No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रचण्ड माधव समूहले खोज्यो अन्तर्राष्ट्रिय समर्थन

प्रचण्ड माधव समूहले खोज्यो अन्तर्राष्ट्रिय समर्थन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको शीर्ष नेताहरुले बताए ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । र, भोलि काठमाडौंमा आमसभा गर्दैछ । त्यसको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताएका छन् ।

नेपालमा लोकतन्त्रको हत्या भइरहेको भन्दै प्रचण्डले अघि भने, ‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौं । अलग–अलग भेटेर कुरा गरेका छौं ।’ अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्ने उनले सुनाए ।

बदर गरे के ? सदर गरे के ?

छलफलका क्रममा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन ।’

उनले अघि भने, ‘जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।’

प्रचण्डले प्रधानमन्त्री निकट मानिसहरुले ‘सेटिङ भइसकेको छ, सर्वोच्च र निर्वाचन आयोगले हामीले भनेअनुसार नै निर्णय गर्छ’ भनेर तलसम्म प्रचार गरेपनि त्यस्तो हुँदैन भन्ने विश्वास व्यक्त गरे । उनले अघि भने, ‘सर्वोच्च अदालत, निर्वाचन आयोग संवैधानिक व्यवस्थाअनुसार आफ्नो काम स्वतन्त्र ढंगले गर्छन् भन्ने हाम्रो विश्वास छ ।’

‘यदि सेटिङ नै हो रहेछ भन्ने गरी निर्णय भयो भने के गर्नुहुन्छ भन्ने प्रश्न हो भने हामी गम्भीर ढंगले सोच्छौं । त्यो निर्वाचनलाई सहज ढंगले लिनसक्ने स्थिति हुँदैन । हामीलाई नैतिक र राजनीतिक ढंगले पनि निकै ठूलो प्रश्न खडा हुन्छ’ प्रचण्डले भने ।

आफूहरु निर्वाचन विरोधी नभएको भन्दै उनले शान्तिपूर्ण प्रतिस्पर्धा, आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकामा आफूहरुको प्रतिवद्धता रहेको र शान्ति सम्झौतापछि पटकपटक निर्वाचनमा सहभागी भएर त्यसलाई सावित गरिसकेको उनले बताए ।

एक/डेढ वर्षपछि आम निर्वाचन हुने भएकाले आफूहरुले तयारी गरिसकेको भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी निर्वाचनबाट भाग्ने वा निर्वाचन विरोधी हुनै सक्दैन । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले जबर्जस्ती निर्वाचन भनियो भने हामीले जे मुद्दा बनाएर सडकमा छौं, त्यतिबेला असंवैधानिक र अलोकतान्त्रिक निर्वाचनबारे गम्भीर रुपमा विचार गर्नैपर्छ ।’

यद्यपि ओलीले निर्वाचन गराउन खोजेका हुन् भन्ने आफूहरुलाई नलागेको उनले दाबी गरे । ‘अब त वैशाखमा चुनाव हुन सक्दैन भन्ने लगभग पुष्टि भइसक्यो’ प्रचण्डले अघि भने, ‘अदालतमा चलेको बहस तपाईहरुले हेर्नुभएकै छ, निर्वाचन आयोगको काम पनि देख्नु भएको छ, दलहरुको पनि …। त्यसकारण यदि प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश कदमलाई सदर गरियो नेपाल निक्कै ठूलो राजनीतिक भूमरीमा पर्छ ।’

आफूहरुको प्रयास भने लोकतन्त्र र संविधान ट्यांकमा रहिराखोस् भन्ने नै रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
माघ ३० गते सार्वजनिक विदा

माघ ३० गते सार्वजनिक विदा

प्रदेश २ का अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई स्थायी गर्न मुख्यमन्त्री राउतलाई ज्ञापन

प्रदेश २ का अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई स्थायी गर्न मुख्यमन्त्री राउतलाई ज्ञापन

बैंकसँगको सम्झौता अवधि सकिएपछि प्रदेश २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’अभियान बन्द

बैंकसँगको सम्झौता अवधि सकिएपछि प्रदेश २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’अभियान बन्द

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...