No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताए

भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताए

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा भारतको भूमिका र बृहत दृष्टिकोण प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघको प्रभावकारिता र विश्वसनीयतामाथि प्रश्न गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताउँदै प्रजातन्त्रतले डेलिभर गर्ने काम गरिरहेको उल्लेख गरेका छन्।

संयुक्त राष्ट्र संघको ७६ औं महासभामा २१ मिनेट बोलेका प्रधानमन्त्री मोदीको सन् २०१४ पछिको यो चौथो सम्बोधन हो। प्रधानमन्त्री मोदीले इण्डो प्यासिफिक क्षेत्रमा चीको बढ्दो प्रभाव र चीनले अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई अवमूल्यन गरेकासमेत बताएका छन्। विश्व बैंकलाई चीनले म्यानुपुलेट गरेकोसमेत उनले बताएका हु्न्।

विश्वले अहिले अतिवादी र बदलावको सोचबाट ग्रस्त भएको उल्लेख गर्दै विश्व समुदायले अफगानिस्तानलाई कसैले पनि कसैविरुद्ध प्रयोग गर्न नहुने सुनिश्चितता गरिनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्‍ने कुराको सुनिश्‍चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन्।

आफ्नो सम्बोधनका सुरुमा प्रधानमन्त्री मोदीले भने, ‘गत डेढ वर्षदेखि पूरा विश्‍व पछिल्लो सय वर्षयताकै सबैभन्दा ठूलो महामारीको सामना गरिरहेको छ। यस्तो भयंकर महामारीमा जीवन गुमाउने सबैप्रति श्रद्धाञ्‍जली र परिवारजनप्रति गहिरो समवेदना।’
उनले प्रजातान्त्र विविधताका लागि भएको उल्लेख गर्दै भारतमा विविधता भएको बताए।
उनले थपे, ‘म त्यो देशको प्रतिनिधित्व गरिरहेको छु, ‘जसलाई मदर अफ डेमोक्रसीको गौरवको प्रतिकको रुपमा मानिन्छ। जहाँ लोकतान्त्रिक परम्मपराको एक हजार वर्षभन्दा पुरानो इतिहास छ। १५ अगस्तमा भारतले आफ्नो स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको छ। हाम्रो विविधता, हाम्रो सशक्त लोकतन्त्रको पहिचान छ। जहाँ दर्जनौं भाषा छन् भने सयौं बोलिको लवज छ। रहनसहन, खानपानमा विविधता छ भने भाइब्रेन्ट डेमोक्रेसीको उदाहरण हो।’

उनले सबैभन्दा लामो समयसम्म गुजरातको मुख्यमन्त्री र पछिल्लो सात वर्षदेखि भारतको प्रधानमन्त्रीको रुपमा भारतीय जनताले आफूलाई सेवा गर्ने अवसर दिएको बताएका छन्।

भारतीयको प्रगतिले विश्‍वको विकासमा योगदान गरिरहेको पनि उनले बताएका छन्। उनले भने, ‘आज विश्‍वको हरेक छैटौं व्यक्ति भारतीय छ। जब भारतीयको प्रगति हुन्छ, तब विश्‍वको विकासले पनि गति लिन्छ। जब भारत सुध्रिन्छ, तब विश्‍व पनि सुध्रिने छ।’

मानवताप्रति आफ्नो दायित्वलाई पूरा गर्न भारतले विश्‍वभरका आवश्यकता महसुस गरेका मुलुकहरुमा फेरि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पनि उनले बताएका छन्। उनले खोप उत्पादकहरुलाई भारतमा आएर उत्पादन गर्न पनि आमन्त्रण गरेका छन्।

प्रतिगमनको सोचले ग्रस्त मुलुकले आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरिरहेको पनि बताएका छन्। उनले भने, ‘जुन मुलुकले आतंकवादाई राजनीतिक हतियार बनाएका छन्, ती मुलुकमा खतरा पनि त्यति नै ठूलो हुनेछ। अफगानिस्तानको माटोको प्रयोग आतंकवादी हमलाका लागि नभएको सुनिश्‍चित गरिनुपर्छ।’

उनले समुद्रहरु पनि साझा विरासत भएकोले समुद्री संसाधनको पनि सही प्रयोग गर्नुपर्ने बताए। उनले भने,’हाम्रा समुद्रहरु अन्तर्राष्ट्रिय व्यापारको जीवन रेखा हुन्। हामीलाई यिनलाई अलग गर्नेको दौडमा भन्दा पनि बचाएर राख्‍नुपर्छ। नियममा आधारित विश्‍व अर्डरलाई बलियो बनाउनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
दसैँका लागि झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिए

दसैँका लागि झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिए

काठमाडौंमा सीमा अतिक्रमणविरुद्ध चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

काठमाडौंमा सीमा अतिक्रमणविरुद्ध चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

ईस्लाम भनेको के यहि हो ; अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शन

ईस्लाम भनेको के यहि हो ; अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .