No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लिमीको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका ५ हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन

लिमीको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका ५ हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन

हुम्ला । चीनसँग जोडिएको सिमाना लिमी लाप्चा क्षेत्रको ललुङजोङमा नेपाली भूभागमा कब्जा गरी चीनले एकतर्फी रुपमा भवन निर्माण गरेर नेपाली भूमि अतिक्रमण गरेको विवाद बाहिर आएको १० महिनापछि कर्णाली प्रदेश सरकारले विवादित सीमास्थलको स्थलगत निरीक्षण गरेको छ ।

शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सत्ता साझेदार दल नेपाली कांग्रेस कर्णाली प्रदेश सभाका संसदीय दलका नेता जीवनबहादुर शाही र प्रदेश सभा सांसद बिमला केसीलाई लिएर नाम्खा गाउँपालिका ६ लिमीको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका ५ हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् ।

तत्कालीन कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले गत असोजमा ललुङजोङ, हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन गरी चीनले नेपाली भूमि मिचेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रदेश सरकारले ढिलै भए पनि औपचारिक रुपमा उत्तरी क्षेत्रको वस्तुस्थितिबारे स्थलगत निरीक्षण गरेर प्रदेश भित्रको भूमिको रक्षार्थ पहल शुरु गरेको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता शाहीले बताए ।

नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको जनाउँदै उनले अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर कुटनितिक तबरल समस्या समाधानका लागि गत असोजमै संघीय र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको बताए ।

शनिबार उक्त क्षेत्रको स्थलगत निरिक्षण पछि बोल्दै मुख्यमन्त्री शाहीले संघीय सरकारसँग सीमाको विषयमा कुरा गर्ने र ललुङजोङ, हिल्सा र किटमा क्षेत्रमा दुई देशबीचको सीमा विवादको कुरो भएकाले संघीय सरकारमार्फत छलफलको विषय बनाइनु आवश्यक रहेको बताए ।

गत कार्तिक २२ गते विवादित सीमास्थलको स्थलतगत निरीक्षण गर्न हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडेर सामान्य घाइते भएपछि विवादित सीमा स्थलको निरीक्षण नै नगरी फर्किएको थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई लिएर पुनः सीमास्थलको निरीक्षण गर्न शुक्रबार बेलुका कैलाश हेलीको हेलिकप्टरमा सिमकोट पुगेका हुन् ।

मुख्यमन्त्री शाहीको टोलीले लाप्चामा रहेको १२ नम्बर सीमा स्तम्भ, हिल्सामा रहेको ९(१), ८(१), ७(१), ६(१), ५(१) र ५(२) नम्बर सीमा स्तम्भको समेत निरीक्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
नेपाल टेलिकमको सर्भरबाट डेटा चोरी गरी बिक्री गर्दै चिनियाँ ह्याकर

नेपाल टेलिकमको सर्भरबाट डेटा चोरी गरी बिक्री गर्दै चिनियाँ ह्याकर

भारतमा अलकायदाका दुई आतंकवादी पक्राउ, नेपालमा पनि बढ्यो सुरक्षा चुनौती

भारतमा अलकायदाका दुई आतंकवादी पक्राउ, नेपालमा पनि बढ्यो सुरक्षा चुनौती

ऋणदाता बनी कब्जा गर्ने दक्षिण एसियामा चिनको शक्ति विस्तार

ऋणदाता बनी कब्जा गर्ने दक्षिण एसियामा चिनको शक्ति विस्तार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .