No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ : अख्तियारको छापापछि विपक्षीले मागे मुख्यमन्त्री राउतको राजीनामा, जसपा मौन

प्रदेश २ : अख्तियारको छापापछि विपक्षीले मागे मुख्यमन्त्री राउतको राजीनामा, जसपा मौन

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर विभिन्न फाइल नियन्त्रणमा लिएपछि विपक्षीहरुले मुख्यमन्त्री राउत पदमा रहिरहन नमिल्ने बताएका छन् ।
अख्तियारले छापा मारेको विषयलाई लिएर मुख्यमन्त्री राउतले भने आपत्ति जनाएका छन् । यद्यपि उनको दल जसपा नेपालले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । प्रदेश २ का विपक्षी दलहरुले भने मुख्यमन्त्रीकै कार्यालयमा अख्तियारले छापा मारेको भन्दै नैतिकताका आधारमा पनि मुख्यमन्त्री राउत पदमा बसिरहन नमिल्ने तर्क गरेका छन् ।
मुख्यमन्त्रीमाथि गम्भीर आरोपसहित अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको भनाइ छ ।
प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले साइकल खरिद र वितरणको फाइलका लागि पटकपटक ताकेताका गर्दा पनि नबुझाएपछि बुधवार अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै अख्तियारको कदमको स्वागत गरेका छन् ।
एउटा योजनामा मात्रै नभई स्वच्छता अभियान लगायत दर्जनौँ योजनामा भ्रष्टाचार भएको तथ्यलाई महालेखापरीक्षकको प्रतिवेदनले पनि प्रमाणित गरिसकेको अवस्थामा ती सबैमा अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
अर्का विपक्षी नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकोले छानबिन हुनुपर्ने माग गरेका छन् । मण्डलले भने, ‘सरकारले भ्रष्टाचार गरेको भनेर हामीले पटकपटक भन्दै आएका थियौं, यसबीचमा अख्तियारले साइकल खरिद प्रक्रियामा अनियमितताको ठहर गर्दै छापा मारेको छ, भ्रष्टाचारविरुद्धको यो स्वागतयोग्य कदम हो ।’
साइकल खरिद प्रक्रियाको मात्र होइन, मुख्यमन्त्री कार्यालयबाट सञ्चालित अन्य योजना तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयमा समेत छानबिन गरी अनुसन्धान गर्न उनले अख्तियारलाई सुझाए । अख्तियारलाई छानबिनमा सहयोग गर्न मुख्यमन्त्रीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने उनको भनाइ छ ।–रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post
नेकपा एमालेको विधान महाधिवेशन : गोदावरीमा प्रतिनिधिहरुको लर्को

नेकपा एमालेको विधान महाधिवेशन : गोदावरीमा प्रतिनिधिहरुको लर्को

नागरिकताको सवालमा मधेशको पक्ष अडिएका एकमात्र कम्युनिस्ट नेता प्रभु साह

एमाले शीर्ष नेता र प्रभु साह बीचको वार्ता असफल

अण्डरवेयरको विज्ञापनले हंगामा, नायिका रश्मिकालाई प्रश्न, ‘पैसाका लागि जे पनि गर्ने ?’

अण्डरवेयरको विज्ञापनले हंगामा, नायिका रश्मिकालाई प्रश्न, ‘पैसाका लागि जे पनि गर्ने ?’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .