No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पढ्ने, पढाउने अलमलै छ, परीक्षा तयारीमा स्कुल

पढ्ने, पढाउने अलमलै छ, परीक्षा तयारीमा स्कुल

काठमाडौं : कसरी पढाउने, के पढाउने? कति विद्यालय अनि शिक्षक अझैं अलमलमा छन्। कसरी पढ्ने? कहाँ पढ्ने? कहिले पढ्ने? विद्यार्थी झनै अन्योलमा छन्।

सरकारले विद्यालय तहको सिकाइ सहजीकरण निर्देशिका जारी त ग¥यो तर, त्यसको अलमल अझै उस्तै छ।

यहीबीचमा कतिपय विद्यालयले भने पहिलो त्रैमासिक परीक्षाको तयारी थालेका छन्।

सरकारले सिकाइ सहजीकरण निर्देशिका नल्याउँदै नै बैकल्पिक विधिबाट पढाउन सुरु गरेका विद्यालयले  परीक्षाको तयारी गरेका हुन्।

गुल्मीको शिद्धवावा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले विद्यार्थीलाई प्रोजेक्ट वर्क, समुदायमा सिकाइ केन्द्र, घरदैलो मार्फत सहजीकरण गरेको र अब विद्यालयले प्रथम त्रैमासिक परिक्षा लिने तयारी गरेको बताए।

‘टोल टोलमा शिक्षक गएर परीक्षा सन्चालन गर्ने तयारी भईरहेको छ’ उनले भने, ‘शैक्षिक शत्र खेर जान नदिनका लागि त्यसो गरिएको हो।’

दशैं नजिकिदै गर्दा विद्यार्थीलाई गृहकार्य पठाउने तयारी गरिरहेको उनले जानकारी दिए।

शिक्षाका लागि राष्ट्रिय अभियान प्रदेश ५ ले गरेको भर्चुअल संवाद कार्यक्रममा बोल्दै उनले कोभिड १९ को महामारी सुरु भएदेखि नै वैकल्पिक शिक्षण सिकाइ गरिरहेको बताए।

‘विद्यालय बन्द हुनसक्छ, सिकाई बन्द हुँदैन’ श्रीसले भने, ‘परिस्थितिअनुसार पनि प्रविधीबारे बाध्य भएर सिक्ने सिकाउने कार्य गरिरहेका छौं।’ पहुँच नभएका विद्यार्थीलाई कसरी प्रविधीमा जोड्ने र यसबारे सरकार र विद्यालयले सोच्न आवश्यक भएको उनले बताए ।

उनले टोल शिक्षा प्रभावकारी भएको भएको बताए। टोल कक्षाले शिक्षक र विद्यालय देखि टाढा रहेका विद्यार्थी र अभिभावकलाई जोड्ने काम गरेको छ। विद्यार्थी र अभिभावक निकै उत्साहित छन्। एउटा टोल समूहमा १० जना भन्दा बढि नराख्ने र सवै विषय पढाउन सक्ने शिक्षकहरु बाट कक्षा संचालन गर्ने गरेका छौं ।

पाल्पाको दमकडा मा.वि.का प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले सरकारले वैकल्पीक शिक्षा सहजीकरणको नीति ल्याउनुभन्दा पहिले देखि नै रेडियाको माध्यमबाट शिक्षा दिइरहेको बताए।

सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको अभिभावकसँग इन्टरनेट छैन त्यसले गर्दा कोरोना महामारीको बेला पनि शिक्षण सिकाईलाई विद्यालयले निरन्तरता दिएको छ।

उनका अनुसार दमकडा माविले घरमै बसिरहेको विद्यार्थीका लागि टोल शिक्षामार्फत दैनिक २÷३ घण्टा डेढ महिना जति सहजीकरण गरिएको छ।

विद्यार्थी र अभिभावक टोल शिक्षा मार्फत निकै उत्साहित र खुसी भएको सापकोटाको बुझाइ छ।

विद्यालयले प्रविधीको माध्यमबाट निवन्ध प्रतियोगिता, परिसम्बाद जस्ता रचनात्मक कार्यक्रम यही अवधीमा गर्न सफल भएको छ। डिजिटल लर्निभ कक्षा संचालनको लागि विद्यालयले कार्यक्रम अगाडी बढाएको छ।

रुपन्देहीको सियारी गाउँपालिकाका शिक्षा प्रमुख सुधिर पौडेलले कोभिडको बेला बन्दाबन्दीको समयमा विद्यार्थीलाई वैकल्पीक शिक्षण सिकाईका सवै उपाय अवलम्बन गरेका जानकारी गराए।

गाउँपालिकाले कक्षा ६ देखि १० सम्म शिक्षकहरुबाट परियोजना कार्य निर्माण र छपाई गरी कार्यान्वयनमा ल्याएको उनले बताए।

शिक्षा प्रमुख पौडेलका अनुसार विद्यालयले टोल शिक्षा, घर घरमा सहजीकरण र कन्ट्याक्ट शेसन मार्फत शिक्षण सिकाई कार्य अघि बढाइरहेका छन्।

कार्यक्रममा माहुरी होम कपिलवस्तुकी लक्ष्मी श्रेष्ठ, दाङका शिक्षाकर्मी माधव चौधरी, रुपन्देहीका शिक्षकहरु प्रचण्ड जिसी, उमा पाण्डे लगायतले बोलेका थिए।

उनीहरुले कोभिडको बेला धेरै बालबालिकाहरु विभिन्न खालका हिंसामा परेका बताए। कतिपय ठाउँमा बालविवाह गरेको पाइएको र यस्ता मुद्दाहरूमा पनि सवै निकायको ध्यान जान जरुरी उनीहरूको भनाई थियो।

उनीहरूले विद्यार्थीको पहुँचमा इन्टरनेट नहुँदा शिक्षण सिकाई हुन नसकेको र गरिव विपन्न विद्यार्थीको घरघरमा सामान्य रेडियो नहुँदा समेत शिक्षण सिकाईमा बाधा पुगेको हुँदा विद्यार्थीलाई प्रत्यक्ष भेट्नुपर्ने बाध्यता रहेको बताएका थिए।

प्रदेश ५ को सामाजिक विकास  मन्त्रालयलयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले महामारीको समयमा अवस्था फेरिएको हुँदा पठन पाठनको शैली परिवर्तन हुनका लागि शिक्षक पनि परिवर्तन हुनुपर्ने बताए।

‘हामी पुरानै मान्यताबाट पठनपाठन गरिरहेका छौं, औपचारिकतामै सिमित छौँ’ं उनले भने ‘शिक्षक नै उपस्थित भएर पढाउन पर्दछ भन्ने माइण्ड सेटबाट उन्मुक्ति हुनुपर्दछ।’

पहाडी जिल्लामा दुरदराजका विद्यालय पनि बन्द गरेर अर्थ नहुने उनको भनाइ छ।

हँुदैन उनले भने विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा पनि कोभिड १९ को प्रभाव नभएको ठाउँमा विद्यालयमै पठन पाठन गराउन सक्ने भनिएको हुँदा त्यसतर्फ पनि ध्यान जान जरुरी भएको ज्ञवालीले बताए।

‘सिडिओले बन्द गर्ने आदेश दिन्छन्, स्कुल चलाउन दिनहुन्न भन्ने पालिकाहरु छन्’ ज्ञवालीले भने, ‘जहाँ जसले जसरी सिक्नसक्छ त्यसरी नै पढाउन दिनुपर्दछ। पछाडी परेको समुदायलाई शिक्षामा प्राथमिकता दिनुपर्दछ।’

कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियान प्रदेश ५ का संयोजक हरि अधिकारी र सचिव कृष्ण मल्लले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post
रेल र पानीजहाज मन्त्रालय थप्‍नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री

रेल र पानीजहाज मन्त्रालय थप्‍नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री

सरकारले मेडिकल कलेजलाई भन्यो : पिसिआर जाँचेर पनि परीक्षामा सहभागी नगराउनू

सरकारले मेडिकल कलेजलाई भन्यो : पिसिआर जाँचेर पनि परीक्षामा सहभागी नगराउनू

रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग

रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .