No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतमा नेपाली सम्पदा : बिर्सियो काठमाडौंले


भारतमा नेपाली सम्पदा : बिर्सियो काठमाडौंले

आर्थिक हिनामिनाको विषयलाई लिएर वि. सं. १८६३ वैशाख १४ गतेको राति भारदारी सभा बसिरहेको बेला आवेगमा आएका रणबहादुर शाहले त्रिभुवन खवासलाई काट्न र आफ्नै भाइ शेरबहादुर शाहको आँखा फोर्न आदेश दिए । तर, आँखा झिमिक्क गर्न नपाउँदै शेरबहादुरले दाजु रणबहादुरकै हत्या गरिदिए । रणबहादुर शाहको हत्याको विषयमा नेपाली इतिहासकारहरुको आ-आफ्नै मत पनि छ ।

निकै सनकी स्वभावका रणबहादुर शाह राजगद्दी त्यागेर ‘निर्गुणानन्द’ स्वामीको रुपमा काशी (वनारस) बसेर १८६१ सालमा काठमाडौं आइ नाबालक छोरा राजा गीर्वाणयुद्व विक्रम शाहको नायब भई राजकाजमा सक्रिय थिए । भेषनारायण दाहालको आलेख ‘साम्राज्येश्वर महादेव मन्दिर र धर्मशालाको जीर्णोद्दार तथा व्यवस्थापनको एक झलक’ अनुसार रणबहादुर शाह काशीको ललिताघाट बस्थे ।

रणबहादुर शाहपछि उनका नाति राजा राजेन्द्र विक्रम शाहको पालामा ललिताघाटसहित तीन ठाउँमा सम्पदा बने । जसमध्ये अहिले दुईवटा सम्पदाको व्यवस्थापन नेपालीले गरेका छन् भने एउटा भारतीयको व्यवस्थापनमा छ ।

राणा शासनकाल र त्यसपछि पनि वनारसमा नेपाली मन्दिर र धर्मशालाहरु खुले । २०१६ सालमा रानी जगदम्बा कुमारी देवीले २ ठाउँमा धर्मशाला स्थापना गरिन्, एउटा वनारसको मंगलागौरीमा र अर्को तमिलनाडूको रामेश्वरम्मा । जसमध्ये दुवै धर्मशाला अहिलेसम्म सञ्चालनमा छन् ।

बनारसका नेपालीहरु सम्मिलित समिति सञ्चालक रहेको यो धर्मशालामा नेपाली तीर्थयात्रीहरुलाई न्यूनतम मूल्यमा बास र खानाको सुविधा छ । श्री ३ चन्द्र शमशेर राणाका कान्छा छोरा जनरल मदन शमशेरका विधवा थिइन्, जगदम्बा।

राजेन्द्र विक्रम शाहको पालामा ललिताघाट र राजराजेश्वरी घाटको निर्माण गरियो । त्यस्तै, उनकी रानी साम्राज्यलक्ष्मीदेवीको नाममा साम्राज्येश्वरी मन्दिर बनाइयो, जसलाई पछि ‘काशीको नेपाली मन्दिर’, ‘पशुपति मन्दिर’ नामले पनि चिन्न थालियो । अहिले ललिताघाट र साम्राज्येश्वरी मन्दिर नेपालको पुरातत्व विभागको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालित छ ।

लगत संकलन भयो, संरक्षण भएन

पुरातत्व विभागको महानिर्देशक रहँदा भेषनारायण दाहालले २०६९/०७० सालमा नेपाली सम्पदाहरुको लगत तयार पार्न दुईवटा टोली भारत पठाएका थिए । विभागका अधिकृत सन्दिप खनाल नेतृत्वको टोली उत्तरी भारतको हरिद्वार, ऋषिकेश, बद्रीनाथ र केदारनाथ गएको थियो । अर्का अधिकृत अरुणा नकर्मी नेतृत्वको टोली पूर्वोत्तर भारतको आसाम र दक्षिणतर्फ उडिसा, तमिलनाडू र रामेश्वरम् गएको थियो ।

अध्ययन टोलीले भारतमा रहेका आधा दर्जन प्रख्यात नेपाली सम्पदा जोखिमयुक्त अवस्थामा रहेको प्रतिवेदन पुरातत्व विभागमा बुझाएको थियो । त्यसको केही समयमै पुरातत्व विभागको नेतृत्व परिवर्तन भयो । पछि पुरानो नेतृत्वले संकलन गरेको लगत उपर कुनै कारबाही भएन, त्यो अहिले पुरातत्व विभागको दराजमा थन्किएर बसेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार काशीको साम्राज्येश्वर मन्दिर र ललिताघाटको संरक्षणको लागि विभागले यो आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ ।

निकै सनकी स्वभावका रणबहादुर शाह राजगद्दी त्यागेर ‘निर्गुणानन्द’ स्वामीको रुपमा काशी (वनारस) बसेर १८६१ सालमा काठमाडौं आइ नाबालक छोरा राजा गीर्वाणयुद्व विक्रम शाहको नायब भई राजकाजमा सक्रिय थिए । भेषनारायण दाहालको आलेख ‘साम्राज्येश्वर महादेव मन्दिर र धर्मशालाको जीर्णोद्दार तथा व्यवस्थापनको एक झलक’ अनुसार रणबहादुर शाह काशीको ललिताघाट बस्थे ।

भारतमा रहेका नेपाली सम्पदाको खोजी एवं संरक्षणको लागि अभियान चलाउने अभियान्ता एवं पत्रकार कनकमणि दीक्षित भारतमा रहेका नेपाली धरोहरको संरक्षणमा नेपाल सरकारले चासो दिनुपर्ने धारणा राख्छन् । दीपकुमार उपाध्याय भारतका लागि नेपाली राजदूत हुँदा यस्ता सम्पदाहरुको खोजी गरी संरक्षण अभियान चलाउन आग्रह गरिएको दीक्षितले अनलाइनखबरलाई जानकारी दिए ।

त्यतिबेला राजदूतावास यो प्रस्तावमा सकारात्मक भए पनि पछि राजदूत परिवर्तन भएर काम त्यसै अलपत्र भएको दीक्षित बताउँछन् । यसको लागि नेपाल सरकार नै तात्नुपर्ने उनको भनाइ छ ।

पूरै बेवास्तामा दक्षिण भारतका नेपाली सम्पदा

सन् १९०८ मा बेलायत यात्रा गरेका राणा प्रधानमन्त्री चन्द्र शमशेरले फर्कँदा रामेश्वरममा क्षमापूजा (पतिया) गरेका थिए । साथै, त्यहाँ मन्दिर बनाउनको लागि उनकै पालामा गुठीको समेत व्यवस्था गरिएको थियो । त्यहीँ जगदम्बा कुमारी देवीले २०१६ मा धर्मशाला निर्माण गरेर अभिलेख समेत राखेकी थिइन् । जसमा लेखिएको छ ‘श्री जगदम्बा नेपाली धर्मशाला, श्रीमती रानी जगदम्बा कुमारी देवीबाट नेपाली यात्रुलाई उपहार । स्थापित २०१६ शिवरात्रि ।’ अहिले त्यो धर्मशाला पनि बेवास्ताको शिकार भएको छ ।

पुरातत्वबाट खटिएको टोली प्रमुख नकर्मी रामेश्वरम्मा नेपाली सम्पदा अव्यवस्थित भेटिएको बताउँछिन् । उनका अनुसार, रामेश्वरम्को सम्पदाका लागि गुठी संस्थानबाट मासिक ५०० रुपैयाँ नगद पठाउने परम्परा थियो, तर त्यहाँका पण्डाहरु ‘त्यो कौडी’ लिन आउन छाडेको धेरै भइसक्यो । यसले गर्दा रामेश्वरम्को ठूलो क्षेत्रमा रहेको नेपाली धर्मशालाको व्यवस्थापन (स्वामित्व) नेपालको हातबाट बाहिरिने जोखिम बढेको नकर्मी बताउँछिन् ।

ओडिसा प्रान्तको पुरी जिल्लामा रहेको जगन्नाथ धाममा एउटा नेपाली धर्मशाला छ । त्यो दक्षिणी भारतमा रहेका नेपाली धर्मशालामध्ये सबभन्दा व्यवस्थित रहेको नकर्मी बताउँछिन् । त्यहाँ पनि नेपालबाट सहयोग जान बन्द भइसकेको छ । तर नेपालबाट जाने तीर्थयात्रीलाई अहिले पनि धर्मशालामा निःशुल्क खान बस्नको व्यवस्था गरिन्छ ।

मेटिएका सम्पदा

आसामको कामरुपमा रहेको कामाख्या मन्दिर छेउमा निर्मित नेपाली धर्मशाला अहिले भग्न अवस्थामा छ । धर्मशालासँगै नेपाली शैलीका दलिनयुक्त घरहरु छन् । नकर्मीका अनुसार त्यहाँ पुरातत्व विभागको टोलीसँग धेरैले आफूलाई मूलपण्डा दाबी गरेपछि त्यहाँको मुख्य व्यक्ति पहिचान हुन नसकेको नकर्मी बताउँछिन् ।

‘पण्डाहरु आफूलाई लालमोहरीया त भन्छन्’, नकर्मी भन्छिन्, ‘तर, आफ्ना पूर्वजले नेपालका कुन शासकको पालामा लालमोहर पाएको भनेर बताउन सक्तैनन् ।’
जगन्नाथ धामबाट ६३ किलोमिटर उत्तरमा रहेको ओडिसाको भुवनेश्वरमा रहेको नेपाली धर्मशालाको अस्तित्व नामेट भइसकेको छ । त्यहाँ नेपाली धर्मशाला थियो भन्ने कुरा स्थानीयले बताएको नकर्मीले जानकारी दिइन् ।

भुवनेश्वर ओडिसाको प्राचीन राजधानी हो र त्यही क्षेत्रमा रहेको प्रशिद्ध लिंगराज मन्दिर क्षेत्रमा नेपाली धर्मशाला थियो । तर त्यहाँ कसको पालामा धर्मशाला बनेको हो भन्ने प्रमाण भेटिँदैन । सो मन्दिरको रत्नसिंहासनमा पूजा गर्ने अधिकार नेपालका राजालाई मात्रै छ । जसले गर्दा कुनै राजाको पालामा त्यहाँ धर्मशाला बनेको हुन सक्ने अनुमान पुरातत्वका अधिकारीहरुको छ । सोही मन्दिरको रत्न सिंहासनमा पूर्वराजा ज्ञानेन्द्र शाहले २०७४ सालमा त्यहाँ विशेष पूजा गरेका थिए ।

उत्तर भारतका नेपाली सम्पदा

नेपाल र भारतका तीर्थस्थलमा आउजाउ गर्ने चलन धेरै पुरानो हो । मल्लकालमा भक्तपुरमा चारधामको प्रतिमूर्ति स्वरुप मन्दिर निर्माण हुनुले भारतको चारधाम यात्रालाई नेपालीले दिएको महत्व दर्साउँछ ।

नेपालका शासकहरुले भारतका विभिन्न ठाउँमा मन्दिर, घाट, धर्मशाला बनाउने, लालमोहर जारी गरेर सञ्चालक तोक्ने गरेको बुझिन्छ । गंगा किनारमा शिवालिक पर्वतले तीनतिरबाट घेरिएको हरिद्वारको बडा बजारस्थित भारती भवनमा सञ्चालित नेपाली धर्मशाला अहिले पनि नेपाली लालमोहरीया पण्डाहरुले चलाइरहेका छन् ।

विभागबाट उत्तर भारत खटिएको टोलीको नेतृत्वकर्ता सन्दिप खनाल हरिद्वार, ऋषिकेश, बद्रीनाथ, केदारनाथ लगायत ठाउँका सम्पदालाई बेवास्ता गर्दा ती क्षेत्रका नेपाली सम्पदा नेपालीको व्यवस्थापनबाट फुत्किन थालेको बताउँछन् ।

रानी जगदम्बा देवीले हरिद्वारमा पनि एउटा नेपाली धर्मशाला स्थापना गरेको कुरा रानी जगदम्बाको जीवनीमा आधारित महाकाव्य ‘जगदम्बा’मा उल्लेख छ । महाकाव्यमा बद्रीनाथ केदारनाथ र हरिद्वारमा रहेका धर्मशालाको जीर्णोद्धार गराएर आवश्यक व्यवस्थापनको निम्ति अनुदान समेत दिएको उल्लेख छ ।

हरिद्वारबाट २४ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्ने ऋषिकेशमा एउटा नेपाली धर्मशाला र संस्कृत पाठशाला छ । त्यो पाठशाला र धर्मशाला श्री अनन्तानन्दजी गिरी महाराजले सन् १९१८ मा नेपाली तीर्थयात्रीहरुको लागि निर्माण गरिदिएका थिए । उनी काशीका सन्त स्वामी सच्चितानन्दजी महाराजबाट दीक्षित साधु हुन् । त्यो ठाउँलाई अहिले पनि नेपाली क्षेत्र भनेर चिनिन्छ । अहिले नेपाली तीर्थयात्रीहरु जाँदा खान र बस्न पैसा लाग्दैन ।

कुर्म नारायणको नाममा मासिक ५००० सहयोग

अयोध्यामा कुर्म नारायण मन्दिर छ । अहिलेपनि नेपाल सरकारबाट मासिक ५००० रुपैयाँ नित्य पूजाको खर्च बापत पठाउने गरिएको सो मन्दिरमा नेपाल सरकारको सहयोगमा नै १० कोठाको अतिथि गृह निर्माण गरिएको छ । प्राप्त अभिलेख अनुसार बबरजंग जंगबहादुर राणाकी धर्मपत्नी रानी राजकुमारी देवीले भगवानबाट अनुग्रहित भएर मन्दिर निर्माण गरेको कुरा उल्लेख रहेको मन्दिरका मूल पूजारी स्वामी हरि प्रपन्नाचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

केदारनाथको धर्मशालाबारे नेपाल बेखबर

त्यहाँ अहिले पनि मुक्तिनाथबाट लगेको शालिकग्रामलाई मुख्य भगवानको रुपमा पूजा गरिन्छ । रानी राजकुमारी देवीले काठमाडौंको वेंकटेस मन्दिर आफ्नी छोरीको सम्झनामा र कुर्म नारायण मन्दिर छोराको सम्झनामा निर्माण गरेको प्रपन्नाचार्यले जानकारी दिए । यो मन्दिर निर्माणका लागि मोदनाथ शर्माको नाममा लालमोहर जारी गरिएको उनले जानकारी दिए ।

भारतको उत्तराखण्डमा मन्दाकिनी नदी किनारमा छ, केदारनाथ मन्दिर । मन्दिर नजिकै रहेको नेपाली धर्मशालालाई ‘नेपाली भवन’ भन्ने चलन थियो । २०७० सालको बाढीले केदारनाथ क्षेत्रका दर्जनौं सम्पदा बगायो या क्षतिग्रस्त बनायो ।

अर्को वर्ष स्थलगत रिपोर्टिङको लागि केदारनाथ पुगेका बीबीसी हिन्दी सेवाका नितिन श्रीवास्तवले बाढीका प्रत्यक्षदर्शी दुई नेपाली भक्तबहादुर र राजबहादुरसँगको कुराकानी प्रस्तुत गरेका थिए । उनीहरुले नेपाली धर्मशाला क्षतिग्रस्त भएको बताएका थिए ।

केदारनाथमा चन्द्र शमशेरकी कान्छी रानी बालकुमारीले राखेको अभिलेख भेटिएको पुरातत्व विभागबाट गएको टोलीका प्रमुख खनाल बताउँछन् । बालकुमारीले पतिको पनि नाम जोडेर भवनको नाम ‘बालचन्द्र’ राखेकी थिइन् । पछि रानी जगदम्बा देवीले त्यहाँको धर्मशाला जीर्णोद्धार गरेको ‘जगदम्बा’ महाकाव्यमा उल्लेख छ ।

नेपाली तीर्थयात्रुहरुलाई निःशुल्क खानेबस्ने व्यवस्था मिलाइएको धर्मशाला (नेपाली भवन) मा चन्द्र शम्शेर र बालकुमारीको पूर्ण कदको तेलचित्र पनि थियो । अहिले त्यो धर्मशालाको अवस्थाबारे थाहा नभएको पुरातत्व विभागका प्रवक्ता कुँवरले बताए ।

बद्रीको धर्मशालामा २०५७ सालसम्म लगानी

ऋषिकेशबाट २५८ किलोमिटर उत्तरपूर्वीको अलकनन्दा नदी किनारमा छ बद्रीनाथ धाम । धाम नजिकै तीनवटा ब्लक भएको नेपाली धर्मशाला छ । त्यहाँ भेटिएको एउटा अभिलेखमा ‘बालचन्द्र भवन श्री ३ बडा महारानी साइबा नेपाल संवत् १९९२’ लेखिएको छ ।

यसका सञ्चालक पण्डाहरुले बालकुमारीले १९९२ मा ब्लक ‘ए’को जीर्णोद्धार गरेको पुरातत्व विभागको टोलीलाई बताएका थिए ।ब्लकहरुको पुनर्निर्माण गर्न २०४६ भदौमा नेपालमा सात सदस्यीय समिति गठन गरिएको थियो ।

जसमा श्रीधर शमशेर जबरा, नेपाली पूज्य भगवती माता, निर्माण तथा यातायात मन्त्रालयका सचिव मदनमान अमात्य र बद्रीनाथ धामकै तीनजना पण्डा थिए । २०५७ सालमा अर्को एउटा ब्लकको उद्घाटन नेपालबाट गएका प्रतिनिधिले नै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

Next Post
एकै साथ तीन तहको चुनाव गराउने काङ्ग्रेसको तयारी

एकै साथ तीन तहको चुनाव गराउने काङ्ग्रेसको तयारी

बाँके प्रहरीद्वारा तस्करी गरि ल्याईदै गरिएको ९ सय थान मोबाइल बरामद

बाँके प्रहरीद्वारा तस्करी गरि ल्याईदै गरिएको ९ सय थान मोबाइल बरामद

जसपामा भाडभैलो शुरु , अध्यक्ष यादवले एकलौटी तानाशाह निर्णय गरेको सासद ईस्तियाक राईको आरोप

जसपामा भाडभैलो शुरु , अध्यक्ष यादवले एकलौटी तानाशाह निर्णय गरेको सासद ईस्तियाक राईको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

सिन्धुली एसबीआई बैंक लुटपाटः घरधनीसहित सात जना पक्राउ

सिन्धुली एसबीआई बैंक लुटपाटः घरधनीसहित सात जना पक्राउ

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...