No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रेशम चौधरीका बुवा भन्छन्- छोरा छुट्ने आशा पलायो

रेशम चौधरीका बुवा भन्छन्- छोरा छुट्ने आशा पलायो

धनगढी । सरकार र थारु कल्याणकारिणी सभाबीच मंगलबार भएको ६ बुँदे सहमतिपछि टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको परिवार खुसी भएको छ । कैलाली क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरीका बुवा लालवीरले उक्त सहमतिलाई सकारात्मक भनेका छन् ।

अब रेशम चाँडै जेलमुक्त भएर फर्किने आशा समेत पलाएको उनले प्रतिक्रिया दिए । ‘राज्यले गरिरहेको प्रयासलाई हामीले सकारात्मक रुपले लिएका छौं,’ लालवीरले भने, ‘यो कदमलाई हेर्दा हामीलाई आशा छ ढिलो, चाँडो राज्यले रेशमलाई रिहा गर्छ नै । अहिले नै मुक्त भइहाल्यो भन्ने छैन ।’

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको थियो । उक्त घटना अधिकार प्राप्तिको आन्दोलन भए पनि कानूनी प्रक्रियामा अगाडि बढेको भन्दै लालवीरले राज्यले राजनीतिक ढंगले सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रशासनले तत्कालीन समयमा एकलौटी हिसाबले मुद्दा अगाडि बढाएकाले  अहिलेको अवस्था सिर्जना भएको बताउँदै उनले टीकापुर घटना राजनीतिक भएको जनाए । तर कानूनी प्रक्रियामा गइसकेकाले कानूनको सम्मान गर्दै संवैधानिक र कानूनी तबरबाटै मुद्दालाई किनारा लगाउनुपर्ने उनी बताउँछन् ।

‘खासमा यो राजनीतिक मुद्दा हो तर व्यक्तिगत रुपमा जेल हालिएको छ,’ चौधरीले भन्छन्, ‘सरकारले राजनीतिक मुद्दा हो भनिसकेपछि अदालत पनि सोच्न बाध्य होला नि । जातीय हिसाबले जानु हुँदैन भन्ने हाम्रो चिन्ता हो ।’

सरकार र थारु कल्याणकारिणी सभाबीच मंगलबार टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको थियो ।

६ बुँदे सहमति पत्रमा थरुहट÷थारुवान आन्दोलनका क्रममा ज्यान गुमाइ राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने उल्लेख छ ।

टीकापुर घटनाको मुख्य योजनाकार मानिएका चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको थियो । तर चौधरी घटना भएकै बेलादेखि भूमिगत थिए ।

भूमिगत भएकै अवस्थामा २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनले सोही वर्षको फागुनमा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।

चौधरी पुर्पक्षका लागि कारागारमै रहेको अवस्थामा २०७५ सालको फागुन २२ गते जिल्ला अदालतले चौधरीसहितका ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध चौधरीले पुनरावेदन गरेपनि उच्च अदालत दिपायलले गत २ पुसमा रेशमको हकमा जिल्लाकै फैसला सदर गरेको थियो भने तीन वर्ष कैद सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाएको थियो । सो फैसलापछि नेता लक्ष्मण थारु भूमिगत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

Next Post
पेट्रोलियम पदार्थमा उपभोक्ताको ढाड सेक्ने कर, भाँडा माझ्ने मेसिनमा छुट !

पेट्रोलियम पदार्थमा उपभोक्ताको ढाड सेक्ने कर, भाँडा माझ्ने मेसिनमा छुट !

हिमालको पानी विदेशमा बेच्ने योजना : चर्चाका लागि घोषणा ?

हिमालको पानी विदेशमा बेच्ने योजना : चर्चाका लागि घोषणा ?

चिकित्सक तथा नर्सलाई क्रिटिकल केयर सम्बन्धी तालिम

चिकित्सक तथा नर्सलाई क्रिटिकल केयर सम्बन्धी तालिम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .