No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’

मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले नेकपा माओवादी केन्द्रको पछि लागेर हिँडेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मधेस मुद्दा सम्बोधनका लागि सकारात्मक वार्ता अगाडि बढिरहेका बेला भने यादव ओलीसँगको व्यक्तिगत इगो राखेर माओवादी केन्द्र र कांग्रसको सरकार बनाउने पक्षमा छन् । जबकी विगतमा माओवादी केन्द्रले नै मधेसलाई ठग्ने काम गरेको तथ्यहरुले देखाउँछ । माओवादी केन्द्र र कांग्रेसको सरकारमा गृहमन्त्री पाउने लोभ उपेन्द्रलाई छ । मुद्दा टुंग्याउने भन्दा पनि कसरी सत्तामा जाने र राम्रो मन्त्रालय लिने ध्याउन्नमा उनी छन् ।

यस्तो बेला माओवादी केन्द्रले कसरी पटक पटक मधेसलाई धोका दियो भन्ने हेर्नुपर्दछ । सर्वप्रथम त रेशम चौधरीकै मुद्दाको कुरा गरौं । सांसद पदमा निर्वाचित भइसकेपछि पदको सपथ लिइसकेपछि उनलाई अदालतले दोषी ठहर गर्यो । जबकी जसपाले सुरु देखि नै रिहाइको माग गरिरहेको थियो । मुद्दा फिर्ताको माग गरिरहेको थियो । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट न्यायाधीशहरुले रेशमलाई जन्मकैद सजाय सुनाए ।

उच्च अदालत दिपायलका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । यी दुबै न्यायाधीश प्रचण्ड निकट हुन् । भाषणमा मधेससँग लभ परेको भन्ने प्रचण्ड वास्तविकतामा भने हेट गर्दै आएको यो घटनाले पुष्टि हुन्छ । आफू संकटमा पर्दा मधेस सम्झिने प्रचण्डले आफू सत्तामा हुँदा पावरमा हुँदा कुनै पहल गरेनन् । उल्टै अवरोध गरे । हुँदाहुँदा मधेसी थारुको छोरालाई जेल हाल्न लाग्दा पनि चुप रहेर समर्थन जनाए । भाषणमा उनले पटक पटक रेशम चौधरी छोड्नुपर्छ नभनेका होइनन् तर छोड्ने बेला सिन्को भाचेनन् । मधेसलाई धोका दिए ।

त्यसैगरी प्रचण्डले मधेसलाई दोस्रो पटक धोका दिए । मधेसवादी दलसँग मिलेर मधेसका एजेण्डा बोकेर माओवादी अध्यक्ष प्रचण्डले ३० दलीय मोर्चाको नेतृत्व लिए । केही समय आन्दोलन पनि गरे । अन्तत सत्ता गएर मधेसलाई अलपत्र पारे । एजेण्डा पनि बिर्सिए । सरकारमा गएर पनि केही गरेनन् ।

त्यसैगरी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले मधेसलाई सम्बोधन गर्नेगरी ल्याएको संविधान संशोधन प्रस्तावको पनि विरोध गरयो । मधेसको मुल एजेण्डा मानिने संशोधनमै प्रहार गरेर माओवादीले धोका दियो । यसरी पटक पटक धोका दिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सत्ता सहकार्यका लागि मरिहत्ते गरिरहेका उपेन्द्र यादवको छटपटि रहस्यमयी छ ।

उनी मधेसका मुद्दा सम्बोधन चाहन्छ कि प्रचण्डजस्तै बाधक बनिरहेका छन् भन्ने प्रश्न उठेको छ । त्यहीँ मुद्दालाई बोकेर पटक पटक सत्ताको रसपान गरेका उपेन्द्रले मुद्दा टुंगिन नदिने र त्यसलाई भर्याङ बनाएर सत्तामा चिप्किरहने रणनीति हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?

म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?

कसले चोर्यो गोलबजार नगरपालिकाको कम्प्युटर ?

कसले चोर्यो गोलबजार नगरपालिकाको कम्प्युटर ?

उद्योगी किशोर प्रधान एमालेमा, २३५ व्यवसायी प्रवेश गरेको दावी

उद्योगी किशोर प्रधान एमालेमा, २३५ व्यवसायी प्रवेश गरेको दावी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .