No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘विवाह गरेकै दिन श्रीमान्‌ले बलात्कार गरे’


‘विवाह गरेकै दिन श्रीमान्‌ले बलात्कार गरे’

एजेन्सी –

काठमाडौं । इजिप्टका महिला यौनहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने बलात्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ ।

चेतावनीः यो लेखमा यौन हिंसाबारे कुरा गरिएको छ ।

३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई बलात्कार गरे । उक्त यौन हमलामा उनको गुप्ताङ्ग, नाडी र अनुहारमा चोट लाग्यो ।

उनी भन्छिन्, ‘म महिनावारी भइरहेकी थिएँ र म यौन सम्बन्धका लागि तयार थिइनँ । मेरा श्रीमानलाई लाग्यो कि म उनीसँग सम्बन्ध स्थापित नगर्न बहाना बनाइरहेकी छु । उनले ममाथि कुटपिट गरे, मेरो हात बाँधिदिएँ, मेरो मुख दबाए र बलात्कार गरे ।’

सामाजिक बदनामीको डरले सफाले आफ्ना श्रीमानविरुद्ध मुद्दा दर्ता गरिनन् ।

इजिप्टको समाज पितृसत्तात्मक छ र त्यहाँ पीडित महिलामाथि नै आरोप लगाइने संस्कृति छ ।

सफालाई त्यतिबेला यसविरुद्ध आवाज उठाउनुपर्छ जस्तो लाग्यो जब उनले टिभीमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलको एउटा दृश्य देखिन् । यसमा एक श्रीमानले आफ्नी श्रीमतीलाई बलात्कार गरिरहेको देखाइएको थियो ।

यो दृश्य देखेर ती महिलालाई आफूमाथि भएको उत्पीडनको याद ताजा भयो । यसले उनलाई यसबारे सोसल मिडियामा खुल्ला रुपमा कुरा गर्न र आफ्नो अनुभव साझा गर्ने मौका पनि दियो ।

केही हप्ताभित्रै सयौं महिलाले सोसल मिडियामा आफूमाथि भएको अत्याचारबारे लेखे । फेसबुकमा स्पीक अप नामबाट बनाइएको एउटा पेजमा सात सयभन्दा बढी महिलाले आफ्नो कुरा राखे ।

यीमध्ये २७ वर्षकी साना पनि थिइन् ।

‘विवाहको एक वर्षपछि म गर्भवती भएँ र मेरो सुत्केरी हुने समय नजिकिँदै थियो ।’

एक प्रचलित सामाजिक कुसंस्कारः

साना लेख्छिन्, ‘एउटा निकै साधारण कुरामा हामीबीच झगडा भयो र उनले मलाई सजाय दिने निश्चित थरे । उनले ममाथि जबरजस्ती गरे र बलात्कार गरे । मेरो गर्भपतन भयो ।’

सानाले सम्बन्धविच्छेदको लडाईं एक्लै लडिन् । अब उनी आफ्ना श्रीमानसँग होइन, एक्लै बस्छिन् । उनी आज पनि आफ्नो बच्चालाई सम्झेर रुन्छिन् ।

इजिप्टका थुप्रै इलाकामा श्रीमतीमाथि जबरजस्ती यौनसम्बन्ध स्थापित गर्नु, विशेषगरी विवाह भएको दिन, एउटा प्रचलित सामाजिक कुसंस्कार हो ।

यो मुद्दामाथि बहस त्यतिबेला थप तीब्र भयो जब एक चर्चित गायककी पूर्व श्रीमतीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरिन् ।

उनले रुँदै आफ्नो वैवाहिक जीवनमा भएको बलात्कारको कहानी सुनाइन् । यो भिडियो इजिप्टमा भाइरल भयो । यसबारे मिडियामा पनि लेख प्रकाशित भयो ।

श्रीमानले यसको जवाफमा इन्स्टाग्राममा नै एउटा भिडियो पोस्ट गरेर सबै आरोपलाई आधारहीन बताउँदै यसलाई खारेज गरिदिए ।

उनकी श्रीमतीले यसलाई अपराध घोषणा गर्नुपर्ने बताउँदै यसका लागि कानूनमा परिवर्तनको माग गरेकी छिन् ।

महिलाले अस्वीकार गर्नु– एउटा पाप

इजिप्टको सरकारी संस्था नेशनल काउन्सिल फर विमन (राष्ट्रि महिला परिषद्) का अनुसार वैवाहिक जीवनमा बलात्कार, जबर्जस्ती यौन सम्बन्ध स्थापित गरिनु र यौन उत्पीडनको वार्षिक औसत मामिला ६५०० हो ।

महिलाका लागि कानूनी मद्दत प्रदान गराउने संस्थामा कार्यरत रेदा दानबूकी भन्छिन्, ‘इजिप्टमा महिलालाई यौन सम्बन्धका लागि २४ सै घण्टा उपलब्ध मान्नु सामान्य संस्कृति हो । वैवाहिक बलात्कारका लागि यही धारणा जिम्मेवार छ ।’

उनी थप्छिन्, ‘इजिप्टमा आम धार्मिक धार्मिक मान्यता यो छ कि यदि कोही महिला आफ्ना श्रीमानसँग यौन सम्बन्ध स्थापित गर्न अस्वीकार गर्छिन् भने यसलाई पापको संज्ञा दिइन्छ ।’

यो मुद्दामा बहसको समाधानका लागि इजिप्टमा धार्मिक मामिलाको सर्वोच्च संस्था दारउल इफ्ताले भनेका छन्, ‘यदि कोही पुरुष आफ्नी श्रीमतीलाई यौन सम्बन्ध स्थापित गर्न बाध्य पार्नका लागि हिंसाको प्रयोग गर्छन् भने उनी अपराधी हुन् र महिला यसको विरुद्धमा अदालत जान सक्छन् र अपराधीलाई सजाय दिलाउन सक्छन् ।’

दानाबूकी भन्छन्, ‘विमेन सेन्टर फर गाइडेन्स एन्ड लिगल अवेयरनेसले पछिल्लो दुई वर्षमा वैवाहिक जीवनमा बलात्कारका २०० मामिला दर्ता गरेको छ जसमा धेरैजसो विवाह भएकै दिन भए । यसको कारण यौन प्रति डर थियो ।’

इजिप्टको कानूनअन्तर्गत वैवाहिक बलात्कार अपराध होइन । विश्व स्वास्थ्य संगठनले यसलाई यौन हिंसाकै एउटा रुप मान्छ । अदालतमा यसलाई प्रमाणित गर्न निकै मुश्किल हुने गर्छ ।

इजिप्टमा वैवाहिक बलात्कार जतिपनि मुद्दा अदालतसम्म पुग्छन् त्यसमा सजाय दिलाउन निकै मुश्किल हुने गर्छ ।

यसको कारण इजिप्टको दण्ड विधानको धारा ६० हो । यसमा भनिएको छ, ‘दण्ड संहिता ती मामिलामा लागू हुने छैन जुन राम्रो नियतले गरिए र जुन शरिया कानून अन्तर्गत सही छ ।’

तर दानाबूकीका अनुसार महिलाको शारीरिक परीक्षणले वैवाहिक बलात्कारलाई प्रमाणित गर्न सकिन्छ ।

उनी भन्छिन्, ‘महिलाको पूरा शरीरको परीक्षण गर्नुपर्छ र उनीमाथि कोपरेको वा बाहिरी चोट हेर्नुपर्छ । नाडी, अनुहारमा चोट पनि हेर्नुपर्छ ।’

इजिप्टमा परिवर्तन असाध्यै धेरै आउँछ । यहाँ अहिले पनि परम्परा र रुढिवादी मूल्य हावी छ । तर वैवाहिक बलात्कारका पीडित महिलाले आवाज उठाउन सुरु गरेका छन् ।

(सफा र सना परिवर्तित नाम हो । उनीहरुको पहिचान लुकाउनका लागि वास्तविक नाम प्रकाशित गरिएको छैन ।)

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post
जाँदाजाँदै ओलीले भने : मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो

एमालेको स्थायी समिति बैठक आज बस्दै

मूलधारमा राउटे !

मूलधारमा राउटे !

पुल बनाउँदाको भूल

पुल बनाउँदाको भूल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .