फिरोज कोह । अफगानिस्तानको बादलिस प्रान्तको पश्चिमी फर्ज कोह शहरमा मिडिया आउटलेटका लागि रिपोर्टि बनाउने पत्रकार जबीउल्लाह वाफा अहिले मजदुरको रुपमा काम गरिरहेका छन्। परिवारका १० जना सदस्यलाई खुवानका लागि इँटा बनाउने मजदुरी गरिरहेका छन्।
वाफा हजारौं अफगानहरुमध्ये एक हुन्, जसले तालिबानले अफगानिस्तान कब्जा गरेपछि र लोकतान्त्रिक रुपमा निर्वाचित सरकार अपदस्थ भएपछि आफ्नो जागिर वा आयको स्रोत गुमाए।
उनले पछिल्लो १० वर्षदेखि बागिस प्रान्तमा एक पत्रकारको रूपमा काम गरे तर स्थानीय मिडियाको आर्थिक अवस्था नाजुक भएपछि उनलाई बिदा गरिएको थियो। यसरी रोजगारी गुमाएकाहरुलाई सरकारले कुनै सहयोग गर्न सकेको छैन।
तालिबानको कब्जा पछि, स्थानीय मिडिया आउटलेट्सले मलाई बिदा गर्यो र म करिब दुई महिना अन्य रोजगारीको खोजीमा लागे। तर, कुनै रोजगारी पाउन नसकेपछि मेरो परिवारलाई खुवाउन मैले मेरो बुबासंग इँटा बनाउने काम गर्न थाले, जबीउलाह वाफाले भने।
वाफाजस्तै सयौं अफगान पत्रकारहरु यस्तै परिस्थितिमा बाँचिरहेका छन् र आफूहरुलाई सहयोग गर्न र साथमा रहन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेका छन्।
अफगानिस्तानमा १५० भन्दा बढी मिडिया आउटलेटहरु तालिबानको कब्जापछि बन्द गरिएका छन्। आर्थिक संकट बाहेक तालिबानले पत्रकारहरुको सूचनाको अधिकारमा प्रतिबन्ध लगाएको छ, जसले उनीहरुको काममा बाधा पुर्याएको तोलो न्युजले जनाएको छ।
मिडिया विज्ञापनमा निर्भर छन् तर अहिले विज्ञापन छैन। विज्ञापनको अभावमा उनीहरु आर्थिक समस्याको सामना गरिरहेका छन्। यसअघि तालिबानद्वारा नियुक्त सूचना तथा संस्कृति उपमन्त्री जबीहुल्लाह मुजाहिदले देशमा स्वतन्त्र मिडियामा कुनै प्रतिबन्ध नलगाइने बताएको भए पनि व्यवहार भने त्यसो हुन सकेको छैन।