No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रभु साहमाथि ठगीको आरोप लगाउने दीपाको ब्ल्याकमेलिङ देखि युवती सप्लाईसम्मको धन्दा

प्रभु साहमाथि ठगीको आरोप लगाउने दीपाको ब्ल्याकमेलिङ देखि युवती सप्लाईसम्मको धन्दा

काठमाडौँ । प्रहरी वृत्त, बानेश्वरले पुर्वमन्त्री प्रभु साहको घरमा होहल्ला गर्न गएकी बाँसबारीकी दीपा केसी कुँवरलाई पक्राउ गरी ल्यायो।  कुवरले साहमाथि २० लाख लिएर फिर्ता नगरेको आरोप लगाईन ।

प्रहरीका अनुसार छोरालाई क्यान्डा पठाईदिने भन्दै ३० लाख लगेकोमा १० लाख फिर्ता गरेको र अरु पैसा फिर्ता गर्न बाँकी रहेको कुवरको भनाई छ। सामान्ययता यसरी भिभिआईमाथी आरोप लगाईसकेपछी सत्यतथ्यको अनुसन्धानको लागि प्रहरीले मुदा चलाउने चलन छ । तर, प्रहरीले कुनै अनुसन्धान नगरी सर्वोच्च अदालतका न्यायाधीश बम बहादुर श्रेष्ठको ठाडो आदेशमा ती महिलालाई हिरासतबाट मुक्त गर्यो।

उजुरी गर्ने ती महिला पनि चानचुने  होईनन् भने न्यायाधीशसङगको कनेक्सनले नै अनुमान गर्न सकिन्छ । उनको उठवस सरकारी कर्मचारी तथा सेना/प्रहरीका उच्च अधिकारीहरुसँग रहेको पाईएको छ ।

जानकारी अनुसार महिलाले पुर्व मन्त्री साहलाई पैसा दिएको आधार प्रमाण केहि फेला परेको छैन । उनले साहलाई ब्ल्याकमेल गर्न खोजेको र पैसाका लागि वार्गेनिङ्ग गरेको आशंकाहरु पनि गरिएको छ । उनले सोमवार नै साहलाई हायल–कायल वनाएर पैसा असुल गर्ने वातावरण वनाउन चाहेकी थिईन । सोहि योजना अनुसार महिला अधिकारकर्मीहरुसहित साहको निवासमा पुगेकी उनले निकै होहल्ला गरिन ।

उनको अस्वभाविक होहल्ला नरोकिएपछि पूर्वमन्त्री साहले प्रहरीलाई खवर गरेपछि प्रहरीले ती महिलालाई समातेर लगे । सर्वोच्च अदालतका न्यायाधीश बम कुमार श्रेष्ठले बानेश्वर प्रहरी वृत्तका डिएसपी मिन लामालाई फोन गरेर ती महिलालाई छाड्न दवाव दिएका थिए ।

न्यायाधिश वम तिनै ब्यक्ति हुन जसको इजलासवाट नेकपा विघटन गरी नेकपा एमाले र माओवादी ब्युँत्याउने अप्रत्याशित फैसला आएको थियो । सोहि प्रकरणका कारण विवादको शिखरमा पुगेका श्रेष्ठलाई पछिल्लो पटक संसद विघटनको मुद्दामा संवैधानिक ईजलासमा बस्न दिईएन । उनी संवैधानिक ईजलासबाट अपमानित भएर निस्किएका थिए ।

पछिल्लो पटक पूर्वमन्त्री साह विरुद्ध प्रचण्डले महिलाको प्रयोग षडयन्त्र गरेकोको र त्यसमा न्यायाधीश बमले अनावश्यक चासो देखाएको भन्दै चौतर्फी आलोचना र विरोध हुन थालेको छ । वानेश्वर प्रहरीका डिएसपी मिन लामाले पनि घुमाउरो पारामा न्यायाधिसको दवाव परेको स्विकार गरे । ‘मँ न्यायाधिस हुँ भनेर त कसैले पनि फोन गर्नु भएको छैन, मैले सवैको नम्वर सेभ गरेर राख्न पनि सम्भव छैन’ उनले भने–‘तर, त्यो केसलाई हेर्दिनु पर्यो है भन्दै धेरै जनाले फोन गर्नु भएको छ। फोन गर्नु आफनो ठाउँमा छ, कानुनी प्रकिया आफनो ठाउँमा छ।

कारवाहीको भागिदार बन्नुपर्ने महिलाले उल्टै उजुरी पेश गरेपछि प्रहरी पनि अचम्ममा परे । ती महिलाले उजुरी पेश गरेपनि पैसा दिएको कुनै पनि आधार प्रमाण नरहेको वताएका लामाले भने–‘हामी बुझ्नेर् चरणमा छौँ । बाँकी कुरा कानुन बमोजिम हुन्छ ।’ महिलाले भनेको पुष्ट नभए ती महिलामाथि नै मुद्दा चल्ने प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

को हुन त आफुलाई बाबुराम भट्टराईको गर्लफ्रेन्ड बताउने दिपा केसी ?

बामपन्थी नेता प्रभु साह शहरी विकास मन्त्री हुँदा दिपा केसी नियुक्ति, सरुवा लगायतका काम गराउन मन्त्रालयमा जाने गरेकी थिइन् । मन्त्रालयमा गएर अस्वभाविक कुराहरु गर्दा मन्त्रालयका कर्मचारीहरुले केही दिनसम्म त वेवास्ता नै गरिरहे । तर हरेक ठाउँमा गएर दलाली गर्ने गरेको कुरा पुष्टि भएपछि मन्त्रालय प्रशासनले प्रहरीलाई खबर गरेपछि ती महिलालाई ब्ल्याक लिस्टेड गरी प्रहरी सिंहदरबारमा प्रवेश नै निशेष गरेको थियो र अहिलेसम्म उनलाई सिंहदरबार प्रवेश गर्न दिइएको छैन ।

सिंहदरबार जान नपाएपछि हराएकी ती महिला एकाएक सोमवार प्रकट भईन् प्रभु साहको निवासमा । त्यो पनि अरुको षडयन्त्रमा झुटो आरोप लगाउन । अनि ती महिलाको विगत खोज्दा उनी जुनसुकै नेताहरुसँग यस्तै ढंगले पैसा असुल्न हिड्दै गरेकी प्रहरी स्रोतको आन्तरिक रिपोर्ट छ ।

उनी आफुलाई डाक्टर बाबुराम भट्टराईको गर्लफ्रेन्ड बताउदै हिड्ने गरेकी रहिछन् । कुनै समय भट्टराई पनि यीनै दीपाका कारण बदनाम भएको विगत छ । भट्टराई पत्नी हिसिला यमी र आफुलाई भट्टराईकी प्रेमिका वताउने दीपा केसी कुँवरका कारण भट्टराई वद्नामीको शिखरमा पुगे । दीपाको घर परिवारमा हुने भोजभतेर, विवाह, पास्नीलगायतका कार्यक्रममा वावुरामको उपस्थिती देखिनु, दीपासँग पत्निसरह खिचिएको फोटो सार्वजनिक हुनु, दुई विचमा अन्य कुनै नातासम्वन्ध प्रमाणित नहुनु र दीपा स्वयम्ले ‘गर्लफ्रेण्ड’ भन्दै प्रचार गर्नुले आम मानिसलाई वावुरामप्रतिको आस्था कायम रहन सकेन ।

प्रसंग यतिमा मात्र सिमित छैन, दीपाको कृयाकलाप र भट्टराईको मौनताले उनीमाथि लाग्ने आरोपलाई पुष्टि गर्न अझै मलजल गर्यो । दीपाले भट्टराईलाई पनि ब्ल्याकमेल गरेर ‘चुँ’ सम्म वोल्न नदिएको र त्यसको फाईदा उठाएको वताईन्छ । महाराजगञ्ज र वुढानिलकण्ठमा घर भएकी दीपामाथि चरित्रहिनको आरोप लाग्दै आएको थियो । राजधानी नजिकै पर्ने साङले खोलास्थित साङला गाविसमा जन्मेकी दीपाको पहिलो विवाह दक्षिणकाली तिरका एक युवकसँग भएको थियो।

श्रोत भन्छ– उनले पहिलो श्रीमानलाई छोडेर महाराजगञ्जका विमल केसीसँग विवाह गरिन । श्रीमानको सोझोपनको फाइदा उठाउँदै उनले सरकारी उच्च पदस्थ निजामति कर्मचारी र सेना÷प्रहरीहरूसँग हिमचिम वढाईन । यस क्रममा उनले युवतीहरू सप्लाई गर्ने पेशा नै सुरु गरेको उनका नजिकका आफन्तहरुले नै आरोप लगाए । महाराजगञ्ज प्रहरी बृतमा नयाँ आउने जो–कोही प्रमुखसँग पनि उनको सम्वन्ध घनिष्ठ हुन्थ्यो ।

०६७ साल माघ ५ गते आत्महत्या गरेका भनिएका नेपाल प्रहरीका डीएसपी कञ्चन थापासँग पनि दीपाको सम्बन्ध जोडेर हेर्ने गरिएको छ। स्रोतका अनुसार मृतक डिएसपी थापाकी प्रेमिका खोपकुमारी अधिकारीलाई दीपाले सम्बन्ध गाँस्न पठाएकी थिइन्। यो काण्डलाई तत्कालिन महाराजगञ्ज बृतका डीएसपी दिपक थापाले गुपचुप पारेको बृत्तकै प्रहरीहरू बताउँछन्।

खोपकुमारीलाई प्रहरीले अनुसन्धानको घेरामा राखी छानविन अगाडि बढाएपनि दीपालाई तत्कालिन महाराजगञ्जका बृत प्रमुख दीपक थापाले बचाएका थिए। २४ वर्षिया खोपकुमारीलाई प्रहरीले अनुसन्धानका क्रममा विशिष्ठ ‘कल गर्ल’ भएको र उनको समूहमा २० देखी २५ जनासम्म युवती रहेको पत्ता लगाएको थियो। उक्त कल गर्लको समूहमा को–को थिए भन्ने प्रहरीले तत्काल सार्वजनिक गरेन तर ठूला घरानीयाँका छोरी, बुहारी रहेको प्रतिक्रिया दिएको थियो । उनीहरूको सम्बन्ध प्रहरीका उच्च हाकिम, राजनीतिक नेता तथा बाहलवाला प्रधानमन्त्री तथा मन्त्रीहरूसम्म रहेको बताएको थियो।

दीपाले मृतक डिएसपी थापालाई चिनजान गराएकी खोपकुमारीको सम्बन्ध कर्नाटक राज्यका पूर्व मूख्यमन्त्री सुरेन्द्रसिंह राठौरसँग समेत भएको र राठौरसँग करणी गर्दै गरेको अश्लिल तस्विर र भिडियो समेत अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको थियो। खोपकुमारीकै कारण डिएसपी कञ्चन थापाले कन्चटमा गोली हानी आत्महत्या गरेको प्रचार गरिए पनि त्यो हत्या थियो वा आत्महत्या के थियो? भन्ने अझै बाहिर आएको छैन।

खोपकुमारीले पटक–पटक गरी कर्नाटकका मुख्यमन्त्री राठौरसँग लिएको पैसाले नेपालटार हिले टोलमा तीन तले घर र ४० लाख बैंक व्यालेन्स भएको प्रहरीले त्यतिवेलै सार्वजनिक गरेको थियो। खोपकुमारीको जस्तै करोडौं अवैध सम्पत्ति दीपासँग पनि छ। कुनै पेशा, व्यापार र व्यवसाय नभएकी दीपाको यतिविघ्न सम्पत्ति र बुढानिलकण्ठस्थित सुविधा सम्पन्न घर कहाँवाट आयो भन्ने विषयमा कुरा उठेकै हो । तर, उनको उठवस र भिआईपीहरुसँगको सम्वन्धका कारण कसैले औला उठाउने हिम्मत गर्न सकेनन् ।

यसै क्रममा उनको नाम एकाएक प्रधानमन्त्री बाबुराम भट्टराईसँग जोडियो । त्यसपछि त उनको वारेमा अनुसन्धान हुनु भन्दा उनले नै प्रहरी÷प्रशासनलाई आदेश दिने, मुद्दामामिलामा हस्तक्षेप गर्ने र रकम संकलन गर्ने काम सुरु गरिन् । लेनदेनको मुद्दामा हनुमानढोका प्रहरीको हिरासतमा रहेकी संगीता राणा श्रेष्ठको मुद्दा मिलाइदिन्छु भन्दै ६ लाख रुपैयाँ असुलेको प्रहरीले नै सार्वजनिक गरे ।

दीपाले त्यो मुद्दा मिलाउन भन्दै एउटा राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशकलाई खुसी पार्नुपर्छ भन्दै संगिताकी छोरीलाई पनि यौन कृयाकलापमा संलग्न गराउन खोजेको आरोप लाग्यो । प्रहरी, कर्मचारी, नेता र न्यायाधीसहरुले उनलाई बिसकन्याको रुपमा व्याख्या गर्न थालेका छन। उनीदेखि सबै डराउने गर्छन। जोसँग उनको नाम जोडिन्छ, सबै बदनाम हुन्छन्।

दीपाले अपहरण, ठगी, जवर्जस्ती असुलीलगायतका आपराधिक मुद्दामा फसेका व्यक्तिहरूसँग मुद्धा मिलाइदिने भन्दै असुल्ने गरेकी थिईन । ३० फागुन ०६९ भट्टराई प्रधानमन्त्रीवाट हटेसँग दीपाको चर्चा केही सेलाएको थियो । तर, उनले पुरानो धन्दा अझै छोडेकी छैनन् । अहिले पनि उनले भिआईपीहरुलाई युवतीहरु सप्लाई गर्ने काम जारी नै राखेको श्रोतको दावी छ ।

अहिले तीनै दीपा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको षडयन्त्रको तहत पुर्वमन्त्री साहको चरित्र हत्या गर्ने उद्देश्य बोकी उनीमाथि आरोप लगाएको दीपा निकटकै श्रोतले जनाएको छ। राजनीतिक रुपमा प्रभु साह प्रचण्ड र माओवादी पार्टी प्रति आक्रामक भएपछि प्रचण्डले साहको चरित्र हत्याको योजना बनाएर दीपालाई परिचालन गरेका हुन् । यसको संयोजन भने भरतपुरकी मेयर प्रचण्डपुत्री रेणु दाहालले गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
‘विप्लव’लाई प्रचण्डको चुनौती : शास्त्रार्थ गरौं, तपाईंहरुले जिते पछि लाग्न तयार छु

प्रचण्डले बनाएको डुङ्गा अब डुब्ने खतरामा

नेपालको राजनीतिक प्रक्रिया कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने काम अहिले अदालतले नै गर्नु पर्ने स्थिती

नेपालको राजनीतिक प्रक्रिया कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने काम अहिले अदालतले नै गर्नु पर्ने स्थिती

लिमीको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका ५ हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन

लिमीको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका ५ हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .