No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनले ठुलो उद्योगलाई दिन दिनै कार्यवाही गर्दै के छ उद्देश्य ?


चिनले ठुलो उद्योगलाई दिन दिनै कार्यवाही गर्दै के छ उद्देश्य ?

चिनियाँ सरकारको पछिल्लो अभियानको मुख्य समस्या घोषित उद्देश्यमा होइन, बरु तिनलाई सञ्चालन गर्ने प्रणालीमा छ । किनकि, चीनमा नियन्त्रण र सन्तुलनको संयन्त्रको अभाव छ ।

चिनियाँ सरकारले देशका ठूला कर्पोरेसनहरूविरुद्ध कारबाही चलाइरहेको छ । यो कारबाहीपछाडि के बृहत्तर उद्देश्य हुन सक्छ ? वा, यो शुद्धीकरण अभियानले चीनको आर्थिक रणनीतिलाई सघाउँछ ? चीनले कम्तीमा पनि १५ वर्षदेखि उसको निर्यात तथा स्थिर–सम्पत्ति लगानी आधारित अर्थिक वृद्धिलाई घरेलु उपभोग वृद्धिमार्फत पुनर्सन्तुलित गर्ने प्रयास गरिरहेको छ । अमेरिका र अन्य मुलुकसँग सम्बन्ध बिग्रँदै गएदेखि चीनलाई घरेलु उपभोग वृद्धिको आवश्यकता झन् टड्कारो बनेको छ ।

चीनले घरेलु बजार वृद्धि गर्न सक्यो भने एकातर्फ उसको निर्यातमाथिको निर्भरता घट्छ । अर्कोतपर्फ, विदेशी फर्मका लागि चिनियाँ थप आकर्षक बन्न सक्छन्, जसले चीनको रणनीतिक क्षमता वृद्धि गर्नेछ । तर, यो रणनीतिमा एउटा गम्भीर अभाव खड्किन्छ । चीनको घरेलु उपयोग वृद्धि हुन ज्याला र घरेलु आय दुवै वृद्धि हुुनुपर्छ, जुन लागत बचत वृद्धि नभई सम्भव हुँदैन । चीनले अहिलेसम्म लिएको वृद्धि रणनीतिलाई परित्याग गर्नुपर्छ । उसकोे हालसम्मको नीति श्रमिक ज्याला र बचतकर्ताकोे मुनाफा न्यून बनाउन कडाइ गर्ने रहँदै आएको छ । यो रणनीति परित्याग गरेपछि श्रमिकहरूको ज्याला धेरै हुने उच्च सीपयुक्त उद्योगतर्फ अभिमुख गराउनुपर्छ । नयाँ परिस्थितिमा लगानी पनि उन्नत वित्तीय क्षेत्रको समन्वयमा हुनुपर्छ, जसले सस्तो पुँजी नभए पनि उल्लेख्य मुनाफा दिन सक्छ ।

सामान्य अवस्थामा समेत यस्तो संक्रमण निकै कठिन हुने गर्छ । झन् अहिलेको चुनौतीपूर्ण समयमा चीनलाई रूपान्तरण गाह्रो हुनेछ । विगतमा स्थिर सम्पत्ति लगानीलाई जोड दिएको चीनले अब निर्माण क्षेत्र तथा अर्ध–सरकारी निकायले लिएको अनुपयोगी ऋणको विशाल भारीलाई सम्हाल्नुपर्नेछ । अत्यधिक ऋण लिएर तिर्न कठिनाइ भोगिरहेका निकायको पुनर्संरचना गर्दा चिनियाँ अधिकारीले लगानीकर्तालाई घाटा वहन गर्न बाध्य पार्छन् । तर, जब लगानीकर्ता (विशेषतः विदेशी लगानीकर्ता)हरूको आत्मविश्वासमा असर गर्ने डर बढ्छ, तब ती निकायहरूलाई उद्धार पनि गरिन्छ । त्यसैले अहिले सबैको नजर ठूलो ऋणका कारण समस्यामा परेको घरजग्गा कम्पनी एभरग्रान्डे माथि छ ।

विगतमा चीनले बौद्धिक सम्पत्ति अधिकारमाथि गरेको लापरवाहीपूर्ण व्यवहारले धनी मुलुकहरू आफ्ना अनुसन्धान तथा ज्ञान ऊसँग बाँड्न सशंकित छन् । यसैले चीनले उसका लागि आफ्नै बौद्धिक सम्पत्ति निर्माण गर्नुपर्छ । हुन त यसका लागि ऊसँग ठूला विश्वविद्यालय र विकसित निजी कर्पोरेसनहरू छन् । तर, प्रमुख प्रश्न पछिल्लो धरपकडका बाबजुद यी निकायले स्वतन्त्र रूपमा नयाँ सिर्जना गर्ने रुचि देखाउँछन् कि देखाउँदैनन् भन्ने हो । जवाफ अस्पष्ट छ, किनकि राष्ट्रपति सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीलाई चिनियाँ समाज तथा व्यवसायभन्दा माथि राख्न प्रतिबद्ध देखिन्छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले विगतमा सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानजस्तै अहिलेको निजी क्षेत्रलाई नियन्त्रण गर्ने अभियान उद्देश्यका हिसाबमा राम्रो देखिन्छ, तर त्यसको कार्यान्वयन पक्षमा धेरै प्रश्न छन् । सम्भवतः ‘साझा समृद्धि’को अभियानले चीनको आर्थिक क्षेत्रलाई कमजोर बनाउनेछ ।

सुरुमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेका सी हाल सरकारी स्वामित्वका उद्योगको भूमिका बढाउने दिशामा छन् । जबकि, यी चीनका सबैभन्दा कम उत्पादनशील निकाय हुन् । केन्द्रीय सरकारले सरकारी स्वामित्वका उद्योगलाई रुचाए पनि निजी क्षेत्रको उल्लेख्य वृद्धि भएको छ, जसमा स्थानीय सरकारको सहयोगले भूमिका खेलेको छ । अलिबाबाका सह–संस्थापक ज्याक मा धेरै सर्वसाधारणका आदर्श बनेका छन् । सर्वसाधारणको समर्थनकै बलमा उनीजस्ता उद्यमी सरकारी नीतिको समेत आलोचना गर्ने साहस उठाउँछन् ।

सरकारी अधिकारीको तर्क छ– ज्याक मा र उनको फर्मजस्ता विशाल कर्पोरेसनमाथि उठाएको कठोर कदमले ‘साझा समृद्धि’लाई सहयोग गर्छ । अहिलेको अभियानलाई ठूलो व्यक्तिगत धन (अर्थात्, अर्बपति) र कर्पोरेट एकाधिकार (अलिबाबा र ट्यान्सेन्टले तिनको प्ल्याटफर्मको शक्तिलाई उपभोक्ताको छनोट संकुचित बनाउन प्रयोग गरेको आरोप छ) विरुद्धको कदमको रूपमा प्रस्तुत गरिएको छ । कतिले श्रमिकहरूलाई अत्यधिक दोहन गर्ने प्ल्याटफर्ममाथिको कारबाहीको रूपमा पनि हेरेका छन् । केही समयअघि चिनियाँ ठूला व्यवसायमा ‘९९६’ संस्कृतिको महिमागान गाइन्थ्यो (९९६ ले बिहान ९ बजेदेखि राति ९ बजेसम्म र हप्ताको ६ दिन कामलाई जनाउँछ) । पछिल्लो अभियानले डेटाको अन्तर–सीमा बहाव तथा वैदेशिक प्रभावलाई पनि निसाना बनाएको छ ।

कुनै पनि भ्रष्टाचारविरोधी अभियानजस्तै चिनियाँ सरकारको नयाँ अभियानका कैयौँ पक्ष आकर्षक छन् । ‘आवास बस्नका लागि, व्यापार र सट्टेबाजीका लागि होइन’ भन्ने नारा कसलाई मन नपर्ला ? चिनियाँ सरकारको पछिल्लो अभियानको मुख्य समस्या घोषित उद्देश्यमा होइन, बरु तिनलाई सञ्चालन गर्ने प्रणालीमा छ । किनकि, चीनमा नियन्त्रण र सन्तुलनको संयन्त्रको अभाव छ । सरकारले पछिल्लो अभियान सबैभन्दा धनी र प्रमुख उद्यमीहरूमाथि केन्द्रित रहेकोमा जोड दिइरहेको छ । उसका अनुसार खासै सामाजिक मूल्यमा योगदान नगर्नेहरूलाई निसाना बनाइएको छ । तथापि, यही भनाइका आधारमा जोकोही पनि त कारबाहीमा पर्न सक्छन् ।

सरकारले अत्यन्त धनाढ्यमाथि कठोर कारबाही गर्दा सामान्य धनीहरू थप धन सिर्जना हुने काम गर्नबाट निरुत्साहित हुन सक्छन् । र, फेरि सामाजिक मूल्यलाई कसले निर्धारण गरिरहेको छ ? कर्मचारीतन्त्र र पार्टीका पदाधिकारीले । तिनले नै चिप निर्माताको तुलनामा भिडियो गेम र निजी ट्युसन अनावश्यक रहेको निर्णय गरे । अहिलेको स्थितिलाई माओको सांस्कृतिक क्रान्तिसँग तुलना गर्नु अलि बढी नै हुन्छ, तथापि यसले प्रत्युत्पादक असर गर्ने डर भने जायज छ । सबैभन्दा बढी जोखिम नवप्रवर्तन र निजी क्षेत्रको जोखिम लिने चाहनामाथि हुनेछ । र, चीनले उच्च सीपयुक्त उच्च मूल्यको उत्पादनतर्फ संक्रमण गर्नुपर्ने वेलामा यस्तो परिणामले लक्षित उद्देश्यमा हानि पु¥याउँछ ।

सरकारले आज सञ्चालन गरेको अभियान भोलि नै उल्टाउन सकिँदैन । सरकार तथा बजारमाथिको विश्वास एकपटक गुम्यो भने यसलाई पुनः कायम गर्न सजिलो हुँदैन । वित्तीय क्षेत्रमाथिको विश्वासको हकमा पनि यस्तै हुन्छ । वित्तीय क्षेत्रमा आजकल करोडौँ चिनियाँहरू तिनको बचत अर्ध–तयार (निर्माणाधीन) आवास र
उचित अनुगमन नभएको लगानी फर्मले बेचेका उत्पादनमा लगाइरहेका छन् ।

चिनियाँ अधिकारीहरूले विगतमा वित्तीय जोखिम बाँड्दा भय उत्पन्न हुने पक्षलाई बेवास्ता गर्ने गरेको देखिन्थ्यो । सधैँ यो रणनीति उपयोगी नहुन सक्छ । निजी क्षेत्रलाई नियमन गर्ने सरकारी प्रयासका कारणले चिनियाँ कर्पोरेसनका लागि अन्तर्राष्ट्रिय बजारमाथिको पहँुच कठिन हुन सक्छ । जबकि, अन्तर्राष्ट्रिय बजार चीनको आर्थिक वृद्धिको महŒवपूर्ण पक्ष रहँदै आएको छ । डेटा नियन्त्रण गर्ने सरकारी प्रयासले नकारात्मक असर गर्न सक्छ । चीन सरकारले आफ्ना कम्पनीले डेटाहरू देशभित्रै भण्डारण गर्नुपर्ने बनाएको छ । चिनियाँ सेवाप्रदायक ‘एन्ट’ र ‘बाइडडान्स’लाई यो नियमका कारण विदेशमा तिनको उत्पादन बेच्न कठिन हुनेछ । किनकि, विदेशका तिनका नयाँ उपभोक्ताले आफ्नो तथ्यांक चिनियाँ सरकारको हातमा हुने कुराले त्रसित बनाउन सक्छ ।

चिनियाँ सरकारले वैदेशिक नियमनकर्ताको शक्ति घटाउने प्रयासमा विदेशी स्टकमा सूचीकरणलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको छ । तर, चिनियाँ फर्महरू विदेशी नियमअन्तर्गत चल्नेछन् भन्ने धारणाकै कारण चिनियाँ सरकारले जोखिमपूर्ण पुँजीमाथिको पहुँच वृद्धि गर्न दिएको छ ।

चीनमा पुँजी अहिले सहजै उपलब्ध हुने र सस्तो रहेकाले यसले खासै समस्या उत्पन्न गर्नेछैन । तर, यो स्थिति बदलिनेछ । चीनको व्यावसायिक कारबाहीप्रति आम–मानिसको समर्थन देखिन्छ । चीनमा मात्र होइन, विश्वभर नै आममानिसमा कर्पोरेसनप्रति घृणा बढेको छ । तर, चीनको कदम सीमाभन्दा अगाडि बढ्ला कि भन्ने डर छ । किनकि, चिनियाँ सरकारी कदमलाई ‘चेक’ दिने निकाय छैनन् । न त त्यहाँको सत्तारूढ कम्युनिस्ट पार्टीका नेतृत्वलाई नै उत्तरदायी बनाउने निकाय छ । अमेरिकामा खर्च विधेयकमाथि चलिरहेको पछिल्लो बहसको सुस्तता हेर्दा विश्वका धेरै असन्तुष्ट हुन सक्छन् । तर, यो प्रजातान्त्रिक प्रक्रियाको राम्रो पक्ष हो । यसका कारणले एउटा विचार नै हावी हुँदैन, कुनै पनि गल्ती नियन्त्रणबाहिर जाने सम्भावना रहँदैन ।

(भारतीय रिजर्ब बैंकका पूर्वगभर्नर रघुराम जी राजन युनिभर्सिटी अफ सिकागोका प्राध्यापक हुन्)
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य / साभार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
अलकायदा संगठन माथी अमेरिकी हमला जारी एकको मृत्यु

अलकायदा संगठन माथी अमेरिकी हमला जारी एकको मृत्यु

राष्ट्रलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आयो – हिमानी शाह

राष्ट्रलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आयो – हिमानी शाह

अपहरित भारतीय नागरिकलाई सशस्त्र प्रहरी रामनगर  निरिक्षक लाल बहादुर खडकाकाे नेतृत्वमा सकुशल उदार

अपहरित भारतीय नागरिकलाई सशस्त्र प्रहरी रामनगर निरिक्षक लाल बहादुर खडकाकाे नेतृत्वमा सकुशल उदार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .