No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेशमा बढ्दै सम्बन्ध विच्छेद !


मधेशमा बढ्दै सम्बन्ध विच्छेद !

आरती मण्डल-
जनकपुरधाम । 
नगराइन नगरपालिका –४ की परिर्वतित नाम गीता देवीले सम्बन्ध विच्छेदको मुद्दा खेपिरहेकी छन् । श्रीमान् परिवर्तित नाम भरतले विवाह बदरका लागी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । १३ भदौ २०७६ मा आदलतमा दायर गरेको मुद्दामा आफू र गीताबीच २०७५ मंसिर २७ गते बिहे भएको र त्यस बेला कानूनले निर्धारण गरे बमोजिम २० बर्ष उमेर पूरा नभएको कारण गैरकानूनी रहेको भन्दै बिहे बदरको मागदावी भरतको छ ।

भरतले दायर गरेको मुद्दा झुटो र बदनियतपूर्ण रहेको दावी गर्दै गीताले प्रतिउत्तर लगाएकी छन् । उनले लगाएको प्रतिउत्तरमा बिहेको मिति २०७५ मंसिर २७ गते नभएर ०७५ साल बैशाख १० गते उल्लेख छ । ‘जुन समयमा हाम्रो बिहे भएको थियो त्यो समयमा देशमा मुलुकी ऐन कार्यान्वयनमा थियो । जुन हिसाबले हाम्रो विवाह कानून संगत नै छ’ प्रतिउत्तरमा दावी गरिएको छ । श्रीमान् भरतले आफूलाई अनेकांै शारीरिक तथा मानसिक यातना दिएर खान लाउन नदिएर घरबाट विस्थापित भएको गीताको दावी छ ।

‘मेरो आमा बुवाको घर नेपालमा छैन । अहिले म नगराइनमै रहेको आफ्नी फुपुको घरमा बसिरहेकी छु’ उनले प्रतिउत्तरमा अगाडी उल्लेख गरेकी छन् ‘गाँसबास र कपासको दुःख पाएपछि पटक–पटक गाँउसमाज र प्रहरी समेतलाई राखेर पंचायत भएको थियो । तर, सबैले समझाए पनि मेरो हक अधिकार नदिएपछि म आफ्नो अंश पाउन अदालतमा मुद्दा दिएकी छु ।’

***

धनुषाधाम नगरपालिका वार्ड नं ८ कुम्हरा टोलकी परिर्वत नाम मीरा कुमारी पनि आफ्नो श्रीमान् परिवर्तित नाम रमेश कुमारसंग सम्बन्ध विच्छेदको मुद्दा लडिरहेकी छन् । धनुषा जिल्ला अदालतमा श्रीमान् रमेशले दायर गरेको मुद्दामा श्रीमती मीराले आफ्नो ज्यान मार्ने षड्यन्त्र गरेको उल्लेख छ । मीराले राति–राति अपरिचित व्यक्तीलाई पठाएर आफूमाथि कुटपिटसंगै अनेक किसिमको शारीरिक तथा मानसिक यातना दिएकाले आफू उनीसित सम्बन्ध विच्छेद चाहेकाले मुद्दा दर्ता गराएको रमेशको दावी छ ।

रमेशले मुद्दामा लगाएको सबै आरोप निराधार तथा काल्पनिक रहेको मीराको दावी छ । मिराकी अनुसार रमेश र म बीच समाजिक रितिरिवाज अनुसार बिहे भएको थियो । तर बिहेको २२ दिन नबित्दै श्रीमान र सासु ससुराको व्यवहार परिर्वतन हुन थाले । आफूलाई सामान्य कुरामा पनि कुटपिट गाली बेज्जती गर्ने उनीहरुको दैनकी बन्यो । पटक–पटक पंचायत हुँदा आयिन्दा नकुट्ने र ससम्मान घरमा राख्ने निर्णय भएपनि श्रीमान रमेश आफूलाई घरमा राख्न तयार नभएको मिराको दुखेसो छ ।

‘मलाई घरबाट निकालेर रमेश अर्को बिहे गर्ने मनसायमा छन् । पटक पटक यातना दिएपछि प्रहरीमा म घरेलू हिंसा सम्बन्धी निवेदन दिएँ । प्रहरीमा पनि अबदेखि यातना नदिने र सम्मान पुर्वक घरमा राख्ने र्निणय भयो । तर पनि मलाई उनीहरुले घरमा राखेनन् । अंन्ततः म अफ्नो माइती धनुषाको विदेह नगरपालिकामा बस्न बाध्य भएकी छु । र अहिले आफ्नो अंश छुट्याय पाऊ भनि दालतमा निवेदन दिएकी छु’ मिराले जिल्ला अदालतमा लगाएको प्रतिउत्तरमा उल्लेख छ ।

***

धनुषाकै हंसपुर नगरपालिका–२ की परिवर्तित नाम रमिता देवीमाथि श्रीमानले सम्बन्ध विच्छेद मुद्दा दायर गरेका छन् । श्रीमान् परिवर्तित नाम अनिलले दायर गरेको मुद्दामा श्रीमती रमितालाई शारीरिक रुपमा यौन रोग लागेको, यौनाङ्ग विकसित नभएको र बच्चा जन्माउन असक्षम रहेको उल्लेख छ । यसै अधारमा रमितासंग सम्बन्ध विच्छेद गर्न अनिलले अदालतमा मुद्दा दिएका छन् ।

रमिताले श्रीमान अनिलले आफूमाथि लगाएको लगाएको सबै आरोप निराधार रहेको दावी गरेकी छन् । आपत्तीजनक मुद्दा खारिजको लागि रमिताको अपिल छ । श्रीमानले लगाएको आरोपहरु आफ्नो मान प्रतिष्ठामा आँच आउने दण्डणीय किसिमको रहेकाले अनिललाई कानुनमा व्यवस्था भए बमोजिम सजायको समेत उनले माग गरेकी हुन् ।

“वास्तविकता के हो भने अनिलसँग विवाह हुँदा मेरा बाबु आमाले मलाई सुन चाँदीका प्रशस्त गहनाहरु, फर्निचर, लत्ता कपडासमेत दिई विवाह गरी दिनु भएको थियो । तरपनि अनिल र उसको परिवारले मसँग विवाह गरेको केही दिनपछि नै आफ्नो घर परिवारसँग १० लाख रुपयाँ नगद दाइजो मागेर ल्याउ भनि मानसिक रुपमा प्रताडित गर्न थाल्नु भयो’ रमिताले लगाएको प्रतिउत्तरमा अगाडि लेखिएको छ ‘मेरा बाबु आमाले त्यतिको खर्च गरी विवाह गर्नु भएकै छ । त्यतिको नगद दाईजो दिन सक्नु हुन्न भनि मैले उनीहरुलाई भन्दा उनीहरुले तिमीले पैसा नल्याएसम्म यो घरमा नआउनु भन्दै मेरा बाबु आमाले दिनु भएको सम्पूर्ण गर गहनासमेत कब्जा गरी मलाई माइती पुर्याइदिनु भयो । म अहिले पनि अफ्नो माइती धनुषाको औरही गाउपालिकामा उनीहरुको कारणले मानसिक, आर्थिक र शारिरिक कष्ट सहेर आमाबुबाको शरणमा बसिरहेकी छु ।”

***

माथि उल्लेखित घटनाहरु धनुषा जिल्ला अदालतमा परेको सम्बन्ध विच्छेदका केही उदाहरण मात्रै हो । पछिल्लो समय मधेश प्रदेशमा सम्बन्ध विच्छेदका लागि मुद्दाहरु दर्ता हुने क्रम बढ्दो छ । चालु अर्थिक बर्ष २०८०।०८१ मा धनुषा जिल्ला अदालतमा १३९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको तथ्यांक छ ।
वार्षिक करिब तीनसय सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको तथ्याङ्कले देखाउँछ । श्रीमान श्रीमतीबीचको वैवाहिक नाता सम्बन्धबाट दायित्व रहित तवरले अलग हुने कानुनी आधार सम्वन्ध विच्छेद हो । यसलाई प्राचिन समयमा पारपाचुके, छोडपत्र, भन्ने गरिन्थ्यो । यी शब्दहरु परिस्कृत हुँदै अब सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । बेलायतमा वैवाहिक वकिलहरूको सर्वेक्षणमा गरिएको एक वार्षिक अध्ययन अनुसार सम्बन्ध विच्छेदका मुख्य कारणहरुमा व्यभिचार; परपुरुष परस्त्रीसँगको सम्बन्ध जस्ता कारणहरु छ । यसका अलावा अविश्वास २७%, घरेलु हिंसा १७%, अधेर उमेरको संक्रमण १३%, नसा मदिरापान र जुवा ६%, काम र नोकरी ६% र अन्य कारणहरु ३१% हो ।

‘बालविवाह, वैदेशिक रोजगार र लागूऔषध सम्बन्ब विच्छेदको कारण‘

सम्बन्ध विच्छेदको मुख्य कारण बाल विवाह र प्रेम विवाह रहेको जनता समाजवादी पार्टी (जसपा) की सांसद शहीदा खातुनको बुझाइ छ । ‘प्रेममा परेर केटाकेटी सानै उमेरमा बिहे गरिरहेका छन् । उनीहरुमा सही र्निणय लिने क्षमताको विकाश भएको हुँदैन । जसको कारण वैवाहिक सम्बन्ध टिक्न गाह्रो हुन्छ । र सम्बन्ध विच्छेद बाध्यता बन्छ’ उनी भन्छिन् ।

प्रेममा परेर सानै उमेरमा गर्दा हुने असर बारेमा टोलटोलमा सचेतना जगाउनु पर्ने उनको जोड छ । अभिभावकले पनि आ-आफ्ना छोराछोरीप्रति निगरानी र २० वर्षपछि मात्र विहे गर्ने कुरामा अगाडि आउनु पर्छ । ‘सदनमा हामी बेटीको हकमा आवाज उठाउने गरेका छौं । दइजो र बाल विवाह बिरुद्ध कडा भन्दा कडा कानुन बनाउन मांग गरेका छौं’ उनले भनिन् ।

नेपाली कांग्रेसकी मधेश प्रदेश सांसद जिवछी देवी यादव परापुर्व कालदेखिनै महिलामाथि चरम यातना हुँदै आएको बताउँछिन् । ‘हाम्रो मधेश प्रदेशमा मात्र हैन, देशैभर महिलालाई दोस्रो दर्जाको नागरिक बुझ्ने मानसिकता र पितृसत्तात्मक सोँच हावी छ । त्यस कारण महिलामाथि हिंसा हुने क्रम रोकिएको छैन’ उनी भन्छिन् ‘पछिल्लो समय विभिन्न संघसंस्था सक्रिय भएपछि महिलाहरु जागरुक हुने थालेका छन् । आफूमाथि हुने हिंसाको प्रतिकार गर्छन् । र सम्बन्ध विच्छेदसम्मका लागि अपील गर्न सुरु गरेका छन् ।’ महिला हिंसाको घटना न्यूनीकरण गर्न समाजमा कानुनी सचेतना जगाउनु पर्ने उनको भनाइ छ ।

जनकपुरधामकी अधिवक्त रेखा झा नेपालमा बेरोजगारीका कारण युवाहरु विदेशिने क्रम बढ्नुले सम्बन्ध विच्छेद प्रमुख कारण हुने गएको तर्क गर्छिन । विदेश गएपछि आर्थिक अवस्थामा सुधार आएपनि सम्बन्धमा दुरी बढेको अधिवक्ता झाको बुझाइ छ ।

अधिवक्ता झा सम्बन्धमा तिक्तता आउनुको दास्रो कारण समाजिक संजाल रहेको ठान्छिन् । ‘समाजिक संजाल प्रयोग गरेपछि प्रायः पुरुषले महिलामाथी शंका गरेको घटना मैले देखेकी छु । जस मध्ये केही सत्य पनि हुन्छ र केही असत्य । यो शंकाको केस फेरि अधिकांश मैले पुरुषहरुले नै लिएर आएको देख्छु’ उनी भन्छिन् ‘ दामपत्य जीवनको प्रमुख आधारनै आपसी सामनजस्यता हो । तर अहिलेको जेनेरेशनमा म यसको अभाव महसुस गर्छु ।’

प्रादेशिक अस्पताल जनकपुरका मांसिकरोग विशेषज्ञ डाक्टर रोबिन झा समाजमा लागूऔषध पनि सम्बन्ध विच्छेदको मुख्य कारण भएको ठान्छन् । ‘डिप्रेशन, एन्जाइटी, सोसल फोबिया लगायतका मानसिक कारणले पनि व्यक्ति सम्बन्ध विच्छेद वा आत्महत्यासम्मको निर्णय लिन्छन्’ डा. झा थप्छन् ‘कुनै पनि सम्बन्धमा तनाव बढेपछि दिमागले त्यो व्यवस्थापन गर्न नसकेर सही र्निणय लिने स्थितिमा हुँदैन । र यस्तो अवस्थामा सम्बन्ध विच्छेद गर्ने अवस्थामा व्यक्ति पुग्छन्’ समयमा उचित परार्मश लिए यस्तो धेरै समस्याको समाधान हुन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
अब देखि राजविराजमा फेसन शो हुने

अब देखि राजविराजमा फेसन शो हुने

सुन काण्डमा मुछिएका अर्थमन्त्री पुनलाई फिर्ता गर्न दबाब, बढ्यो ओली-प्रचण्डबीचको दूरी

सुन काण्डमा मुछिएका अर्थमन्त्री पुनलाई फिर्ता गर्न दबाब, बढ्यो ओली-प्रचण्डबीचको दूरी

श्रीमानबाट अपहेलित गर्भवतीलाई लहान एडभान्स अस्पतालद्वारा नि:शुल्क सल्यकृया

श्रीमानबाट अपहेलित गर्भवतीलाई लहान एडभान्स अस्पतालद्वारा नि:शुल्क सल्यकृया

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .