धनुषा । धनुषाको सवैला नगरपालिकामा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै युवाहरु असोज ४ देखि धर्नामा बसेका छन् । नगरपालिकामा युवाहरुले माग गरेको सुचना आफुहरुलाई नदिएको भन्दै युवाहरु नगरप्रमुख विजयशंकर प्रसाद साहलगायतको विरुद्धमा युवाहरु आन्दोलित भएका हुन् ।
आन्दोलनकै क्रममा आइतवार एकाविहानै नगरप्रमुख, उपप्रमुख, प्रकाशकिय अधिकृत, इन्जिनियर लेखिएको प्ले कार्ड झुन्ड्याएर भैंसी जुलुस प्रदर्शन गरिएको छ । आफुहरुले माग पुरा नभएपछि आफुहरु सांकेतिक रुपमा भैंसीको संज्ञा दिदै भैंसी जुलुस प्रदर्शन गरेको भ्रष्टाचार विरुद्ध संयुक्त मोर्चाका संयोजक सुरेश यादवले बताए ।
भैंसी जुलुसको क्रममा खिचिएको केही तस्विर :




















