No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दुई दिनमै ३४ हजार यहुदीको हत्या भएको नरसंहार

दुई दिनमै ३४ हजार यहुदीको हत्या भएको नरसंहार

काठमाडौं । दोस्रो विश्वयुद्धभर युरोपका यहुदीविरुद्ध कहालीलाग्दा जातीय नरसंहारका घटना भए । यसैमध्ये एउटा डरलाग्दो जातीय नरसंहार युक्रेनको राजधानीस्थित बाबिन यारमा भएको थियो । ८० वर्षअघि भएको उक्त नरसंहारमा २ दिनभित्र झण्डै ३४ हजार यहुदीको हत्या गरिएको थियो ।

सोभियत युनियनविरुद्ध नाजी जर्मनीको सैन्य अभियानका क्रममा १९४१ सेप्टेम्बर २९ र ३० गते ३३ हजार ७७१ जना यहुदी बिना कारण मारिए । पूर्वी युरोपमा नाजीहरुले गरेको नरसंहारमा २० लाखभन्दा बढी यहुदीले ज्यान गुमाएको अनुमान गरिन्छ । नाजी फौजले गोली हानेर मारेका र खाल्डोमा पुरेका अधिकांश यहुदी युक्रेनका थिए । युक्रेनले अझै पनि विगतका ती डरलाग्दा अत्याचार कसरी स्मरण गर्ने भन्ने प्रश्नको उत्तर दिन खोजिरहेको छ ।

सन् १९४१ को सेप्टेम्बरमा त्यतिबेला सोभियत युनियनको भू-भाग रहेको यक्रेनी राजधानी किएभलाई नाजीहरुले कब्जा गरे । केही दिनभित्रै किएभका यहुदीलाई शहरबाहिर रहेको एउटा चौकीमा बोलाइयो ।

लाइन लागेर बसेका हजारौं यहुदीले आफूहरुलाई जर्मनी वा प्यालेस्टाइनमा पठाइने आशा गरेका थिए । तर नाजीहरुले उनीहरुलाई बाबिन यारमा लगेर सुनियोजित तरिकाले गोली हानेर हत्या गरिदिए । दुई दिनको अवधिमा ३४ हजार यहुदी मारिएका थिए । नाजीहरु पूर्वी युरोपका जुन स्थानमा गए, त्यहाँ बाबिन यारको बर्बरता दोहोर्‍याए ।

बाबिन यारको नरसंहार हुँदा इहोर याहेयब ५ वर्षका थिए । सो नरसंहारमा उनले ५ जना नजिकका आफन्त गुमाए जसमध्ये ३ जना साना बालबालिका थिए । कुराकानीका क्रममा उक्त घटना सम्झिँदा उनका आँखा रसाए ।

नरसंहार हुँदा लारिसा बहुतदिनोभा १ वर्षकी मात्रै थिइन् । उनलाई आमाले नाजीको प्रहरी चौकीमा लगेकी थिइन् । ‘आमाले अवस्था ठीक नभएको महसुस गर्नुभयो’, उनले विगतबारे कुरा गर्दै भनिन्, ‘प्रहरीले अन्तै हेरेको बेला उहाँले मलाई एक अपरिचित महिलाको हातमा सुम्पनु भयो र त्यसरी म घर आएँ । तर आमाबिनै ।’

पछि नाजीहरु पराजित भए तर सोभियत नेताहरुले कैयौं दशकसम्म उक्त यहुदी नरसंहारको सम्झना गर्ने वा स्मृति दिवस मनाउने अनुमित दिएनन् । इतिहासकार एन्द्री रुकास भन्छन्, ‘आधिकारिक विचारधाराले दोस्रो विश्वयुद्धमा सबै रुसी जनता पीडित भएको भन्दै एउटै एकीकृत सोभियत जनता भन्थ्यो । एउटा मात्रै समुदायको दु:खलाई जोड दिने कुरा विवेकपूर्ण र राम्रो मानिन्थेन ।’

बाबिन यारमा पहिलाको भन्दा निकै परिवर्तन भएको छ । उक्त क्षेत्र हाल बस्ती र जंगलले ढाकिएको छ । केही समयअघिसम्म ८० वर्ष पहिलाको नरसंहार कुन स्थानमा भएको थियो भनेर कसैले पनि भन्न सक्दैनथे । गत वर्ष एउटा टोलीले पुराना नक्सा र तस्बिर प्रयोग गरेर थ्रीडी मोडेल तयार पारेपछि नरसंहार भएको स्थान पत्ता लागेको छ ।

सेन्टर फर स्पासिएल टेक्नोलोजीका म्याक्सिम रोखम्यानिकोले यहुदीलाई गोली हानिएको स्थलमा एउटा अपार्टमेन्ट बनिसकेको बताए । यहुदीविरुद्ध जातीय नरसंहारको इतिहासमा महत्वपूर्ण मानिएको स्थललाई बेवास्ता गर्नु अनुचित भएको उनको भनाइ थियो ।

तर सामूहिक चिहानमाथि अपार्टमेन्ट बनेको भन्नेबारे आफूहरुले कुनै आधिकारिक प्रमाण फेला नपारेको र अनुमति लिएर अपार्टमेन्ट बनाएको निर्माण कम्पनीको भनाइ छ ।

बाबिन यारमा झैं युक्रेनका अन्य स्थानमा समेत यहुदीको जातीय नरसंहार गरिएको थियो । पूर्वी युरोपमा मात्रै २० देखि २५ लाख यहुदीको सामुहिक हत्या भएको अनुमान गरिन्छ ।

पुन: त्यस्ता घटना नदोहोरिऊन् भन्नका लागि पनि बाबिन यार नरसंहारको सम्झना गर्नुपर्ने इहोर याहेयबले बताए । उनले भने- ‘पुन: त्यस्तो घटना नदोहोरियोस् भन्नका लागि पनि सम्झना गर्नुपर्छ । बालबालिका, महिला र पुरुष र वृद्धवृद्धाहरुलाई यहुदी भएकै कारण मारिएका ती डरलाग्दा क्षणलाई स्मरण गरिरहनुपर्छ ।’

बीबीसीका लागि जोनाह फिसरले तयार पारेको रिपोर्टमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
खाडीबाट पैसामात्र होइन, मिर्गौला रोग बोकेर आउने धेरै छन् : डा. दिव्या सिंह

खाडीबाट पैसामात्र होइन, मिर्गौला रोग बोकेर आउने धेरै छन् : डा. दिव्या सिंह

चिनियाँ विदेशमन्त्री वाङ भन्छन्- नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौं

चिनियाँ विदेशमन्त्री वाङ भन्छन्- नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौं

संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण : ओली

संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण : ओली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .