No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारकाे निर्णयपछि पनि खुलेन्न नेपाल- भारत सिमा भारतीय पर्यटक आउन रोकिएपछि सीमावर्ती होटल व्यवसायी मर्कामा

सरकारकाे निर्णयपछि पनि खुलेन्न नेपाल- भारत सिमा भारतीय पर्यटक आउन रोकिएपछि सीमावर्ती होटल व्यवसायी मर्कामा

मोरङ । सरकारले गत मंगलबारदेखि सीमा नाका पूर्ण रूपमा खुला गर्ने भने पनि उक्त निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । सरकारी निर्णय कार्यान्वयन नहुँदा मालवाहक सवारी साधनबाहेकका गाडी नेपाल–भारत आउजाउ हुन सकेको छैन ।

विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालवाहक सवारीबाहेकका अरू साधन चलेका छैनन् । गाडी नचल्दा आफन्तको घर जान आउन नपाएको विराटनगरका मो. नसरुलले गुनासो
पोखे । फाटफुट मात्र चलेका सवारी ठूलो संख्याका यात्रुका लागि पर्याप्त छैन । स्थानीय प्रशासनले साउन २७ गतेबाट नै पैदल यात्रीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सीमा नाका खुला गरिसकेको छ । तर सुरक्षाकर्मीले साइकल पनि लिएर आउजाउ गर्न दिएको छैन ।

सीमामा खटिएका सुरक्षाकर्मीले माथिको आदेश भएकाले कुनै पनि किसिमको सवारीसाधन आउन जान नदिएको बताउँछन् । मोरङस्थित रानी, तरिगामा, रंगेली, आमतोला, दरैया, मटेरुवा, इस्लामपुरलगायत नाकाबाट लकडाउन भएदेखि कुनै पनि सवारीसाधन आउनजान सकेको छैन । जसले गर्दा सीमावर्ती सर्वसाधारण मर्कामा परेका छन् । सर्वसाधारणका साथै सबभन्दा बढी पर्यटन व्यवसायी समस्यामा परेका हुन् । विराटनगरका होटल व्यवसायी भविश श्रेष्ठले भारतीय पर्यटक खुला रूपमा नआएसम्म तराई क्षेत्रका होटल व्यवसाय उक्सिन गाह्रो हुने भएकाले सरकारले पूर्ण रूपमा सीमा नाका खोल्ने निर्णय तत्काल कार्यान्वयन गर्न माग गरे ।
होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले सरकारले सीमा नाका पूर्ण रूपमा खोल्ने निर्णय गरे पनि कार्यान्वयन नगरेकाले सर्वसाधारणका साथै तराई क्षेत्रका समग्र पर्यटन व्यवसाय मर्कामा परेको गुनासो पोखे । ‘अहिले ३५/४० प्रतिशत मात्रै होटल व्यवसाय चलेको छ,’ उनले भने, ‘भारतीय पर्यटक नआउन्जेल होटल व्यवसाय पूर्ण रूपमा सञ्चालन हुन सक्दैन ।’

अहिले पैदल आउनजान खुला गरिएको तर खर्च गर्न सक्ने र घुम्न आउने पर्यटक आफ्नै गाडी लिएर आउने गरेकोले त्यो व्यवस्था नहुञ्जेल होटेल व्यवसाय तंग्रिन नसकिने श्रेष्ठको भनाइ छ । नेपाल ट्राभल्स एन्ड टुर्स एसोसिएसन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले यहाँको पर्यटन व्यवसाय भारतीय पर्यटकमा आश्रित भएकाले भारतीयलाई स्वतन्त्र रूपमा आउने व्यवस्था सरकारले गर्नुको विकल्प नभएको बताए । उनले सरकारले पूर्ण रूपमा सीमा नाका खोल्ने गरेको निर्णय तत्काल कार्यान्वयन गरेर भारतीय पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्न माग गरे । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा नाका पूर्ण रूपमा खोल्ने सरकारको निर्णय प्रमाणीकरण भएर नआएको बताए । ‘सरकारले गरेको निर्णय कार्यान्वयनका लागि परिपत्र नआएसम्म पूर्ण रूपमा सीमा नाका खुला गर्न सकिँदैन,’ उनले भने, ‘सीमा नाका खोल्नु अगाडि सुरक्षा समितिको बैठक बसेर नाका व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेर अघि बढ्ने तयारीमा जुटेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
अपहरण गरेको भन्दै चारजनालाई मारेर तालिबानले शव चोकमा झुण्ड्यायो

अपहरण गरेको भन्दै चारजनालाई मारेर तालिबानले शव चोकमा झुण्ड्यायो

दुई दिनमै ३४ हजार यहुदीको हत्या भएको नरसंहार

दुई दिनमै ३४ हजार यहुदीको हत्या भएको नरसंहार

खाडीबाट पैसामात्र होइन, मिर्गौला रोग बोकेर आउने धेरै छन् : डा. दिव्या सिंह

खाडीबाट पैसामात्र होइन, मिर्गौला रोग बोकेर आउने धेरै छन् : डा. दिव्या सिंह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .