No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसद ब्युँतिए पनि जागेनन् सांसदहरु

संसद ब्युँतिए पनि जागेनन् सांसदहरु

काठमाडौं । सरकारले पुस ५ गते गरेको संसद विघटन सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएपछि संसदीय कामकारबाही सञ्चालनको बाटो खुलेको छ ।

सरकारले सर्वोच्चको आदेश अनुसार संसद अधिवेशन आह्वान नगरे पनि संसदीय समितिहरु क्रियाशील हुन सक्छन् । तर सर्वोच्चको आदेश आएको ३ दिन भइसक्दा पनि संसदीय समितिहरु अन्योलमै देखिएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘११ गतेपछि संसदीय समितिलाई बैठक राख्न खुला भयो । समितिमा (बाँकी) भएका र क्षेत्राधिकारका जुनसुकै विषयमा छलफल चलाउन सक्छन् ।’ तर, सांसदहरु जागिनसकेको प्रवक्ता पाण्डे स्वीकार्छन् ।

पुस ५ गतेअघिसम्म प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको समयमा गरेको स्वास्थ्य सामग्री खरिदको विषयमा छलफल गरिरहेको थियो । पहिले ओम्नी कम्पनी र पछि नेपाली सेनाले गरेको स्वास्थ्य सामग्री खरिदको विषयमा समितिले चासो राखेको छ । विभिन्न निकायका बेरुजु लगायतका विषय पनि समितिमा विचाराधीन छन् ।

तर, लेखा समितिले यी विषयमा छलफल तत्काल सुरु गर्ने सोच बनाएको छैन । ‘रोकिएका काम अब सुरु हुन्छन् । बैठक नै राख्ने सन्दर्भमा सभापति भरत शाहले समिति सदस्यहरुसंग छलफल गर्दै हुनुहुन्छ’ लेखा समितिका सचिवसमेत रहेका संसद सचिवालयका प्रवक्ता पाण्डेले भने ।

राज्य व्यवस्था तथा सुशासन समितिले पनि तत्काल बैठक राख्ने सोच बनाएको छैन । ‘पोलिटिकल सिनारियो क्लियर भएपछि बैठक राख्छु’ सभापति शशी श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

सरकारले संसद विघटनको समयमा संसदीय सुनुवाई समिति क्रियाशील नभएको मौका पारेर विभिन्न संवैधानिक निकायमा संसदीय सुनुवाइबिनै ३८ जनालाई नियुक्ति गरिसकेको छ । यो विषयमा छलफल चलाउने क्षेत्राधिकार राज्य व्यवस्था तथा सुशासन समितिको छ । समितिले सरकारलाई बोलाएर सोध्न र विज्ञसँग राय लिन सक्छ । तर, समितिले अहिलेको राजनीतिक परिस्थिति नबदिएसम्म बैठक नराख्ने सोचमा सभापति श्रेष्ठ छिन् ।

धेरै समितिले बैठक राख्ने विषयमा चासो नै दिएका छैनन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल अहिलेको समयमा समितिको बैठक राख्न मिल्ने कि नमिल्नेबारे बुझ्न बाँकी नै रहेको बताइन् । ‘तत्काल कुनै बैठक सुरु हुँदैनन् । त्यो पनि मिल्ने नमिल्ने बुझ्नै बाँकी छ’ खरेलले भनिन् ।

प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक दलहरु शक्ति प्रदर्शनमा उत्रिए । आम नागरिकको ध्यान राजनीतिमै केन्द्रित भयो । यो बेलामा व्यवसायीले उपभोग्य वस्तुको भाउ बढाएको उपभोक्ताको गुनासो छ ।

यो विषय हेर्नुपर्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव पनि बैठक राख्ने कि नराख्ने अन्योलमा छन् । ‘धेरै ग्याप भयो, माननीयजीहरुलाई बोलाएर छलफल गर्छौं, विषय के कस्ता (विषय) हुन्छ तय गर्छौं’ उनले भने ।

अधिवेशन आह्वानको प्रतीक्षा

८ महिनायता नयाँ बानेश्वरस्थित संसद भवन सुनसान छ । तर, संसद भवनमा अब राजनीतिक चलखेलदेखि आम जनताका कुरा सुन्ने र सुनाउने क्रम सुरु हुने धेरैको अपेक्षा छ ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेर १३ दिनभित्र बैठक बोलाउन भनेपछि अब सरकारले कहलिे अधिवेशन बोलाउँछ भन्ने प्रतीक्षा छ । अधिवेशन सुरु भएपछि मिनी संसद पनि सोही अनुसार सक्रिय हुने केही सांसदहरुले बताउँछन् ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण गत वर्षको हिउँदे अधिवेशन प्रभावित भएको थियो । वर्षे अधिवेशन पनि बजेट पारित भएको केही दिनमै असार १८ गते सरकारले अन्त्य गरिदिएको थियो ।

त्यसपछि अधिवेशन स्थगित भएको १३ दिन बाँकी हुँदा सरकारले विघटन गरिदिएको थियो । सर्वोच्च अदालतबाट १३ दिनभित्र बोलाउने गरी आदेश भएपछि संघीय संसद सचिवालय तयारीमा जुटेको छ ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका कार्य सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम

बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम

कार्बन उत्सर्जन कटौतीबापत नेपाललाई ५ अर्ब

कार्बन उत्सर्जन कटौतीबापत नेपाललाई ५ अर्ब

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .