काठमाडौं । आजबाट भारतीय निजी सवारी साधनले नेपाल प्रवेश गर्न पाउने भएका छन् । कोरोनाका कारण नेपाल भारत सिमानाका बन्द गरिएको थियो । मानिस आवत जावत भए सुविधामा नेपाल घुम्न जाने सवारी साधनमा भने रोक काय थियो ।
विश्वव्यापी महामारीका कारण लामो समयसम्म बन्द रहेको सिमानाका असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खुला गर्ने निर्णय गरेको थियो । मन्त्रालयहरु बिचको समन्वय अभावका कारण कार्यन्वयन आउन नसकेको निर्णय होटल तथा पर्यटन व्यवसायी संघ पर्साको पहलमा शुक्रवारदेखि कार्यन्वयवनमा आउने भएको हो ।
गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट परिपत्र आईसकेको छ । अर्थ मन्त्रालयले भन्सार विभाग र भन्सार कार्यालयमा परिपत्र गरेसँगै आजबाट निर्धक्क रुपमा भारतीय निजी सवारी साधनको आवागमन सुचारु हुने संघका अध्यक्ष पन्तले बताए । नेपाल भारत सिमानाका बन्द दुबै तर्फका ब्यापारी निकै मर्कामा रहेका छ्न । पैदल हिंड्न् नसकिने मानिसहरु आवत जावत गर्दा सस्ती ब्योहोर्नु परेको छ ।
नेपालको पुर्बी सिमानाका आज भारतीय निजी सवारी साधन नेपाल प्रवेश भएसँगै पहिलो सवारीलाई फूलमाला लगाएर स्वागत गर्ने होटल तथा पर्यटन व्यवसायी संघले तयारी गरेको पन्तले बताए ।
