No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गहुँ छर्ने बेला हुन लाग्यो, किसानले के कुरामा ध्यान दिने ?

गहुँ छर्ने बेला हुन लाग्यो, किसानले के कुरामा ध्यान दिने ?

काठमाडौं : हिउँदमा खेती गरिने बालीमा गहुँ प्रमुख बाली हो । गहुँ नेपालको तेस्रो प्रमुख खाद्यान्न बाली हो । नेपालको समग्र खाद्यबाली  उत्पादनको १८.७६ प्रतिशत उत्पादन गहुँ बालीले ओगेटेको छ ।

नेपालमा कुल कृषियोग्य भूभाग मध्ये ७ लाख चार हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । यस्को उत्पादन सरदर प्रति हेक्टर २८४८ किलोग्राम हुने गर्छ ।

राम्रो गहुँ उत्पादन लिनका लागि माटो र हावापानी अनुसारको बीउ हुनु राम्रो मानिन्छ । बीउ छनाेट गर्दा रोग नलाग्ने खालको बिउ छनाेटमा ध्यान दिनुपर्छ। त्यसको लागि कृषि विज्ञसँग परामर्श लिनुपर्दछ ।

गहुँ छर्ने समय

पहाडमा गहुँ छर्ने समय असोजको अन्तिम सातादेखि कात्तिकको अन्तित सातासम्म रहेको छ । तराईमा गहुँ छर्ने समय कात्तिकको अन्तिम सातादेखि मंसिरको दोस्रो सातासम्म रहेको छ ।

उपयुक्त समय भन्दा ढिलो वा चाडो गहुँ छरे राम्रो उत्पादन गहुँले दिँदैन ।

बीउ दर 

गहुँ खेतीको लागि एक सय २० केजी प्रति हेक्टर गहुँको बीउको आवश्यक पर्छ । तर छरुवा विधिबाट ढिलो गहुँ छर्नुपर्ने अवस्थामा दानाको आकार ठूलो भए लाग्ने भन्दा २५ प्रतिशत  बढाउनुपर्छ ।

गहुँको लागि मलखाद् व्यवस्थापन 

तराईको लागि सिंचाईको व्यवस्था रहेको क्षेत्रमा डीएपी ३.६ केजी, पोटास २.७ केजी, जिउठीआठ २.२ केजी प्रति कठ्ठाका दरले प्रति कठ्ठा गहुँ छर्ने बेलामा माटोमा मिसाउनुपर्छ ।  ३.६ केजी यूरीया प्रति कठ्ठाका दरले पहिलो सिचाईं पछि गहुँ छरेको २० देखि २८ दिन सम्मा टप ड्रेस गर्नुपर्छ ।

तराईको असिन्चित क्षेत्रमा डीएपी २.१७ केजी यूरीया ३.५ केजी  र पोटास १.१ केजी प्रति कठ्ठाका  दरले गहुँ छर्ने बेलामा माटोमा मिसाउनु पर्छ ।  प्रति हेक्टर क्षेत्रफलमा ६ टन गोठेमल  अथवा कम्पोस्ट मल र रासायनिक मल १५०ः५०ः५० नाइट्रोजन फ्रोसफरस र पोटास प्रयोग गर्दा गहूँबाट राम्रो उत्पादन लिन सकिन्छ ।

झार नियन्त्रण 

गहुँ खेती गर्दा झारको पनि उचित व्यवस्थापन गर्नु राम्रो मानिन्छ । गहुँमा सामान्यतया उम्रने खालको झार भनेको चौडा पाते साघुँरोपाते झार  हो । गहुँ खेतमा उम्रने चौडा  पातेझारमा बेथे, कृष्ण निल, कुटीलकोसा हलहले झारहरु पर्छन् । साघुँरोपाते झारहरुमा रगते झार हात्ती सुडेँ झारहरु पर्छन् ।

झार नियन्त्रण गर्न झारहरु आउनु अगाडि वा गहुँ छरेको ७२ घण्टा भित्र माटोमा चिस्यान छदैँ  पिन्डी मिथालिन एक लिटर, बजारमा पाइने सकृय भिस ३ं.३ लिटर प्रति हेक्टरको लागि ४०० देखि ५०० लिटर पानीमा मिसाएर छर्नुपर्छ ।

सिंचाई

गहुँ बालीमा सिंचाईं कति पटक दिने भन्ने कुरा सिंचाईको सुविधा, माटोको किसिम र मौसममा भर पर्छ । पानी निकासको उचित प्रबन्ध भएको बलौटे हलुका माटोमा ३ देखि पाँच पटक सम्म सिंचाई दिन सकिन्छ ।

पानी दिएपछि छिट्टै सुक्ने खालको जग्गा र मौसम भए सामान्यतया २० देखि ३० दिनको फरकमा सिंचाई गर्न सकिन्छ । मुकुट जरा अवस्था, गहुँ छरेको २० देखि २८ दिनमा बाला निस्कने अवस्था र दुध भरिने अवस्था गरि ३  पटक सम्म सिचाईं गर्नुपर्छ ।

यसरी सिंचाई गर्दा गहुँमा पानी जमे उत्पादनमा अतिनै कमि हुने भएकाले पानीको लागि निकासको व्यवस्था गर्नुपर्छ ।

गहुँमा लाग्ने रोग खैरो सिन्दुरे, पहेँलो सिन्दुरे, कालो सिन्दूरे र पात डडुवा रोग छन् । यी रोगबाट बच्न राष्ट्रिय गहुँ बाली विकास कार्यक्रमले निकालेको रोग प्रतिरोधात्मक बीउहरु विज्ञको सल्लाहमा  लगाउनुपर्छ ।sunrisekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
नियमकानून र निर्देशन नमान्ने बिद्यालयलाई कार्यवाही हुने : प्रमुख जिल्ला अधिकारी कणेल

नियमकानून र निर्देशन नमान्ने बिद्यालयलाई कार्यवाही हुने : प्रमुख जिल्ला अधिकारी कणेल

प्रेम तथा विवाहका बारेमा केही अनुभूतिहरु

प्रेम तथा विवाहका बारेमा केही अनुभूतिहरु

बलात्कारको घटना गाउँमै मिलाउने ८ पञ्च पक्राउ

बलात्कारको घटना गाउँमै मिलाउने ८ पञ्च पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .