No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल टेलिकमको सेवा प्रयोग गर्नेलाई कसरी दिइँदैछ सेयर ?

नेपाल टेलिकमको सेवा प्रयोग गर्नेलाई कसरी दिइँदैछ सेयर ?

काठमाडौं । सरकारी सेवाप्रदायक नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को स्वामित्व र प्रतिफलमा अब सेवाग्राहीको पहुँच विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा कम्पनीका मोवाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत शेयर विनिवेश गरिने उल्लेख छ ।

हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुषमसान्तसम्म थप हुने ग्राहकले समेत शेयर खरिदमा सहभागी हुनसक्ने व्यवस्था मिलाइने बजेटमा भनिएको छ ।

कम्पनीको शेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र शेयर मूल्यको विवरण आगामी  २०७८ असोज मसान्तभित्र तय गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

टेलिकमका महाप्रवन्धक डिल्लीराम अधिकारीका अनुसार अब सरकारी स्वामित्वको २२ प्रतिशत सेयर टेलिमका ग्राहकलाई नै दिन लागिएको बताउँछन् । उनका अनुसार यसका लागि अर्थमन्त्रालयको निजीकरण समितिले मापदण्ड, प्रक्रिया र कार्यपद्धतिबारे निर्णय गर्नेछ । त्यसकै आधार कसरी स्वामित्व हस्तान्तरण हुने भन्ने तय हुनेछ ।

अहिले टेलिकममा ९२ प्रतिशत सरकारको सेयर छ । ८ प्रतिशत सेयर सर्वसधारणसँग छ । सरकारको सेयर स्वामित्वलाई ७० प्रतिशतमा झार्ने गरी स्वामित्व र प्रतिफलमा नयाँ मोडालिटी प्रस्ताव भएको उनको भनाइ छ ।

‘टेलिकमका सेवा प्रयोग गर्दा निश्चित प्रतिशत रकम सेयर विनिवेशका लागि काटिने छ, सरकारले तोकेको प्रतिसेयर बराबर उपभोक्ताबाट रकम काटिएपछि सेयर ग्राहककै हुन्छ,’ उनी भन्छन्,’यसो गर्दा कम्पनीको सेवा उपयोग दर पनि बढ्न सक्छ भने उपयोग गरेबापत जनताले कम्पनीको स्वामित्व पनि पाउँछन् ।’

सेयर स्वामित्वअनुसार वार्षिक रुपमा टेलिकमले ग्राहकलाई लाभांश दिनेछ । अहिले यस्तो लाभांश सेयर धनी र सरकारले मात्रै पाइरहेको छ ।

यदि घोषणाअनुसार २०७८ असोजसम्म विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी २०७८ असोज मसान्तभित्र भएमा दुई वर्षभित्र नै सर्वसधारणले सेवा उपयोगबापतको लाभांश पनि पाउनसक्ने कम्पनीले जनाएको छ ।

अर्थसचिव शिशिर ढुंगानाले सरकारले जनतालाई नै सावंजनिक संस्थानको सेयर स्वामित्व र प्रतिफल दिन यस्तो घोषणा गरिएको बताउँछन् । ‘यो जनतालाई लाभ हुने गरी गर्न खोजिएको हो,’ उनले भने,’जसले सरकारी सेवा उपयोग गरेको छ, त्यसबाट उसलाई स्वामित्व पनि दिने र भविष्यमा प्रतिफल पनि दिने हाम्रो योजना हो ।’

कस्तो छ वित्तीय अवस्था ?

यो वर्ष नेपाल टेलिकमको ग्राहकबाट सोझै प्राप्त हुने आम्दानी सुध्रिएको छ ।तर, खुद नाफा भने घटेको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरणअनुसार तेस्रो त्रैमास (माघ-चैत) मा मात्र कम्पनीले ग्राहकबाट ९ अर्ब ७२ करोड रुपैयाँ आय गरेको थियो ।

गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ग्राहकबाट हुने टेलिकमको आम्दानी ८ अर्ब ७९ करोडमा खुम्चिएको थियो । तेस्रो त्रैमासमा मात्र टेलिमकको नाफा करिब एक अर्ब रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्म (साउन-चैत) टेलिकमको ग्राहक आम्दानी २७ अर्ब ४५ करोड रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिमा २६ अर्ब ८३ करोड रुपैयाँ थियो । ग्राहकबाहेक टेलिकमले ब्याज तथा अन्य बिक्रीबाट समेत आम्दानी गर्छ । जसलाई विवरणमा अन्य आम्दानी शीर्षकमा राखिन्छ ।

अन्य आम्दानीसहित नौ महिनामा  टेलिकमको कूल आम्दानीले ३१ अर्ब ६७ करोड रुपैयाँ कमाएको छ । गत आवको समीक्षा अवधिमा टेलिकमको कूल आम्दानी ३२ अर्ब २७ करोड रुपैयाँ थियो ।

महामारीकाबीच पनि ग्राहक आम्दानी बढाएको भएपनि टेलिकमको खुद नाफा बढ्न सकेको छैन । नौ महिनासम्म टेलिकमको खुद नाफा पाँच अर्ब ८८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको चैतसम्म ७ अर्ब ५६ करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको थियो । तर, ०७५ साउनदेखि ०७६ असारसम्मको टेलिकमको आय ४३ अर्ब ८३ करोड ९० लाख थियो।

प्रयोगकर्ताले भ्वाइस कलको सट्टा ‘ओभर दी टप’ (ओटीटी) सेवा प्रयोग गर्दा टेलिकमको आम्दनी खुम्चँदो छ । त्यसबाहेक महामारीमा पनि कम्पनीले विभिन्न छुट सुविधा दिनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
विप्लव भन्छन्– पार्टीले मलाई २० हजार तलब दिन्छ

विप्लव भन्छन्– पार्टीले मलाई २० हजार तलब दिन्छ

उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, रातिमा निर्माण सामग्रीका गाडी चल्ने

उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, रातिमा निर्माण सामग्रीका गाडी चल्ने

रेशम चौधरीका बुवा भन्छन्- छोरा छुट्ने आशा पलायो

रेशम चौधरीका बुवा भन्छन्- छोरा छुट्ने आशा पलायो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .