No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशक लफडाले धक्कामुक्की, सुल्झाउन मन्त्री र सचिव नै पुग्न बाध्य

मधेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशक लफडाले धक्कामुक्की, सुल्झाउन मन्त्री र सचिव नै पुग्न बाध्य

जनकपुरधाम । निमित निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विवाद भएको छ । आइतबार प्रयोगशालामा दुईपक्षबीच धक्कामुक्की नै भएपछि मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र सचिव डा. प्रमोद यादव पुगेका थिए ।

आइतबार बिहान सवा १० बजे निमित निर्देशक मृत्युञ्जय प्रसाद यादव केही सहयोगीसहित कार्यालयमा हाजिर हुन पुग्दा सरुवा भइसकेका निर्देशक डा. श्रवण मिश्र पक्षबीच तनाव उत्पन्न भयो । मिश्र आफै कार्यकक्षमा बसेर कर्मचारीबाट भवनको मूल ढोकामा ताल्चा लगाका थिए । यादवलाई पस्न अवरोध गरेपछि दुबै पक्षबीच विवादसँगै धकेलाधकेल हुँदा हुँदा प्रहरीले हस्तक्षेप गरेको थियो ।

उपप्रमुख ल्याब टेक्नोलोजिस्ट अधिकृत नवौं तहका यादव ११ फागुन २०८० मा प्रयोगशालमा आएका थिए । मिश्रलाई २० साउनमा पदबाट हटाउँदै मधेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय २५ साउनमा यादवलाई निमितको जिम्मेबारी तोकेको थियो ।

शुक्रबार नै दलबलसहित कार्यालयमा हाजिर भएका यादव आइतबार बिहान कार्यालय पुगेका थिए । उनले आफू मूलगेट छिचोलेर निर्देशकको कार्यकक्षमा पस्न खोज्दा मिश्र पक्षका कर्मचारीले धक्काधुक्कीसँगै दुव्र्यबहार गरेको आरोप लगाए ।

बाहिरको गुण्डा लिएर कार्यालयमा आउँदा सेवा प्रभावित हुने देखेर मूलगेटमा ताल्चा लगाएको मिश्रको दावी छ ।

मिश्रलाई गत साउन २० गते प्रयोशालाका निर्देशक पदबाट हटाउँदै मुख्यमन्त्री कार्यालयले २४ घण्टाभित्र बरबुझारथ गरेर सरुवा भएको ठाउँमा जान निर्देन दिएको थियो । संघको एघारौं तहका कर्मचारी मिश्रलाई संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० असारमै दरबन्दी रहेको अस्पताल कोशीमा काज फिर्ता गरेको थियो ।

एघारौं तहका प्रमुख ल्याब टेक्नोलोजिस्ट प्रमुख मिश्र १८ साउन २०७७ मा निर्देशक भएर प्रयोगशालाको जिम्मेबारी सम्हालेका थिए । त्यस यता उनको दुईपटक सरुवा भयो, तर उच्च अदालतको रिट आदेशबाट यथास्थितिमै बसिरहेका छन् ।

मिश्रले आफूलाई काज सरुवा भएको पत्र स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट प्राप्त नभएको र साउन २० गते मुख्यमन्त्री कार्यालयले २४ घण्टे अल्टिमेटम पाएपछि मात्र आफ्नो सरुवाको जानकारी भएको दावी गरे ।
’२४ घण्टा भित्रै बरबुझारथ गरी जानुपर्ने कानुमा कतैपनि उल्लेख छैन । त्यसको २० दिन भित्र जान सकिन्छ । म जान तयार थिएँ । तर कार्यालयका कर्मचारीहरुले यति चाँडो नजानुस् । प्रयोगशालाको लागि यति काम गर्नु भएको छ । २० दिन समयछ भनेपछि अलि पर्खेको हुँ’ मिश्रले भने ’ म आफै जाने तयारी मै थिएँ । जनताको लागि दिनरात मिहिनेत गरेर प्रदेश सरकारको उदाहणीय प्रयोगशाला बनाएको मलाई यस्तो गर्छ भन्ने थाहा थिएन’

मिश्रले चार वर्षदेखि एकलौटी मनपरि प्रयोगशाला चलाएको र भ्रष्टाचार गरेको पनि केही कर्मचारीको आरोप छ ।

मन्त्री र सचिव झन्डै तीन घण्टा बसेर निमित्त निर्देशकलाई कार्यालय जिम्मा लगाएका छन् । कार्यालयमा निमित्त निर्देशक हाजिर हुन आउँदा विवाद भएपछि मुख्यमन्त्रीबाट निर्देशन भएकाले मन्त्रीसँगै आफू पनि प्रयोगशाला कार्यालय आएको मन्त्रालयका सचिव प्रमोद यादवले बताए ।

’निमित्त निर्देशक हाजिर हुन आउँदा अवरोध भयो । मुख्यमन्त्रीजीले सम्बन्धित मन्त्रालय तपाईंहरुको पर्छ । पुगेर विधि कानुन सम्वत गर्न उहाँले निर्देशन भएपछि मन्त्रीजिसँगै म पनि आएको हुँ’ सचिव यादवले भने ।

प्रयोगशालामा न्यून शुल्कमा दिनहु ३ सयदेखि ४ सय बिरामीको स्वास्थ्य परीक्षण हुन्छ ।

कार्यालय छाड्नु अघि मिश्रले पत्रकार सम्मेलन गर्दै भएको घटना र आफूले चारवर्षमा प्रयोगशालाको लागि गरेको कामकारबाही तथा प्रगतिको विषयमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

कमला पुल निर्माण प्रक्रिया सुरु गर्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

कमला पुल निर्माण प्रक्रिया सुरु गर्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते बस्नेगरी स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते बस्नेगरी स्थगित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...