काठमाडौं । चीनले हस्तक्षेप गरिरहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीको भातृ संगठन लोकतान्त्रिक यूवा संघ धनुषाले आज जनकपुरधाममा प्रदर्शन गरको छ ।
चिनियाँ हस्तक्षेप बन्द गर, मिचिएको नेपाली भुमि फिर्ता गर भन्दै लोकतान्त्रिक यूवा संघका नेता प्रशासन्त झाको नेतृत्वमा जुलुस निकालिएको हो । रेल्वे स्टेशनबाट निकालिएको जुलुसमा सयौं यूवा सहभागी थिए ।
उनीहरु प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभा गरे । कोणसभामा बोल्दै यूवा नेता प्रशान्त झाले चीनले नेपाली भुमि र सगरमाथामा समेत हस्तक्षेप गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रेको बताए ।














