काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३२ हजार १ सय १२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ७ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २२ लाख ४९ हजार ९ सय पुगेको छ ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३ सय १ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड १४ लाख ४१ हजार २ सय ६० कोरोना संक्रमित निको भइसकेका छन् ।