No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमाले शीर्ष नेता र प्रभु साह बीचको वार्ता असफल

नागरिकताको सवालमा मधेशको पक्ष अडिएका एकमात्र कम्युनिस्ट नेता प्रभु साह

gjlgo'Qm dGqL ;fx sf7df8f}F, !@ k''; M gjlgo'Qm ;x/L ljsf;dGqL k|e'' ;fx dGqfnodf cfOtaf/ cfˆgf] sfo{ef/ ;dfNg] qmddf ;~rf/sdL{;Fu ;+lIfKt s'/fsfgL ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा विहीबार राति पूर्व माओवादी नेता प्रभु साहसँग भएको वार्ता सहमतिमा नपुगी टुंगिएको छ । आफ्नो ८ बुँदे माग लिखित रुपमा सम्वोधन नभएसम्म विधान महाधिवेशनमा उपस्थित नहुने अडानबाट प्रभु साह टसको मस भएका छैनन् ।
बिहीबार राति अबेरसम्म एमाले मुख्यालयमा महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल लगायतको टोलीले पूर्वमन्त्री प्रभु साहसँग वार्ता गरेका थिए । छलफलका क्रममा एमाले नेताहरुले एउटा विज्ञप्तिमार्फत प्रभु साहको ८ बुँदे मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाउन तयार रहेको बताएका थिए । विज्ञप्ति जारी गरेपछि विधान महाधिवेशनमा साहले सहभागिता जानाउनुपर्ने एमाले नेताहरुले आग्रह गरेका थिए ।
प्रभु साहसँग भएको छलफलमा केहीबेर अर्का पूर्व माओवादी नेता लेखराज भट्ट पनि सहभागी भएका थिए । तर, भट्ट प्रभु साहलाई समर्थन नगरी भने ‘रिजर्भ’ मा बसेको सहभागी एक एमाले नेताले बताए ।
पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा प्रवेश गरेका प्रभु साह औपचारिकरुपमा केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । तर, उनी एमालेका बैठकहरूमा सहभागी हुने गरेका छैन । सहभागी भएका केही बैठकमा पनि उनले माइन्युटमा हस्ताक्षर नगरी हिँड्ने गरेका छन् । आजबाट सुरु हुने विधान अधिवेशनमा पनि आफ्ना ८ बुँदे मागहरु पूरा नभएसम्म साहले उपस्थित नहुने बताउँदै आएका छन् ।
विधान अधिवेशनमा साहलाई उपस्थित गराउनका लागि एमाले नेताहरुले साहलाई फकाउने प्रयास जारी राखेका छन् । यही क्रममा बिहीबार बिहान एमाले अध्यक्ष ओलीले साहलाई बालकोटमा बोलाएर छलफल गरेका थिए । चाँडै पार्टीको स्थायी कमिटी सदस्यमा समायोजन गर्ने ओलीले आश्वासन दिए पनि साहले व्यक्तिगत रुपमा नभएर पूर्व माओवादी समूहका सबै साथीहरुको समायोजन र सम्मान हुनुपर्ने बताएका थिए ।
बिहान अध्यक्ष ओलीसँग छलफल गरेपछि साँझ महासचिवको टोलीले साहसँग थप छलफल गरेको हो । छलफलमा क्रममा साहले एमालेमा आवद्ध भएका ‘पूर्व माओवादी समूह’ लाई समूहगत रुपमा सम्वोधन गरिनुपर्ने माग राखेका थिए भने एमाले महासचिव ईश्वर पोखरेलले त्यसरी ‘पूर्व माओवादी समूह’ भन्दा गुटबन्दीको अर्थ लाग्ने भन्दै त्यस्तो पदावली प्रयोग नगरी सहमति गरौं भनेका थिए ।
तर, ‘पूर्व माओवादी समूह’लाई मान्यता दिनै पर्ने साहले अडान राखेपछि वार्ता विना निश्कर्ष सकिएको स्रोतले बतायो । तथापि शुक्रबार बिहान अध्यक्ष ओलीसँग भेटेर थप छलफल गर्ने र शुक्रबार नै सहमति नभए आगामी दिनमा छलफल गर्दै जाने निष्कर्षसहित वार्ताबाट उठेको एक नेताले बताए ।
एमाले नेताहरुले पार्टीलाई मुखले ‘नेकपाकै निरन्तरता’ बताउने गरे पनि व्यवहारतः ०७५ जेठ २ अघिको एमालेकै अभ्यास गरिरहेको हुनाले आफूहरुमाथि गम्भीर धोका भएको पूर्वमन्त्री साहको गुनासो छ ।
‘पूर्व माओवादी’ का बेग्लाबेग्लै लाइन
नेकपा एमालेभित्र पूर्व माओवादी नेताहरुको उपस्थिति र हैसियतलाई लिएर विधान महाधिवेशनको मुखमा नयाँ बहस सुरु भएको छ । एमालेमा रहेका पूर्व माओवादी नेताहरुमध्ये रामबहादुर थापा बादल र लेखराज भट्ट पूर्णरुपमा केपी ओलीप्रति विलय भएका छन् ।
तर, प्रभु साहले भने अहिलेसम्म आफू एमाले हुन नसकेको र जबजलाई पनि स्वीकार गर्न नसकेको बताउँदै ओलीसँग अन्तरसंघर्ष सुरु गरेका छन् । अध्यक्ष ओलीसँग प्रभु साहले राखेका मागहरुमा नेकपाको निरन्तरता हुनुपर्ने, पूर्व माओवादीलाई पार्टीमा उचित सम्मानका साथ समायोजन गरिनुपर्ने, पूर्व माओवादीमाथि हुने भेदभाव हट्नुपर्ने, जबजको ठाउँमा जनताको जनवादलाई राजनीतिक कार्यदिशा बनाइनुपर्ने, महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन हुनुपर्ने र आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिइनुपर्ने साहको माग छ ।
पछिल्लो समय टोपबहादुर रायमाझी र मणि थापा पनि केपी ओलीसँग असन्तुष्ट देखिएका छन् । तर, लेखराज भट्ट भने ओलीसँग ‘टस्सल’ गर्दा आफ्नो राजनीति धरापमा पर्ने त्रासमा रहेको स्रोत बताउँछ ।
केन्द्रमा मात्रै नभएर प्रदेश तहमा पनि पूर्व माओवादीका नेताहरुमा असन्तुष्टि देखिन थालेको छ । विशेष गरी प्रदेश नम्बर २ मा पूर्व माओवादीका नेताहरु र पूर्वएमालेका नेताबीच खटपट देखिएको छ ।–रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
अण्डरवेयरको विज्ञापनले हंगामा, नायिका रश्मिकालाई प्रश्न, ‘पैसाका लागि जे पनि गर्ने ?’

अण्डरवेयरको विज्ञापनले हंगामा, नायिका रश्मिकालाई प्रश्न, ‘पैसाका लागि जे पनि गर्ने ?’

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

फ्रान्समा भेटिएका २३५ सुनका सिक्का १४ करोड बढीमा लिलाम

फ्रान्समा भेटिएका २३५ सुनका सिक्का १४ करोड बढीमा लिलाम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .