No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रिय बिमा कम्पनीमा चरम बेथिति : न साधारणसभा न लेखा परीक्षण

राष्ट्रिय बिमा कम्पनीमा चरम बेथिति : न साधारणसभा न लेखा परीक्षण

काठमाडौं । सरकारी लगानी रहेको राष्ट्रिय बिमा कम्पनी सरकारकै निर्देशनहरुलाई समेत अटेर गर्दै चरम अपारदर्शीरुपमा सञ्चालन भइरहेको पाइएको छ । कम्पनीले ८ वर्षदेखि वार्षिक साधारणसभा गरेको छैन भने लेखापरीक्षण प्रतिवेदनसमेत पेस गर्न सकेको छैन ।

कम्पनीको नेतृत्व अहिले नेपाल सरकारकै कर्मचारी डिल्ली अर्यालले सम्हालेका छन् । उनलाई तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त गरेका थिए । अर्थमन्त्रीको आशीर्वादले कम्पनीको सीईओको कुर्सीमा पुगेका अर्याल आफ्नो जिम्मेवारीमा चुकिरहेका छन् ।

हरेक कम्पनीहरुले प्रत्यक वर्ष पुस मसान्तभित्रै साधारणसभा गर्नैपर्ने नियम छ । नगरे कारबाही हुन्छ । तर यो बिमा कम्पनीले ८ वर्षसम्म साधारसभा नगर्दा पनि कुनै कारवाही भोग्नु परेको छैन । आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पेस गर्नु पर्ने समयमा आर्थिक वर्ष २०६९/७० कै लेखा परीक्षण यो कम्पनीले गराएको छैन ।

यस कम्पनीले कोरोना बिमाको भुक्तानीमा पनि लापरबाही गरिरहेको छ । सरकारी कर्मचारीहरुको बिमा गर्ने जिम्मा पाएको कम्पनीले अपूर्ण कागजातहरु बुझ्ने गरेको छ भने बुझेका कागजातहरु पनि अव्यवस्थित तरिकाले पुल म्योनजर शिखर एन्स्योरेन्समा बुझाएको छ ।

सरकारकै निर्देशन पनि यो कम्पनीले टेर्दैन । अर्थमन्त्रालयको मातहत रहेको बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले यस कम्पनीलाई ७ दिनभित्र आर्थिक वर्ष २०६९/७० को लेखा परीक्षण प्रतिवेदन पेस गर्न गत २ गते निर्देशन दिएको थियो । तर कम्पनीले वेवास्ता गरेको छ ।

‘सुधार्ने प्रयत्नमा छौं’

अर्थमन्त्रालयको संस्थान वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सहसचिव झक्कप्रसाद आचार्य कम्पनीमा पुरानो वेथितिहरु धेरै रहेको बताउँछन् । नयाँ आउनेहरुले पनि अलि ध्यान नदिएर काम गरेको हो कि जस्तो देखिएको उनको भनाइ छ ।

पुराना खर्चको हिसाबकिताब, बिल भर्पाई केही नराखेको कारण पनि समस्या भएको सहसचिव आचार्यले बताए ।

‘अस्ति एक वर्षको (आर्थिक वर्ष २०६८/६९) वित्तीय विवरण पास भएको छ, अर्को वर्ष (२०६९/७०) विवरण ७ दिनभित्र पेस गर्न भनेका छौं, त्यो पनि टेरेको छैन,’ बिमा समितिका सञ्चालकसमेत रहेका सहसचिव आचार्य भन्छन्, ‘सकेसम्म हामी सुधार्ने प्रयत्नमै छौं, मुख्य कुरा त लेखापरीक्षणमै समस्या छ ।’

लेखापरीक्षणलाई वित्तीय संस्थाहरुको पारदर्शीताको पहिलो खुड्किलो मानिन्छ । लेखापरीक्षण गराएर साधारणसभाबाट पारित भएपछि मात्र संस्थामा आर्थिक पारदर्शीता देखिन्छ । तर, राष्ट्रिय बिमा कम्पनीले आर्थिक वर्ष २०७२/०७३ यता लेखा परीक्षण र साधारणसभा दुवै गरेको छैन । यो कम्पनी पूर्ण सरकारी कम्पनी होइन । यहाँ सर्वसाधारणको समेत लगानी छ ।

महालेखाले हरेक वर्ष बिमा कम्पनीको बेथिति औंल्याउँदै कारबाहीका लागि तालुकदार मन्त्रालयका सचिवलाई पत्र पठाउने गरेको छ । महालेखाको ५७औं वार्षिक प्रतिवेदनमा बिमाका जिम्मेवार पदाधिकारीलाई लेखापरीक्षण ऐन, २०७५ को दफा २५ बमोजिम कारबाही गर्न अर्थ मन्त्रालयका सचिवलाई लेखिपठाएको उल्लेख छ । तर, कारबाही भने भएको छैन ।

‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’

पारदर्शीतामा कमजोर कम्पनीले केही समयअघि लगानीकर्ताहरुलाई आकर्षक लाभांश घोषणा गर्यो । आर्थिक वर्ष २०६८/६९ सालको वार्षिक प्रतिवेदनमा कम्पनीले १२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको थियो । तर बिमा समितिले यसलाई रोकिदियो । आर्थिक वर्ष २०६८/६९ को वित्तीय विवरण पारित गरे पनि लाभांश बाड्ने काम भने नगर्न बिमा समितिले निर्देशन दिएको छ ।

यतिमात्रै होइन अर्को आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनसमेत पेश गर्न बिमा समितिले कम्पनीलाई निर्देशन दिएको थियो । ७ दिनको समयसीमा तोकेर दिएको निर्देशन पनि कम्पनीले पालना गरेको छैन ।

हेनुर्स समितिले पठाएको चिठी :

के भन्छ कम्पनी ?

कम्पनीले अहिले नै साधारणसभा बोलाउने कुनै तयारी गरेको छैन । लेखापरीक्षणका सबै काम सक्ने छाँटकाटसमेत कम्पनीले देखाएको छैन । कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्य साधारण सभा गर्ने योजना नै नरहेको बताउँछन् । आर्थिक वर्ष २०७३/७४ पछि २०७४/७५ र २०७५/७६ को लेखा परीक्षणको काम भइरहेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०६८/६९ को लेखापरीक्षण गराएर १२० प्रतिशत लाभांश दिने कम्पनीको योजना विफल भएको छ । बिमा समितिले लाभांश वितरणमा रोक लगाएर अर्को आर्थिक वर्षको वितरण योग्य मूनाफामा राख्न निर्देशन दिएको छ । सूचना अधिकारी सोहीअनुसारको काम गर्ने तयारी भइरहेको बताउFछन् ।

कम्पनीको मनपरी पुरानै निरन्तरता हो । तर पूर्वअर्थमन्त्री डा. खतिवडाले यसलाई रोक्नेतर्फ नलाग्दा झनै समस्या भयो । खतिवडा अहिले अमेरिकाको राजदूत नियुक्त भइसकेका छन् । तत्कालीन अर्थमन्त्रीले उमेशचन्ऽ उपाध्यायलाई राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष बनाएका छन् । सञ्चालकहरुमा थानप्रसाद पंगेनी, ध्रुवप्रसाद अधिकारी, प्रकाशकुमार अधिकारी र यादवमणि उपाध्याय छन् ।

पंगेनी, ध्रुवप्रसाद अधिकारी र प्रकाशकुमार अधिकारी क्रमशः अर्थमन्त्रालय, कर्मचारी सञ्चय कोष र नेपाल बैंकको प्रतिनिधिको सञ्चालक भएका हुन् । यादवमणि उपाध्याय पनि अर्थमन्त्रीकै रुचिका सञ्चालक रहेको अर्थ स्रोत बताउँछ । स्रोत भन्छ, ‘अर्थकै उपसचिव डिल्लीराज अर्याललाई मन्त्रीज्यूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउनुभएको छ ।’

अर्थका जानकारहरु वेथितिको कारक नै आसेपासे भर्ती हुँदाको असर भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन

संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन

समाजमा आतंकारी गतिबिधीमा संल्गन मिर्चैयाका खगेश्वर पक्राउ

समाजमा आतंकारी गतिबिधीमा संल्गन मिर्चैयाका खगेश्वर पक्राउ

सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियले चीन विरुद्ध प्रदर्शन

सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियले चीन विरुद्ध प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...