No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारी वकिल कार्यालय पुग्यो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन, प्रकरण निष्कर्षमा पुग्ला त ?

सरकारी वकिल कार्यालय पुग्यो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन, प्रकरण निष्कर्षमा पुग्ला त ?

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पक्राउ परेका १६ जनाविरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । उक्त प्रकरणमा जोडिनुभएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन किसिमका मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन नेपाल प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।
गत चैत १२ गतेबाट अनुसन्धान थालेको प्रहरीले करिब २ महिनाको अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको हो । सोमबार मध्यान्ह सरकारी वकिलको कार्यालयमा बुझाएको रायसहितको प्रतिवेदनमा २७ करोड बराबरको बिगो माग पनि दाबी गरिएको छ ।

प्रकरणमा मसछिएका ३३ मध्ये १६ जनालाई पक्राउ गरिसकेको जनाएको प्रहरीले बाँकी १७ जना फरार रहेको उल्लेख गरेको छ । प्रतिवेदनमा सार्वजनिक पद धारण गरेकाहरुलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाउने राय दिइएको छ । सार्वजनिक पद धारण गरेका बाहेकको हकमा भने अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले बताउनुभयो ।

संविधानको धारा ५ मा ‘नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुने छ भनि उल्लेख गरिएको छ । जुन कसुर गर्नेलाई कम्तीमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ । प्रहरीले ३३ जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिनुका साथै १६ जना पक्राउ र बाँकी १७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने काठमाडौं प्रहरी परिसरका प्रमुख कार्कीले बताउनुभयो ।
प्रहरीको प्रतिवेदन अध्ययन गरेर अब सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपाने बताउनुहुन्छ ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापा ९बादल०को पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो । गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने रहनुभएको थियो ।

पन्थी कार्यदलले पेस गरेको प्रतिवेदन कीर्ते गरी अनसूची थपेर बालकृष्ण खाँण गृहमन्त्री रहेको बेला नक्कली नामहरु राख्दै रकम उठाएर ठगी भएको अनुसन्धानबाट खुलेको छ ।

राज्य संयन्त्रको दुरुपयोग गरेर आफ्नै नागरिकलाई अनागरिक बनाउने जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई कारवाहीको लागि रायसहितको प्रतिवेदन बुझाएर प्रहरीले आफ्नो कर्तव्य पूरा गरेको छ । अब बल सरकारी वकिलको कोर्टमा पुगेको छ । अन्तराष्ट्रिय समुदायमै मुलुकको छबि धमिलो बनाउने यो प्रकरण कसरी निष्कर्षमा पुर्‍याउँछ रु ध्यान अब सरकारी वकिलको कार्यालयतिर मोडिएको छ । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
बजेटको चटारोमा मधेश सरकार : मन्त्रीविहीन मन्त्रालयमै योजना माग्नेको भीड

बजेटको चटारोमा मधेश सरकार : मन्त्रीविहीन मन्त्रालयमै योजना माग्नेको भीड

विश्वकप छनौटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

विश्वकप छनौटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .