काठमाडौं । बाँकेको जमुनाहा नाकामा सवारी साधन आइतबार देखी पुर्ण रूपमा नाकाबाट आवत जावत शुरु भएको छ । अहिले ओहोरदोहोरमा लगाइएको रोक आइतवारदेखि पूर्णरुपमा हटेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतवारदेखि अनौपचारिकरुपमा नाका खोलिएपनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले सोमवारदेखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने संचारमाध्यमलाई बताए ।
यद्यपी नेपाली नम्वर प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने आइतवारदेखि रुपइडिहा जान थालेका छ्न । उता बाट पनि भारतीय नम्बर प्लेटका सवारी साधन आउने शुरु भएको हो । बिस्तारै भन्सार कार्यालयले कागजी प्रक्रिया मिलाएर भारतीय नम्बरका सवारी साधनलाई शुरुको दिन आइतवार भने ३ बजेपछि मात्र प्रवेश गर्न दिने बताएको थियो । चिनको बुहाम बाट शुरु भएको कोरोना संक्रमणका कारण नेपाल भारत सिमानाका बन्द भएको थियो । संक्रमण घटेको बाट अलि अलि मानिस आवत जावत गर्न दिईएको थियो । तर सुबिधामा आउने साधनहरुमा रोक लगाईएको थियो । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार बिदेशि गाडीमा लगाईएको रोक सम्बन्ध आवा गमन गर्न दिने भनी उल्लेख गरिएको थियो । सोही अनुसार पुर्बका जिल्लाहरु गत शुक्रबार बाट सवारी साधन आवागमन खुलेको थियोे भने बाकेको जमुनाह नाका विभिन्न सुरक्षा एजेन्सीहरु सुझाव संचालनमा आएको हो । उता शनिबार भारतको रुपैडिहामा जिल्ला अधिकारीलाई त्यहाका स्थानीय पत्रकार र सिमान्च्ल पत्रकार एसोसिएसन प्रदेश अध्यक्ष एस्के मधेसीया र सिनियर पत्रकार मणि राम शर्माको बिशेष वार्तालाप पश्चात् भारतीय पक्ष एसएसबिले दिउँसो बाट सवारी साधन आवागमन गर्न दिएको हो ।