No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लिदी पहिरो पीडितको माग : जिविकोपार्जन सहितको स्थानान्तरण

लिदी पहिरो पीडितको माग : जिविकोपार्जन सहितको स्थानान्तरण

चौतारा : सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२, लिदीका पहिरो पीडितहरुले सरकारसँग जिविकोपार्जन सहितको स्थानान्तरण माग गरेका छन् । स्थानीय सरकारले उनीहरुलाई अस्थायी आवासको लागि जुगल–१ कै बाँसखर्कमा सार्ने निर्णय भएपछि स्थानीयले सो माग राखेका हुन् ।

पहिरोमा परेकामध्ये २९ परिवारको लागि अहिले सेलाङको बाँसखर्कमा अस्थायी बासको लागि टहराहरु निर्माण भइरहेको छ । पहिरोले बस्ती नै जोखीम भएपछि उनीहरु सुरक्षीत स्थानमा बास खोजीरहेका छन् । १७२ परिवार रहेको लिदिका स्थानीयहरुले आफुहरुलाई खेतीयोग्य जग्गा सहित स्थानान्तरण गरिनुपर्ने माग राखेका छन् । आफ्नो नाममा लिदीमा रहेको सबै जग्गा सरकारलाई दिन आफुहरु तयार रहेको र आफुहरुलाई सोही बराबर जमीन दिन सरकारलाई माग गरेका छन् ।

पीडितहरुको व्यवस्थापनको लागि निर्माण गरिएको संयोजन समितीका संयोजक रेशम दोङले आफुहरुलाई सरकारको जमीन एक इन्च पनि वढी नचाएकोे आफ्नो जमिन सरकारलाई दिदै सोही बराबरको जमिन सरकारले दिनुपर्ने माग राख्नु भयो । ‘हामीलाई सरकारको एक टुक्रा पनि वढी जमिन चाहीदैंन’ संयोजक रेशम दोङले भन्नुभयो– ‘हाम्रो लालपुर्जामा भएजति खेतीयोग्य जमिन सरकारले हामीलाई उपलब्ध गरओस् र हामीलाई सुरक्षीत घर बनाइदिनुप¥यो ।’ सेलाङमा बस्ती बसाल्दा आफुहरुको पुखौंदेखिको थातथलो छोड्नु पर्दा यसले पनि मानसीक पिडा हुने भएकोले यदि सरकारले जमिन दिन सक्दैन भने नजिकै स्थानान्तरण गरिदिए पनि हुने उहाँले सुझाउनु भयो ।  अहिलेको लिदी बस्तीको केही माथी ब्रम्हचेत भन्ने खुला स्थान रहेको र सो स्थानमा स्थानान्तरण गराएमा अहिलेकै स्थानमा खेतीपाती गर्न सकिने भएकोले त्यसको बारेका पनि सोच्न उहाँले गाँउपालिकालाई सुझाउनु भयो ।

बस्ती विस्थापीत भएपछि आफुहरुलाई अन्यत्र स्थानान्तरण गर्न पीडितहरुले सरकारसँग माग गरेका छन् । सबैजना छिमेकीहरु एकैठाँउमा बस्न आफुहरु तयार रहेको तर सरकारले सुरक्षीत स्थानको खोजी गरि जग्गाधनी पुर्जा सहित आफुहरुको स्थायी बासस्थानको व्यवस्था गरिनुपर्ने उनीहरुले बताउँदै आएका छन् । लिदी शैक्षिक तथा आर्थीक रुपले पिछडीएको बस्ती हो । यहाँ उच्च शिक्षा हाँसिल गरेका व्यक्तिको संख्या एकदमै कमि छ । अन्य रोजगारीको कुनै संभावना नभएकोले कृषी नै उनीहरुको आयस्रोतको प्रमुख माध्यम हो । त्यसैले पनि खेतीयोग्य जमिन उनीहरुले माग गरेका हुन् ।

पहिरोबाट आफ्नो अभिभावक सहित घर समेत गुमाएपछि बालबालीकाहरुलाई पढ्न तथा बासस्थानमा समस्या भइरहेको छ । आफुहरुलाई पढ्न मन लागेपनि अब समस्या भएको उनीहरुको गुनासो छ । विभिन्न समस्याका विच आफुहरु गुर्जीरहेको अवस्थामा सबै न्युनतम सुविधा भएको स्थानमा आफुहरुको व्यवस्थापन गरिनुपर्ने उनीहरुको माग छ ।

पुस्तौपुस्तासम्म सडक र विजुली नपुगेको सो बस्तीमा गत हिँउदमा मात्रै एकैसाथ दुवै सुविधा प्राप्त भएको थियो  । तर प्राप्त सुविधाको एक वर्ष पनि उपभोग गर्न नपाँउदै बस्ती सार्नुपर्ने अवस्था आउनु दुखद हो । उनीहरुलाई विकासका आधारभुत सुविधा सहित सुरक्षीत स्थानमा स्थानान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो । ehimalayatimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

Next Post
उपत्यकामा २३२

बैंकका कर्मचारीमा कोरोना पुष्टि

जोखिम नियन्त्रण

नेकपा विवाद: नयाँ सहमतिपछि के प्रचण्डको भूमिका फेरिएला?

प्रदेश २ मुख्यमन्त्रीले अदालतलाई ढाँट्दै : बुझायो अधुरै कोरोना प्रतिवेदन

प्रदेश २ मुख्यमन्त्रीले अदालतलाई ढाँट्दै : बुझायो अधुरै कोरोना प्रतिवेदन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .