No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप


मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप

काठमाडौं । चीनले लामो समयदेखि शिन्जियाङमा रहेका उइगरहरुलाई दमन गर्ने, आतंकवाद फैलाएको आरोपमा कारबाही गर्ने, महिलाहरुलाई बच्चा नजन्माउन दबाब दिने र अस्थायी गर्भनिरोधक सामग्रीको प्रयोगका लागि दबाब दिने र हजारौंलाई नियन्त्रणमा लिने काम गरिरहेको थियो ।

सन् २०१९ मा भएको एक अध्ययन अनुसार चीनका उइगर समुदायहरुका बालबालिकालाई मुस्लिम बन्न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको थियो ।

दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको जनाइएको छ । पछिल्लो समय शिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लाग्दै आएको समयमा अमेरिका भने कडा रुपमा प्रस्तुत भएको देखिएको छ । चिनलाई पाठ सिकाउन अमेरिकाले ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानुन संसदबाट पारित गरेको छ ।

यता,उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै कैयौँ पश्चिमा देशहरूले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन् ।

धेरैजसो मुस्लिम भएको उक्त समुदायका मानिसहरूलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखेको छ।
त्यहाँ उनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुव्र्यवहार गरेको भन्ने आरोप चीनमाथि लागेको छ ।

यता,आफूबीच समन्वय गरेर युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले चिनमाथि आर्थिक प्रतिबन्धहरू लगाएका हुन् ।
शिन्जियाङमा बनाइएका शिविरमा १० लाखभन्दा बढी उइगर र अन्य अल्पसङ्ख्यक समुदायका मानिसलाई थुनामा राखिएको अनुमान गरिएको छ।

देशको पश्चिमोत्तर क्षेत्रमा शिन्जियाङ पर्छ , यो देशको सबैभन्दा ठूलो क्षेत्र हो । तिब्बतजस्तै यो एउटा स्वायत्त क्षेत्र हो, जसको अर्थ सिद्धान्ततः यस क्षेत्रमा स्वशासन गर्ने केही शक्ति भएपनि व्यवहारमा भने केन्द्रीय सरकारको ठूलो हस्तक्षेप रह्ने गरेको छ।

त्यस क्षेत्रमा बस्ने उइगरहरू आफ्नै भाषा बोल्छन् , जुन टर्कीको भाषासँग मिल्दोजुल्दो छ। उनीहरूले सांस्कृति र जातीय रूपमा पनि मध्य एशियाका राष्ट्रहरूसँग निकट रहेको रूपमा लिन्छन् ।

चीन सरकारमाथि उइगर महिलालाई बलपूर्वक बन्ध्याकरण गराएको र परिवारबाट बालबालिकालाई भिन्न राखेको आरोप समेत नलागेको भने होइन ।

किन चीनले उइगर मुसालमनहरुलाई दमन गरिरहेको छ ?

न्यूयोर्क टाइम्सले प्रकाशन गरेको एक रिर्पाेट अनुसार उइगर मुसालमनहरु कट्टरपन्थी र अलगवादी विचार राख्ने भएकाले चिनियाँ सरकार चीनको क्षेत्रीय अखण्डता, सरकार र जनसंख्याको लागि खतरालाई बचाउन उइगर मुसालमनहरुलाई दमन गरिरहेको एउटा कारण हा े। चिनियाँ राष्ट्रपति शी जिनपिङको सन् २०१४ को शिनजियांग प्रान्तको भ्रमणमा “धार्मिक चरमपन्थीको विषाक्तता“ को बारेमा चेतावनी दिनुका साथै इस्लामी उग्रवादलाई समाप्त गर्न “तानाशाही“ नै एउटा औजार रहेको एउटा गोप्य वार्तामा बताएका थिए, जसलाई द न्युयोर्क टाइम्सले सन् २०१९मा खुलासा गरेको थिया े।

उक्त भ्रमणमा राष्ट्रपति शीले स्पष्ट रुपमा उइगरहरुलाई मनोमानीरुपमा नियन्त्रण गर्ने विचार नराखे पनि उनले अप्रत्यक्ष्यरुपमा शिन्जियाङमा कारवाहीको लागि आधार तयार पारेको द न्युयोर्क टाइम्सले जनाएको थियो । सन् २०१६मा तिब्बतमा शीर्ष नेतृत्वको पदभार र यस क्षेत्रमा बसाइँ सरेपछि शिनजियांगको कम्युनिष्ट पार्टीका सचिव चेन क्वांगुवोको नेतृत्वमा क्षेत्रीय अधिकारीहरूले उइगरहरुलाई मनोमानी हिरासत लिएका थिए ।

प्रहरी र सुरक्षा चौकीहरूको संख्या वृद्धि गर्नका साथै तिब्बतमा बौद्ध मठहरूमा राज्य नियन्त्रणको लागि परिचित, चेनले शिन्जियाङले नाटकीय रूपमा सुरक्षा व्यवस्थालाई तीव्र पारेको जनाईएको छ । सन् २०१७ मार्च महिनामा,सरकारले एक अतिवाद विरोधी कानून पारित गर्याे, जसले मानिसहरूलाई लामो दारी बढाउन र सार्वजनिक रूपमा बुर्खा लगाउन प्रतिबन्ध लगाएको थियो।

त्यसैगरी, सरकारले अतिवादलाई हटाउन प्रशिक्षण केन्द्रहरूको आधिकारिक मान्यता पनि दिएको थियो । चिनियाँ सरकारले विगतको स्वतन्त्रता आन्दोलनको प्रतिक्रियाहरू र हिंसाको घटनाका कारण शिन्जियाङमा इस्लामको कुनै पनि अभिव्यक्तिलाई चरमपन्थीको संज्ञा दिएको थियो । सरकारले पछिल्ला दशकहरूमा आतंकवादी हमलालाई पूर्वी तुर्कस्तान इस्लामिक मुभमेन्टमाथि दोष दिएको छ, जुन उइगुरद्वारा स्थापना गरिएको अलगाववादी समूहलाई आतंककारीको समूह मानेको छ ।

सन् २००१ सेप्टम्बर ११ मा अमेरिकामाथि भएको आतंकवादी आक्रमणपछि चिनियाँ सरकारले उइगरहरुलाई आतंकवादविरुद्धको विश्वव्यापी युद्धको हिस्सा रहेको घोषणा गरेको थियो ।
चीनले तीनवटा कुकम, स्याहारवाद, धार्मिक चरमपन्थ र अन्तर्राष्ट्रिय आतंकवादलाई हरहालतमा लड्ने जनाएको छ ।

कहिलेदेखि बन्दी बनाउन सुरु गरियो ?

विशेषज्ञ तथा अधिकारीहरुकाअनुसार यस क्षेत्रमा करिब आठ लाखदेखि २० लाखसम्म उइगर र अन्य मुसलमानसहित कजाकिस्तान र उज्बेकिस्तानका आदिवासी नागरिकलाई सन् २०१७ देखि बन्दी बनाइएको हो । त्यसैगरी, शिविरबाहिर शिनजियांगमा बसोवास गरिरहेका एक करोडभन्दा बढी उइगरहरु चिनियाँ अधिकारीहरूले गरेको दशकौं लामो यातनाबाट पीडित छन् ।

शिविरमा रहेका अधिकांश उइगरहरुको कुनैपनि अपराधको अभियोग तथा उनीहरुलाई पक्राउ गर्नुपर्ने कुनै कानुनी आधार नरहेको एक समाचार संस्थाले उल्लेख गरेको छ । उक्त संस्थाले तयार पारेको रिपोर्टअनुसार उइगर मुसलमानहरुलाई टर्की, अफगानिस्तान तथा अन्य २६ वटा संवेदनशील ठानेको मुलुकहरुको सम्पर्कमा आएकोमा भन्दै चीनले उनीहरुलाई बन्दी बनाएको हो ।

त्यसैगरी, चीनले मस्जिदहरूमा सेवा गरेको, तीन भन्दाबढी बच्चा जन्माएको, कुरानिक लिपिमा सन्देश पठाएकोलगायत आरोप लगाएर उइगरहरुलाई बन्दी बनाएको मानव अधिकार समूहहरूले आरोप लगाएका छन् । मानव अधिकारकर्मीका अनुसार उनीहरुको केवल एक अपराध भनेको मुसलमान हुनु र इस्लाम धर्म पालना गर्नु हो । यसैकारण उनीहरुलाई उग्रवादी भनिएको मानव अधिकारकर्मी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
धनुषामा ह’त्या गरिएका यूवक मिर्चैयाका हुन् : प्रहरी

धनुषामा ह’त्या गरिएका यूवक मिर्चैयाका हुन् : प्रहरी

प्रदेश २ को लोकसेवा आयोगलाई एक विद्यार्थीले गाली गरेपछि…

प्रदेश २ को लोकसेवा आयोगलाई एक विद्यार्थीले गाली गरेपछि…

महोत्तरीकी शिलादेवीको बोक्सी निहुमा देवरले नै हथौडाले हानेर हत्या गरेको खुलासा

महोत्तरीकी शिलादेवीको बोक्सी निहुमा देवरले नै हथौडाले हानेर हत्या गरेको खुलासा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .