No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’

‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै हो भन्ने फैसला हुन्छ । यसमा एक इन्चपनि शंका गर्नु पर्दैन’ उनले अघि भने ।

के प्रचण्डले भने जस्तो निर्वाचन आयोगले नेकपाको आधिकारिता विवादमा निर्णय गर्दैछ त ?

आयोग स्रोतका अनुसार नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव समूहले २० माघमा दिएको निवेदनबारे छलफल भइरहेको छ । पछिल्लो दुई दिनयता तीन विकल्पमा लगातार छलफल भइरहेको छ, तर आयुक्तहरु कुनै टुंगोमा पुगेका छैनन् ।

पहिलो : हद म्याद नाघेकाले तामेलीमा राख्ने ।

दोस्रो : विवादमा प्रवेश गर्ने र बहुमत–अल्पमत हरेर आधिकारिकताको टुंगो लगाउने ।

तेस्रो : विवादमा प्रवेश गर्ने, तर सहमतिका लागि आग्रह गर्ने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित नेकपाको दुबै समूह आफ्नो निर्णय अध्यावधिक गरिदिन माग गर्दै आयोग पुगेका थिए । ओली समूहले विधान संशोधन गर्दै केन्द्रीय कमिटी विस्तार गरेको थियो भने प्रचण्ड–माधव समूहले ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो । तर आयोगले ११ माघमा दुबै पक्षको दाबी अस्वीकार गर्‍यो र ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दियो ।

त्यसपछि मात्र प्रचण्ड–माधव समूह २० माघमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोग गएको थियो । तर दफा ४४ को १ अनुसार विवाद भएको ३० दिनभित्र आधिकारिकताको दाबी आयोगमा पेश गर्नुपर्ने हुन्छ । यही हदम्याद नाघेका कारण देखाएर प्रचण्ड–माधव समूहको निवेदन तामेलीमा राख्ने पहिलो विकल्पमा छलफल भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको ओली समूहको दबाव पनि यही छ ।

आयोग स्रोतका अनुसार अर्को विकल्प आयोगले माघ ११ मा गरेको निर्णयको प्रतिउत्तरमा निवेदन आएकाले विवादमा प्रवेश गर्ने र निर्णय दिने छ । यो विकल्पमा गयो भने ऐनअनुसारका प्रक्रिया पूरा गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जसको बहुमत छ, त्यसलाई नै आधिकारिकता दिनेछ ।

अर्को विकल्प भने विवादमा प्रवेश गर्ने, तर अल्पमत बहुमत हेरेर कुनै एउटा पक्षलाई वैधानिकता नदिने छ । आयोग स्रोतले भन्यो, ‘यो विकल्पमा ऐनको दफा ४४ अनुसार विवादमा प्रवेश गरेर दुबै पक्षलाई बोलाएर मिल्न अनुरोध गरिनेछ ।’

आयोगमाथि प्रधानमन्त्री ओलीको दबाव र प्रभावमा परेर नेकपाको आधिकारिकता विवाद अड्काएको आरोप पनि लाग्ने गरेको छ । तर प्रचण्ड-माधव समूहका नेताहरुले भने आयोगले आफूहरुलाई बैधानिकता दिने दाबी गर्छन् । एक नेता भन्छन्, ‘हामी संवैधानिक आयोगमाथि अविश्वास गर्दैनौं, तर कुनै कारण हद म्याद नाघेको भनेर निवेदनलाई तामेलीमा राखियो भने हामीसँग अदालतमा जानुबाहेक अर्को विकल्प रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
स्थानीयको ३५ प्रतिशत जग्गा लिएर उपत्यकामा तीन स्मार्ट सिटी

स्थानीयको ३५ प्रतिशत जग्गा लिएर उपत्यकामा तीन स्मार्ट सिटी

साइबर ब्युरोको नक्कली पेज बनाउने पक्राउ

विप्लव समूहका सर्लाही महोत्तरी इन्चार्ज पक्राउ

म्यानमारमा सुकीमाथि चलाइयो नयाँ मुद्दा

म्यानमारमा सुकीमाथि चलाइयो नयाँ मुद्दा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .