No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालको सान , कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री ठप्प

नेपालको सान , कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री ठप्प

नेपालगञ्ज । स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीनबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ। कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठूलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री नहुँदा विस्थापित भएको हो । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले कर्णालीको स्याउले जताततै बजार पाएको छ ।

कर्णालीका स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै कर्णालीकै स्याउ विक्री भइरहेको छ। भारत र चीनबाट भित्रिएका महँगो स्याउले बजार ओगटेको समयमै कर्णाली प्रदेशबाट ल्याइएको स्याउ कोहलपुर र नेपालगञ्जमा सस्तोमा पाउन थालेपछि अन्य स्याउको बिक्री बन्द भएको छ। भारतीय स्याउ प्रति किलो १५० देखि २५० रुपियाँ र चीनको स्याउ प्रतिकिलो १६० रुपियाँभन्दा बढीमा बिक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ बाँकेमा प्रतिकिलो ९०देखि १२० रुपियाँसम्ममा पाइन थालेपछि अरू स्याउ को बिक्री बन्द भएको व्यवसायीले जनाएका छन् ।

कर्णालीको जुम्ला र कालिकोटबाट ठुलो परिमाणमा स्याउ नेपालगञ्ज ल्याएर बिक्री सुरु गरिएकोले अन्य स्थानबाट ल्याइएका स्याउ बिक्री हुन छाडेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनु भयो । उहाँका अनुसार अहिले जताततै कर्णाली कै स्याउ बिक्री भइ रहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकोले कर्णालीको स्याउको माग अत्यधिक छ ।

यसैगरी फलफूलका अर्का थोक विक्रेता शमसेर मियाँले अहिले बजारमा जताततै कर्णाली कै स्याउको माग उच्च रहेकोले अरू स्याउको बिक्री बन्द भएको जनाउनुभयो । उहाँले सीमा पारिबाट आउने भारतीयहरूले समेत कर्णालीको स्याउ किनेर लग्ने गरेको बताउनु भयो । बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब ३ देखि ५ टनसम्म कर्णालीको स्याउ विक्री भइरहेको छ ।

सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीहरूले कर्णालीका स्याउ कोहलपुर र नेपालगञ्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुर र नेपालगञ्जमा निकै फस्टाएको छ।यस क्षेत्रमा कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्था मा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ । जुम्लाको स्याउ बजारमा आएपछि अरू सबै स्याउ हराएको स्थानीयले जनाएका छन् । खबरहाउसबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सांसद गंगा चौधरीको जीवनलिला : श्रीमानलाई पिए बनाएर ‘सौता’लाई दास बनाएको खुलाशा !

सांसद गंगा चौधरीको जीवनलिला : श्रीमानलाई पिए बनाएर ‘सौता’लाई दास बनाएको खुलाशा !

१ बर्ष अघि आमाको मृत्युको बदला ६ जनाको हत्या गरेर लिए लोकबहादुरले ! यहाँ बाट सुरु भएको रहेछ रिसिबी पुरा पढ्नुहोस.

१ बर्ष अघि आमाको मृत्युको बदला ६ जनाको हत्या गरेर लिए लोकबहादुरले ! यहाँ बाट सुरु भएको रहेछ रिसिबी पुरा पढ्नुहोस.

मिर्चैयाको पूर्व-पश्चिम राजमार्गमा खाल्डो नै खाल्डो , स्थानीयले गरे अवरुद्ध

मिर्चैयाको पूर्व-पश्चिम राजमार्गमा खाल्डो नै खाल्डो , स्थानीयले गरे अवरुद्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .