No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संघीय कर्मचारीलाई प्रदेशका कर्मचारीले कार्यालयमा थुनेपछि…

संघीय कर्मचारीलाई प्रदेशका कर्मचारीले कार्यालयमा थुनेपछि…

काठमाडौं । सिरहाको लहानस्थित संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिका ३ जना कर्मचारीलाई प्रदेश सरकारको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका कर्मचारीले करिब साँझ ५:३० बजेदेखि कार्यालयमै तालाबन्दी गरी थुनेका छन् ।

दुबै कार्यालयका कर्मचारीबीच स्रोत साधनको प्रयोगको विषयमा विवाद भएको छ । एउटै भवनमा दुबै कार्यालय छ । कार्यालयमा भएको समानहरु संघ र प्रदेशका कर्मचारीहरुले आफ्नो आफ्नो दाबी गरिरहेका छन् ।

केही दिनअघि प्रदेश सरकार मातहत रहेका भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका हाजी(हाइड्रोलोजिस्ट) पुष्पराज दाहाल सरुवा भएका थिए । उनले संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिको नाममा सम्पति रहेको भन्दै बरबुझारत समितिमै गरेर जानुपर्ने संघीय कर्मचारीले माग उठाएका छन् ।

दाहालले बरबुझारत संघीय अन्तर्गतको समितिमा नगरेपछि सरसमान भएको कोठामा संघीय सरकार कर्मचारीहरुले दिउँसो ताला लगाएका थिए । सोही कोठामा प्रदेशका कर्मचारीले पहिलेदेखि नै ताला लगाएकै थिए ।

सरसमान भएको कोठामा तालाबन्दी गरेपछि साँझ करिब ५ : ३० बजेदेखि संघीय सरकारको कर्मचारी हाइड्रोलोजिस्ट अर्पण पराजुली, नायब सुब्बा सुरेन्द्र पौडेल र कार्यालय सहयोगी मधुसुदन महतोलाई प्रदेशका कर्मचारीहरुले ताला लगाएर थुनेका छन् । प्रदेश सरकार नसिबलाल यादव, बैजनाथ पासमान, शम्भु चौधरी, मनोज गिरी, भगवानदत यादव, भगवती चौधरी, महन्थलाल श्रेष्ठलगायतले कार्यालय प्रमुख सुदर्शन अधिकारीको इसारामा आफूहरुलाई थुनेको नायब सुब्बा सुरेन्द्र पोडेलको आरोप छ ।

प्रदेश सरकारको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख सुदर्शन अधिकारीका अनुसार सम्पति सबै प्रदेश मातहत हस्तान्तरण भइसकेको छ । ‘कार्यालयमा हामी प्रमुखबीच कुनै विवाद छैन तर तल्ला तहका कर्मचारीबीच तछाडमछाड हुने गरेको छ’, उनले भने, ‘स्रोत साधन प्रयोगमा संघीय सरकारका केही कर्मचारी बदमासी गर्दै आइरहेका छन् ।’

पहिले उनीहरुले ताला लगाएपछि यताका कर्मचारीले ताला लगाएको उनले सुनाए । सिँचाइ कार्यालय पहिले एउटै थियो। देश संघीयतामा गएपछि यहाँ संघ र प्रदेशको दुई कार्यालय भयो । दुबै कार्यालय जिम्मा सुदर्शन अधिकारीले नै पाएका थिए । संघीय कार्यालयमा पहिले बजेट थिएन । कर्मचारी तलब खुबाउने कार्य हुन्थ्यो । गत असारमा बजेट आयो र त्यहाँ कार्यालय प्रमुखमा विश्वबन्धु केसी आए ।

विश्वबन्धु केसीका अनुसार कर्मचारीबीच विवाद भएर तालाबन्दी भएको छ । कार्यालय प्रमुख सुदर्शन अधिकारीसँग समन्वय तालाबन्दी खुलाउन भइरहेको उनले सुनाए। गाडी राख्ने विषयमा विवाद भएको उनले बताए । सम्पती सबै समितिकै नाममा रहेको र हस्तान्तरणको प्रक्रियामा गएको उनले जानकारी गराए ।
– शम्भु यादव, अन्नपूर्ण पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
चिनियाँ फोन नकिन्न र भएको फोन छिटो फाल्न सुझाव !

चिनियाँ फोन नकिन्न र भएको फोन छिटो फाल्न सुझाव !

बेलायतमा नेपाली दूतावासद्वारा घुम्ती सेवा सञ्चालन

बेलायतमा नेपाली दूतावासद्वारा घुम्ती सेवा सञ्चालन

धानको समर्थन मूल्य तोकियो, कुनको कति ?

धानको समर्थन मूल्य तोकियो, कुनको कति ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .