No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ग्रामीण भेगमा स्वरोजगार उद्यमी जन्माउँदै ‘समृद्धि’

ग्रामीण भेगमा स्वरोजगार उद्यमी जन्माउँदै ‘समृद्धि’

काठमाडौं । तीन वटा प्रदेशका १६ जिल्लामा कुल १३ हजार ५ सय उद्यमी जन्माउने लक्ष्यसहित सुरु भएको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना -समृद्धि)मा युवाहरुको आकर्षण देखिएको छ । ७ वर्षे कार्यान्वयन अवधि रहेको समृद्धि आयोजनामा अहिले कुल २२ हजार वटा व्यवसायिक प्रस्ताव प्राप्त भइसकेका छन् ।

यसबाट आयोजनाले ४ हजार प्रस्ताव छनोट गरिसकेको छ । बाँकि प्रस्तावसमेत मूल्यांकनको चरणमा रहेको आयोजनाका व्यवसायिक विकास विज्ञ राकेशकुमार झाले जानकारी दिए । नेपाल सरकार, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष -आईफाड)बीच डिसेम्बर २०१५ मा समृद्धि आयोजना कार्यान्वयनबारे सम्झौता भएको थियो । यो आयोजना डिसेम्बर २०२२ मा पुरा हुनेछ ।

आयोजनासँग नेपाल उद्योग वाणिज्य महासंघ, अन्तर्राटि्रय आप्रवासन संस्था, हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालसहितका निकायले समेत सहकार्य गरेका छन् । गरिबी न्यूनिकरण तथा दीगो शान्ति हासिल गर्न रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालित आयोजना बागमती प्रदेशको सिन्धुली, प्रदेश नं २ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौटहत र बारा तथा प्रदेश नं १ को मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ र उदयपुरमा विस्तार भएको छ ।

सुस्त सुरुआत

आयोजनाको शुरुवात भने सुस्त भयो । व्यवसायिक विकास विज्ञ राकेश कुमार झाका अनुसार सम्झौता भएकै वर्ष नेपालमा आएको विनासकारी भूकम्पका कारण यो वर्ष आयोजनाले गति लिन सकेन । त्यसपछि मुलुक स्थानीय, प्रदेश तथा संघीय तहको निर्वाचनमा होमियो ।

यसले पनि समृद्धि आयोजनालाई कार्यान्वयनमा लैजान भने अवरोध गर्‍यो । निर्वाचनको माहौल सकिएपछि मात्र समृद्धि आयोजना कार्यान्वयनको चरणमा पुगेको हो ।

आयोजनाको कार्यान्वयन नोभेम्बर २०१७ बाट प्रारम्भ भएको हो । सम्झौता पछिको दुई वर्ष प्रारम्भिक चरणमै खर्च भएको छ । त्यसयता भने आयोजनाले गति दिएको उनी बताउँछन् ।आयोजनाको लक्ष्य

कार्यान्वयन शुरु भएको ५ वर्ष भित्र कम्तिमा १ लाख २५ हजार घरधुरीलाई विभिन्न माध्यमबाट लाभान्वित गराउने लक्ष्य आयोजनाले लिएको छ । सोही अनुसार ग्रामिण भेगमा युवा तथा महिलाको उत्साहजक सहभागिता समेत देखिएको झा बताउँछन् ।

खासगरी आफुले गर्न सक्ने कामको आफै प्रस्ताव पेश गर्ने लघु तथा मझौला उद्यममा यो आयोजनाले क्षमता विकाससहित सहजिकरणको काम समेत गर्दै आएको छ । व्यवसायिक विकास विज्ञ झाका अनुसार यो अवधिभित्र ८ सय ५ गरिबीको रेखामुनी रहेका घरधुरीलाई उद्यम व्यवसायमा लगाउने लक्ष्य रहेको छ ।

यस समूहमा ३३५ महिला रहने छन् भने अन्य युवा, आप्रवासी तथा वैदेशिक रोजगारबाट फर्केर आएपनि सामाजिक बहिष्कारमा परेका नागरिकलाई राखिएको छ । आयोजनाले ५७ हजार जनालाई आपूर्ति श्रृङ्खलाको विकासका लागि क्लस्टर सवलीकरणमा लगाउने र त्यहाँबाट १३ हजार ५ सय उद्यमी जन्माउने लक्ष्य तोकिएको छ ।

उनीहरुलाई लघु तथा मझौला उद्यम सञ्चालनमा योग्य बनाउने झाले बताए । उनका अनुसार सोहीअनुसार ५ हजार प्रस्ताव छनोट समेत भइसकेका छन् । ३० हजार जनालाई सीपमुलक तालिम दिई रोजगारीमा लगाउने लक्ष्य छ । यसमा जिल्ला उद्योग वाणिज्य संघहरुसँग सहकार्य गरी जनशक्ति आपूर्तिको व्यवस्था निरन्तर भइरहेको झा बताउँछन् ।

यो अवधिमा वित्तीय साक्षरता बढाउन स्थानीय स्तरमा सञ्चालित वित्तीय संस्था तथा सहकारीबाट साक्षरताका कार्यक्रम संचालनमा ल्याएको आयोजनाले जनाएको छ । स्वदेशमा सम्भावना भएपनि एकपटक विदेश पुग्नै पर्ने नेपाली समाजको फेसन बनेको छ ।

यस्ता युवालाई समेत आप्रवासन स्रोत केन्द्र र सूचना कक्षमार्फत सूचना, परामर्श र अभिमुखिकरण प्रदान गरिने झाले बताए । उनका अनुसार वैदेशिक रोजगारीमा जाँदा ठगिमा परेका युवालाई रेस्क्यू गरी ३ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति पीडकको पक्षबाट भराउने कामसमेत आयोजनाबाट भइसकेको उनले जानकारी दिए ।बजार र रोजगारीको खोजी

समृद्धि आयोजनाको एक सरोकारवाला निकाय नेपाल उद्योग वाणिज्य महासंघ पनि हो । जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा समृद्धिले उद्यमीलाई बजारको सुनिश्चितता र रोजगारी खोजीमा सहयोग गर्ने गरेको छ ।

१६ जिल्लाका ८ वटा उद्यम सेवा केन्द्रबाट यस्तो सेवा प्रदान गरिएको समृद्धिले जनाएको छ । यो आयोजना अन्तर्गत क्षेत्रगत विकास कोष र समृद्धि कोषजस्ता अनुदान कार्यक्रमबाट आपूर्ति ऋङ्खलाको विकास गरी आयोजनामा स्थानीय तहभन्दा बाहिरको बजारसम्म सेवा बिस्तार गरिएको छ । यसमा खासगरी नागरिकले सम्भावित उद्यम गर्दा बजारको कमी हुन नदिने वातावरण बनाउन समेत समृद्धिले भूमिका खेलेको बताइएको छ ।

यस कार्यक्रम संचालनमा रहेका २ वटा प्रदेश तथा २८ वटा जिल्ला/नगर उद्योग वाणिज्य संघको क्षमता अभिवृद्धिमा समेत समृद्धिले कार्यक्रम संचालनमा ल्याएको छ । उता, रोजगारी र श्रमको विकासमा भने हेल्भेटास स्वीस इन्टरनेसनलले सहयोग गरिरहेको छ ।

यसअन्तर्गत श्रम बजारको माग बमोजिमको व्यवसायिक सीपमुलक तालीम तथा औद्योगिक प्रशिक्षार्थी तालीम प्रदान गर्ने गरिएको छ । सुलभ कर्जामा

समृद्धिले आफुले विकास गरेका उद्यमीलाई शुरुवाती पूँजि उपलब्ध गराउन विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्छ ।

यसमा सुलभ कर्जाका लागि साना विकास विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले सहकार्य गरेका छन् ।

पछिल्लो समय कोरोना भाइरसका कारण स्वेदशमै रोजगारी गरिरहेका तर संकटमा परेका उद्यमीलाई राहत दिनेगरी कार्यक्रम अगाडी बढाइएको विज्ञ झाले बताए ।

ढिला कार्यान्वयन

यो आयोजना सम्झौताको समयमा कुल ६८.१५ मिलियन अमेरिकी डलर -करीव साढे ७ अर्ब) बराबरको हो । तर, कार्यान्वयनमा भएको ढिलाईसँगै आयोजनाको बजेटमा समेत भारी कटौती भएको छ । अहिले २३.२३ मिलियन अमेरिकी डलर -२ अर्ब ७१ करोड रुपैयाँ) हाराहारी मात्र बजेट रहेको छ ।

यो बजेटको समेत अहिलेसम्म ४० प्रतिशत खर्च भइसकेको छ । सन् २०२२ भित्र बाँकी ६० प्रतिशत बजेट खर्च गरिसक्ने योजना आयोजनाको छ ।  आयोजनाको बजेट मार्च २०२० मा आइफाडले संशोधन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post
माधव समूहको निष्कर्ष : एमालेको एकता ओलीकै भूमिकामा निर्भर

माधव समूहको निष्कर्ष : एमालेको एकता ओलीकै भूमिकामा निर्भर

विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू

विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू

शुकरातका भनाइहरू : अरूले सिकाउँदैन, पहिले आफूले आफैँलाई चिन्नुपर्छ

शुकरातका भनाइहरू : अरूले सिकाउँदैन, पहिले आफूले आफैँलाई चिन्नुपर्छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...