No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना प्रभावित ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा

कोरोना प्रभावित ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा

 काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका उद्योग-व्यवसायहरु मध्ये ५४ प्रतिशत सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अर्थतन्त्रमा परेकोमा प्रभावका विषयमा गरेको ‘फलोअप सर्वेक्षण’ ले कोरोनाका कारण समस्यामा परेका मध्ये ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएको देखाएको हो ।

अझै ४६ प्रतिशत भने उद्योग व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । राष्ट्र बैंकले यसअघि जेठ-असारलाई आधार मान्दै सर्वेक्षण गरेको थियो । त्यसबेला पूर्णं क्षमतामा चल्ने उद्योग व्यवसायरुहरुको संख्या ४ प्रतिशतमात्रै रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

त्यो चार प्रतिशत संख्या बढेर अहिले ५४ पुगेको उनले बताए । उनका अनुसार अर्थतन्त्र समग्रमा ५० प्रतिशत पुनर्उत्थान भएको छ । बाँकी ५० प्रतिशत पुनर्उत्थान हुन बाँकी रहेको छ ।

‘जेठ-असारको तुलनामा अहिले धेरै नै सुधार भएको छ, तर अझै सुधार हुन पनि बाँकी रहेको छ’ उनले भने, ‘धेरै प्रभाव परेको होटल व्यवसाय क्षेत्रमा पनि राम्रै सुधार भएको छ ।’

प्रवक्ता भट्टका अनुसार अहिले कोरोनाका कारण बन्द भएका होटल व्यवसायहरु मध्ये २९ प्रतिशत सञ्चालनमा आएका छन् । यसअघिको सर्वेक्षणमा एक प्रतिशत हाराहारीमा मात्रै होटल व्यवसाय सञ्चालनमा थिए ।

उत्पादन कारोबारमा पनि राम्रै वृद्धि भएको उनले बताए । जेठ-असारमा गरिएको सर्वेक्षणमा उद्योग व्यवसायहरुको उत्पादन कारोबार २९ प्रतिशतमात्रै थियो । अहिले यो बढेर ५० प्रतिशत पुगेको उनले बताए । कोरोनाका कारण जागिर गुमाएकाहरु पनि धेरैले जागिर पाएको अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदन अनुसार त्यसबेला कुल कर्मचारीको ७७ प्रतिशतमात्रै काममा थिए । बाँकी २३ प्रतिशतलाई उद्योग व्यवसायको रोजगारीबाट निकालिएको थियो । अहिले ८७ प्रतिशत श्रमिक काममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक अनुसन्धान विभागका प्रमुख समेत रहेको प्रवक्ता भट्टले दिएको जानकारीअनुसार यस अघिको सर्वेक्षणमा ६७४ वटा सबै क्षेत्रका उद्योग व्यवसायहरु सहभागी थिए । अहिले गरिएको सर्वेक्षणमा भने ६०४ उद्योग व्यवसायहरु सहभागी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
चिनियाँ ठेकदारका आयोजनाहरुमा एक वर्षदेखि काम ठप्प

चिनियाँ ठेकदारका आयोजनाहरुमा एक वर्षदेखि काम ठप्प

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

संसद विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै

लाइसेन्स निकाल्न नयाँ प्रावधान आउँदै, अब सहजै ट्राइल पास गर्न सकिने

लाइसेन्स निकाल्न नयाँ प्रावधान आउँदै, अब सहजै ट्राइल पास गर्न सकिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .