No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल यू–१९ को लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

नेपाल यू–१९ को लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

काठमाडौँ — नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार तेस्रो विजय हात पारेको छ । आकाश त्रिपाठीले अर्धशतक बनाएपछि नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्‍यो ।

यूएईको अजमानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएपछि जबाफमा आएको नेपालले आकाशको अविजित ६४ रनमा १ सय २६ रन बनाउँदै २२.१ ओभर भित्रै लक्ष्य पूरा गर्‍यो ।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ । मलेसिया र यूएईविरुद्धको अगामी दुई खेल जितेमा नेपाल राउन्ड रोबिनमा भएको प्रतियोगिता जित्ने छ ।

मालेक क्रिकेट मैदानमा आकाशले ७२ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे । अकाशले एलियन जाहिरको बलमा छक्का प्रहार गर्दै विजयी रन बटुले । उनले दोस्रो विकेटमा उत्तम थापामगरसँग अविजित ९८ रनको साझेदारी गरे । उत्तम ३९ रन बनाई अविजित रहे । उनले ५० बल खेली ४ चौका प्रहार गरे । अर्जुन कुमालले १६ रन बनाए । अघिल्लो खेलमा शतक बनाएका उनले ३६ बल खेल्दै २ चौका प्रहार गरे ।

यसअघि हङकङबाट पार्थ भागवतले सर्वाधिक ३६ रन बनाएका थिए । उनले ९३ बल खेली ४ चौका प्रहार गरे । एलियन जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए । कप्तान अहान त्रिवेदीले ११ रन बनाए ।

नेपालबाट हेमन्त धामीले ३ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३ मेडन राखेर १० रन मात्र खर्चेर २ विकेट लिए । आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ र दीपेश कँडेलले १ विकेट लिए । दीपेशले १० ओभरमा ३ मेडन राख्दै १७ रन खर्चे । नेपालले हङकङका दुई खेलाडीलाई रनआउट गरेका थिए । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

Next Post
भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

हिन्दू राष्ट्र ल्याउने भनेको राप्रपाले बोक्यो धर्मनिरपेक्षताका मुखिया, सुवास नेम्वाङलाई भोट दिए पार्टी फुट्ने

हिन्दू राष्ट्र ल्याउने भनेको राप्रपाले बोक्यो धर्मनिरपेक्षताका मुखिया, सुवास नेम्वाङलाई भोट दिए पार्टी फुट्ने

एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखियो

एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .