• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट


सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट

काठमाडौं ।   यसअघि जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष रहेका महन्थ ठाकुरले नयाँ दल दर्ता गर्दैछन् । उनको नयाँ दल जनता समाजवादी पार्टी लोकतान्त्रिक गठनको प्रक्रियामा छ ।

ठाकुरले शुरु गरेको नयाँ दल दर्ता प्रक्रिया नटुंगिँदै जसपा फेरि फुटको संघारमा पुगेको छ ।

स्रोतका अनुसार ठाकुरले पार्टी विभाजन गरेपछि पनि जसपामा अहिले तीन गुट सक्रिय छन् । जसमा अध्यक्ष यादव र डा.बाबुराम भट्टराई पक्ष एक गुट हो ।

दोस्रो गुटको नेतृत्व सांसद प्रमोद शाहले गरेका छन् । उनको पक्षमा सांसदहरू रानी मण्डल, नरमाया ढकाल र अमृता अग्रहरीलगायत छन् ।

त्यस्तै, तेस्रो गुटको नेतृत्व गरेकी सांसद रेणु यादवको पक्षमा प्रदीप यादव, सुरेन्द्र यादव, रामबाबु यादवलगायत छन् ।

श्रोतका अनुसार जसपाको दोस्रो र तेस्रो गुट अध्यक्ष यादवको हेपाहा प्रवृतिबाट आजित छ । एक सांसदले भने, ‘अध्यक्ष ज्यूको हेपाहा प्रवृति सहेर अब जसपामा धेरै दिन बस्न सकिँदैन ।’

उनले दिएको जानकारी अनुसार मन्त्री बन्न नपाउने सांसदहरू जसपा फुटाउने तयारीमा छन् । उनीहरुले मन्त्रिमण्डल विस्तारलाई कुरिरहेका छन् ।

एक सांसदले नेपाली पब्लिकसँग भने, ‘अध्यक्षज्यूले सधैँ आफ्नोलाई काखा र अर्कोलाई पाखा लगाउनुहुन्छ । अब मन्त्रिपरिषद् विस्तार हुँदा कस्तो व्यवहार गर्नुहुन्छ, सबै कुरा त्यसमा भरपर्छ ।’

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेका कारण मन्त्री बन्न नपाउने सांसदलाई पार्टी विभाजन गर्न पनि सजिलो हुनेछ । उक्त अध्यादेशमा सांसद वा केन्द्रीय समितिमा २० प्रतिशत पदाधिकारी पुगे नयाँ दल दर्ता गर्न पाइने व्यवस्था गरिएको छ ।

यसअघि जसपामा सांसद ३५ थिए । ठाकुर पक्षसँग १३ सांसद गएपछि हाल जसपामा २२ सांसद मात्रै छन् । यस्तो अवस्थामा असन्तुष्ट सांसदले सजिलै पार्टी विभाजन गर्न सक्छन् ।

अध्यक्ष यादवले मन्त्रिपरिषद् विस्तारमा आफ्नो पक्षलाई नसमेटेमा पार्टी विभाजन गर्ने तयारीमा दोस्रो र तेस्रो गुट छन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक पुस ५ गते संसद विघटन गरेपछि नै जसपामा विवाद सिर्जना भएको थियो । त्यसपछि सुरु भएको विवाद निर्वाचन आयोगले हेड काउन्ट गरेर उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि साम्य भएको थियो । उक्त विवाद सकिएलगत्तै जसपा फेरि विभाजनको संघारमा पुगेको छ ।

तर, अध्यक्ष यादवसँग असन्तुष्ट एक सांसद भन्छन्, ‘जसपा फेरि विभाजन गर्ने कि बचाउने भन्ने अध्यक्षज्यूकै हातमा छ । मन्त्री बनाउँदा कसरी बनाउनुहुन्छ, सबै कुरा त्यसमै भरपर्छ ।’

पछिल्लो समय तराईका जिल्लामा जसपा अध्यक्ष यादवको प्रभाव घट्दै गएको विश्लेषण असन्तुष्ट पक्षको छ । त्यसकारण यादवको पक्षमा लागिरहँदा राजनीतिक भविष्य उज्वल नदेखेका उनीहरू जसपा विभाजनको तयारीमा लागेका हुन् । त्यसका लागि मन्त्रिपरिषद् विस्तारसम्म कुर्नुपर्ने हुन्छ ।

यता सांसद रामबाबु यादवले भने आफुँ कुनै गुटबन्दीमा नलागेको बताएका छन्। ‘म कुनै पद वा केहिको लोभमा लागेर त्यस्तो कुनै गतिवीधीमा लाग्नेवाला छैन्,’ नेपाली पब्लिकसँग उनले भने, ‘म जसपा थिए, जसपा छु र जसपा रहिरहनेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपामा भाडभैलो : यादव विरुद्ध ठूलै कदम चाल्ने चेतावनी
  • २०७८ भाद्र ९, बुधबार १०:२१
  • In "समाचार"
  • जसपामा भाडभैलो शुरु , अध्यक्ष यादवले एकलौटी तानाशाह निर्णय गरेको सासद ईस्तियाक राईको आरोप
  • २०७८ भाद्र ९, बुधबार १०:२१
  • In "देश"
  • जसपा : ओलीकै कारण बन्यो, ओलीकै कारण फुट्यो
  • २०७८ भाद्र ९, बुधबार १०:२१
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

अबदेखि २० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने

एक अश्वेत महिला पत्रकारको अनुभव– म दासी होइन, रिपोर्टर हुँ

पुस ५ देखियता संसदले एउटा माखो पनि मार्न सकेनः ओली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version