव अमेरिका , भारत सहित चार देशले मिलाए हाथ

बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारे बैज्ञानिक चिन्तित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version